ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

२६ औं भूकम्प सुरक्षा दिवस

१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार

‘स्थानीय श्रोत र प्रविधिको विस्तार गरि भुकम्पको क्षतिबाट बचौं’ भन्ने नाराका साथ आज २६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईदैछ । भुकम्प दिवस मनाउँदै गर्दा अहिलेपनि नेपाल उच्च भूकम्पीय जोखिमको देश हो । नेपाल भूकम्पीय जोखिममा रहेपनि जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । सरकारले भुकम्प जोखिम कम गर्नेतर्फ आवश्यक पूर्व गृहकार्य गरेको देखिएको छ । भूकम्प कुनै जनाऊ दिएर आउँदैन । तसर्थ, अबका दिनमा भूकम्पीय विनाश र जनधनको क्षति कम गर्न संरचना निर्माणमा कडाई गर्नु अत्यावश्यक छ । बैज्ञानिकहरूले जमिनमुनिका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नैपर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौँ । २०७२ साल बैशाख १२ गते नेपालमा गएको बिनासकारी भुकम्पपछि नेपालीमाझ भुकम्पबाट बच्न पूर्व सतर्कताका उपायको खोजी सुरु भएको हो । त्यसअघि विक्रम सम्बत १९९० सालमा गएको भुकम्पले पनि जनधनको ठूलो क्षति गरेको थियो तर त्यसले भुकम्पविरुद्ध व्यापक सचेतनाको काम गर्न सकेको थिएन । दिवसको अवसरमा देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम आयोजना भैरहेका छन । नेपालमा २०७२ सालमा आएको भुकम्पपछि जनतामा केही जागरण अवश्य आएको छ । भुकम्पछि मापदण्ड अनुसारको घर निर्माण गर्ने क्रम बढेको छ । यद्यपि नेपाल अहिलेपनि भुकम्पीय जोखिमका हिसावले अत्यन्त जोखिममा पर्दछ ।

भुकम्प आएपनि त्यसबाट बच्ने उपाय र आधारका रूपमा हामीसंग सशक्त पूर्वाधार छैन । तथापि जनतामा आएको जागरणले पनि भुकम्पबाट बच्न सकिने आधारहरू तयार भएका छन । यसलाई पनि नेपालको हकमा सन्तोषजनक नै मान्नुपर्दछ । भुकम्पको चुनौतिकै कुरा गर्दा अहिलेपनि प्राकृतिक सम्पदाहरू जोखिममा छन । तिनको समयमै पुनर्निर्माण सम्पन्न नहुँदा ऐतिहासिक धरोहरहरू ढल्ने अवस्थामा छन । अव ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम मन्त्रालय मातहत गएको छ । जेहोस सरकारले यस विषयमा अव फरक तरिकाले काम गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यसो त भुकम्पको जोखिम अहिलेमात्रै होइन, भुकम्पबाट हुने जोखिमलाई न्यूनिकरण गर्न र त्यसबाट हुने जनधनको क्षति कम गर्ने उद्देश्यले २६ वर्ष अघिदेखि नै राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भुकम्प कहिले आउँछ भन्ने कुनै निश्चित छैन । तसर्थ त्यसबाट जोगिनको लागि पूर्व सचेतना आवश्यक रहेको भुकम्पवीदहरूले जनाएका छन । उनीहरूका अनुसार अहिलेपनि नेपालले भुकम्प आईहालेमा जोगिने उपायका लागि प्रभावकारी संयन्त्र निर्माण गरेको छैन । उही कमजोर व्यवस्थापनले भुकम्पको चुनौति कम हुन सक्दैन । विश्वका ठूला बैज्ञानिकहरूले नेपाल भुकम्पका कारण जोखिममा रहेको चेतावनी दिदै आएका छन । समयक्रमसंगै भुकम्पको सामना गर्नुपर्ने बाध्यता आईरहेको छ । नेपालले भुकम्पवाट बच्न त्यस किसिमको सुरक्षा व्यवस्था गर्न सकेको छैन । केवल नारामा मात्र दिवसको सार्थकता खोज्ने कामले औपचारिकता पाईरहेको छ । अझैपनि भुकम्पबाट बच्ने पूर्व तयारी, जोखिमबाट बच्ने उपाय र उद्धारका सामाग्रीहरूको व्यवस्था छैन । भुकम्प सुरक्षा दिवसकै अवसरमा सरकारले भुकम्प आईहालेमा पनि क्षति कम गराउने बिषयमा गंभीर ढंगले सचेतनाका काम गर्नु जरुरी छ । जेहोस २०७२ सालको भुकम्पले नेपाली जनतामा भुकम्पप्रतिको चेतमा बृद्धि गरिदिएको छ । आगामी दिनमा भुकम्पबाट बच्ने बिषयमा पूर्व सावधानीको उपायको प्रयोगमा जोड दिनु उत्तिकै जरुरी छ । भुकम्प दिवस मनाएर औपचारिकता पूरा गर्ने भन्दा पनि भुकम्पबाट सकेसम्म कम भन्दा कम मानवीय क्षति हुनेतर्फ नेपालले प्रयास गर्नुपर्दछ । त्यो भनेको भुकम्प प्रतिरोधी घर निर्माण र भुकम्प आईहालेमा बच्ने उपायको बिषयमा समुदायलाई सचेत बनाउनेतर्फ प्रयास गर्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?