© २०२३
अहिले सरदर दैनिक दुईहजार पाँचसय नेपाली युवा बैदेशिक रोजगारीकै लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंबाट उडिरहेका छन । विमानस्थलमा पुग्ने जो कोहीलाई नेपाली युवाहरूको विदेश लर्कोले मेलाको झल्को दिन्छ । नेपालमा भविष्य नदेखेरै यतिधेरै संख्यामा युवाहरू विदेश पलायन हुन बाध्य भएका छन । विदेश उड्ने युवा, बिदाईमा पुगेका उनका आफन्त र छरछिमेकको भीडले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अचेल खुट्टा राख्ने ठाउँ हुँदैन । यो खुसीको कुरा हो कि चिन्ताको ? यसको जवाफ सायदै कोही कसैसंग छ । किनभने नेपालमा अवसर र रोजगारीको अभाव छ । कोही कसैलाई पनि आफ्नो देश छाडेर विदेश उड्ने रहर हुँदैन । तर, नेपालमा त्यस्तै भैरहेको छ । नेपाल सरकार बार्षिक पाँचलाख रोजगारी सिर्जना गर्ने भन्छ । बदलामा हजारले पनि रोजगारी पाउने अवस्था छैन । नेताहरूलाई सरकार गिराउने र जोगाउनेमै ध्यान छ । सरकारको नेतृत्व गर्दै आएका जुनकुनै दलहरूमा पनि देशको चिन्ता देखिएन । मुलुकको पछिल्लो अवस्था यही हो । देशमा रोजगारीको अवसर सिर्जना गर्ने कुरा धेरै परेको कुरा हो । बैशाखमा भएको लगानी सम्मेलनले पनि खासै उत्साहित बनाउन सकेन । देशका कलकारखाना बन्द हुँदैछन । भएको रोजगारी समेत गुम्ने अवस्था छ । अनि युवा विदेश नगएर कहाँ जान्छन ? नेपालमै रहेका तर कुनैपनि श्रममा नजोडिएका युवाको त लेखाजोखा छैन । ती सवै नेपालमा काम नपाएपछि विदेश जानुपर्ने बाध्यतमा छन । तिनलाई रोजगारीमा लगाउने कुरा अर्को चुनौति छ । नेपालमा अहिले श्रम बजार आफै चुनौतिमा छ । सरकार आफै आर्थिक चुनौतिको सामना गरिरहेको छ । नेपालमै रोजगारी गुमाएकाहरूको पुनस्र्थापना कसरी हुने हो अन्यौल छ । त्यसमाथि तेश्रो मुलुक र भारतको कुरा अझै चुनौतिको विषय छ । खासगरी युवालाई श्रमसंग जोड्न सकेमात्र देश विकास हुन्छ भन्ने आम मान्यता छ तर त्यो मान्यता स्थापित गर्न गरिनुपर्ने कामको विषयमा भने सम्वन्धित निकाय बेखबर हुने गरेको छ । सरकारले युवाहरू जसले रोजगारी गुमाएका छन र जो विदेशबाट फर्किएका छन उनीहरूलाई कृषिमा आवद्ध गर्ने जनाएको थियो तर अहिले त्यो योजना पनि तुहिएको अवस्था छ । दैनिक २५ सय युवाहरू बिदेश पलायन भैरहँदा पनि सरकारलाई छुन सकेको छैन । देश विदेशबाट पठाएको रेमिटान्सले धानिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि हुँदै १० खर्ब ८२ अर्ब ६२ करोड रूपैयाँ भित्रिएको जनाएको हो । देश रेमिटान्सले धान्नुपर्ने अवस्था आएको छ । त्यहीपनि हामी नेपाली युवा विदेश पलायन भएकोमा छटपटी गरिरहेका छौं । विदेशमा रोजगारीको अवसर नभएको भए मुलुकको अवस्था के हुन्थ्यो ? त्यो दुर्दिनको सायद कल्पनासम्म गर्न सकिदैन । हजारौं युवाहरूको विदेश बहिर्गमनले नेपाल कुन अवस्थामा छ भन्ने चरितार्थ भएको छ । अहिले बढ्दो बेरोजगारीकै कारण ग्रामीण भेगमा होस् वा सहर बजारमा लागूपदार्थ दुव्र्यसनमा लागेका युवाहरूको सङ्ख्या बढ्दो छ । बरु विदेश जाउ तर हाम्रो देशका युवाहरू कुलतमा नलाग भन्ने अवस्था उत्पन्न भएको छ । नेपाल सरकारको ध्यान युवालाई कुलतबाट छुटाएर स्वदेशमै रोजगारीमा जोडनेतर्फ कहिले जान्छ ? सोचनीय बिषय छ ।