ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

स्थानीय सरकार जनताको विश्वास जित्न असफल

११ जेष्ठ २०८१, शुक्रबार
११ जेष्ठ २०८१, शुक्रबार

आजभन्दा दुई बर्षअघि यही बेला स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले सपथ लिएर काम सुरु गर्दा आम जनताले नयाँ जनप्रतिनिधिहरूबाट थुप्रै आशा राखेका थिए । निर्वाचित जनप्रतिनिधिले पदभार सम्हालेको दुई बर्ष पूरा भएको छ तर किन हो किन जनप्रतिनिधिले जनतामाझ आशा र विश्वास जगाउनै सकिरहेका छैनन् । स्थानीय सरकार नागरिकका अपेक्षा पूरा गर्न नसकेकोमा कुनै बहाना वा अन्यत्र लाञ्छना लगाउन सक्लान् तर, नागरिक पसिना (कर) र विश्वास (मत) को अपमान भयो भनिरहेका छन् ।

यो दुई बर्षमा जनप्रतिनिधिले विकासको खाका कोरीसकेको हुनुपर्ने हो तर अझैपनि आशा जगाउने काम भने बाँकी छ । दुःखको कुरा के भने दुई बर्षकोबीचमा कतिपय पालिकाले आर्थिक वर्षभित्र वार्षिक योजना (बजेट) पनि ल्याउन सकेनन् । यो आर्थिक वर्षमा पनि ती पालिकाको अवस्थामा सुधार आउने संकेत छैन । विकास योजना पनि समयमा ल्याउन नसक्ने स्थानीय सरकारको कल्पना गरिएको थिएन । केन्द्रीय सरकारभन्दा हरेक विषयमा ग्रहणशीलता र सामाजिक वास्तविकतासँग नजिक रहने आशयसाथ स्थानीय सरकारको औचित्य पुष्टी भएको थियो । तर, स्थानीय सरकार कमजोर बन्दै गएका छन । स्थानीय पालिकाहरूमा समस्या बढ्दै गएको देखिएको छ । समाधानको उपाय खोजी नगरे झनै बढ्ने अवस्था आउन सक्छ । स्थानीय जनताका दैनिक आईपर्ने आवश्यकताका कुरा प्रदेश र संघ सरकारले पूरा गर्न सक्दैन । घर, टोल र बस्तीका सुखदुःख, फोहोर व्यवस्थापन, स्वास्थ्य, पानी, धारो, बिजुलीका विषयमा सोधबुझकै लागि पालिकाको खाँचो परेको हो । तसर्थ स्थानीय पालिकाहरूले आफ्नो मूलमन्त्र र कार्यभार बिर्सनु हुँदैन । अहिले उपभोक्ता समितिमार्फत गराइएका कामले विकास व्यवस्थापनमा बेथिति मात्र होइन, विकृति नै भित्रिएको छ । जुन नागरिक स्तरसम्म फैलिँदै छ ।

यसले स्थानीय सदाचार संस्कृति र विकास सुशासनलाई गम्भीर चुनौती दिएको छ । स्थानीय सरकार विकास व्यवस्थापन यी पक्षहरूमा कहिले जिम्मेवार बन्लान् भन्ने प्रश्न उठेको छ । उल्लेख गरिएका विषय सांकेतिक मात्र हुन्, समग्र होइनन् । केही पालिकाले विकास व्यवस्थापन, वित्तीय सुशासन, प्राकृतिक स्रोत व्यवस्थापन र सेवा व्यवस्थापनमा उदाहरणीय बनेका छन् । तर, कुनै पालिकामा समस्या देखिनु राम्रो संकेत होइन । तसर्थ यो दुई बर्षलाई समिक्षा बर्षका रूपमा लिदै बाँकी अवधीलाई काम गर्ने बर्ष बनाउनेतर्फ प्रयास गरौं । निश्चितरूपमा कुनैपनि काम गर्न निकै कठिन र चुनौतिपूर्ण छ । यो कुरा जनताले भलिभाँती बुझेका छन । जेहोस स्थानीय पालिका कोही अब्बल सावित भएका छन । कोहीले जनताको मन जित्न सफल भएका छन । कोही पालिका प्रमुखले काम गरेरै स्याबासी पाएका छन । त्यसमा अब्बल बालेन ठहरिएका छन । पालिकाहरूको बाँकी तीन बर्षको कार्यकालमा जनताको विश्वास जितेर काम गर्न सके निश्चितरूपमा जनताको आशा र अभिलाषा धेरै हदसम्म पूरा हुनेछ । धेरै प्रमुख र उपप्रमुख नयाँ भएका कारण काम गर्ने सवालमा ढिलासुस्ती हुनु स्वाभिवक हो तर नयाँको नाममा सधै कछुवा गति स्वीकार हुँदैन । सफलता उन्मुख प्रयासले विकासलाई नै पछ्याउँछ । तसर्थ अवका दिनमा पालिकाहरूले गर्नुपर्ने काम र प्राथमिकताका सवालमा क्यालेण्डर बनाएर नै योजना अघि बढायो भने जनप्रतिनिधिका लागि आगामी दिन निश्चय नै सहज हुनेछ । जनताका प्रतिनिधिले उपलब्धि हासिल गरेको देखिनेछ । तर, त्यसका लागि फेरीपनि उच्चतम प्रयास जारी राख्नु जरुरी छ । जुन विश्वास र भरोसाका साथ जनताले मत दिएका थिए, त्यो मतको उच्च सम्मान गर्ने बिषयमा जनप्रतिनिधिहरू नचुकून । दुई बर्षको कामको समीक्षा गर्दै बाँकी तिन बर्षलाई राम्रो बनाउनेतर्फ जनप्रतिनिधिहरूको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?