ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह

४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

नयाँ बर्ष २०८१ को अवसरमा नेपालका पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको बढ्दो चहलपहल र उपस्थितिले उत्साह सिर्जना भएको छ । आन्तरिक पर्यटकले नै पर्यटन क्षेत्रमा उत्साह सिर्जना गर्न सक्छन भन्ने नयाँ बर्षले पुष्टी गरेको छ । त्यसमाथि विदेशी पर्यटकको आगमनले पर्यटन क्षेत्र थप चलायमान बनाउन महत्वपूर्ण हुन्छ भन्ने सन्देश गएको छ । नयाँ बर्षमा नेपालका पर्यटकीय क्षेत्रहरू लुम्बिनी, बुटवलको फूलबारी, चितवनको सौराहा, इलामको कन्याम, अन्तुडाँडा लगायत पाल्पाको श्रीनगर लगायतका दर्जनौं स्थानमा आन्तरिक पर्यटकको उत्साहले नेपालीहरूमा पनि विस्तारै घुम्ने बानीको विकास भैरहेको देखिएको छ । त्यसमाथि गौतमबुद्धको जन्मस्थल लुम्विनीमा पर्यटकको बढ्दो चहलपहलले पर्यटन व्यवसायीमा उत्साह सिर्जना गरेको छ । नेपालको पर्यटन क्षेत्रमा चहलपहल ल्याउन नयाँ बर्ष लगायतका थुप्रै चाडपर्व सहयोगी हुन्छन भन्ने कुरा स्पष्ट भएको छ । त्यसैपनि कोरोनाका कारण तीन बर्षजति संकटमा परेको लुम्विनीको पर्यटन क्षेत्र विस्तारै अघि बढ्दैछ । तर, पर्यटन व्यवसायीको गुनासो पनि छ– लुम्विनीमा आउने पर्यटक लुम्बिनीमा रोकिनै चाहँदैनन् । यो कुरा सत्य हो । अव लुम्बिनीमा पर्यटकले रात बिताउने वातावरण तयार गर्नेतर्फ सोच्नु जरुरी छ । यसतर्फ स्वयं पर्यटन व्यवसायीको ध्यान जानुपर्दछ । लुम्बिनीमा नयाँ बर्षको अवसरमा हजारौंको संख्यामा आन्तरिक पर्यटकले भ्रमण गरेका छन । यो लुम्विनीका लागि अत्यन्त खुसीको कुरा हो । अव पर्यटक आगमनको संख्यामा बृद्धिसंगै लुम्विनीमा रात बिताउने पर्यटकको खाँचो छ । अनिमात्र लुम्विनी क्षेत्रको पर्यटन व्यवसाय पनि फस्टाउन सक्नेछ । नेपालमा पर्यटक आउने मुख्य आधार पदयात्रा, हिमाली दृश्यावलोकन, धार्मिक एवं सांस्कृतिक दर्शन आदि रहेका छन । यसबाहेक पनि पर्यटकहरू शैक्षिक, राजनीतिक, व्यावसायिक निर्माण, लगानी, जलयात्रा, उपचार, साहित्यिक जमघट आदि उद्देश्यले नेपाल आउँछन् । प्रत्येक वर्ष विभिन्न निकायले निकाल्ने सूचकांकमा नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिरहेको देखिन्छ । अबका दिनमा विदेशी पर्यटकहरूलाई नेपालमा सुरक्षाको चुनौति छैन भन्ने सन्देश दिन सकियो भने आन्तरिकसंगै बाह्य पर्यटकको संख्या बढाउन सकिन्छ । त्यसका लागि फेरीपनि पर्यटन क्षेत्रका व्यवसायीको ध्यान जानु जरुरी छ । नेपालीहरू खाली समय, चाडपर्व लगायत बिदाको समयमा घुमफिरमा समय बिताउन चाहन्छन भन्ने कुराको पुष्टी भैरहेको छ । अतः पर्यटन क्षेत्रमा रहेका चुनौती कम गर्दै नेपालका पर्यटन गन्तब्यको प्रचार प्रसारमा पनि ध्यान दिनेतर्फ अवको पहल जरुरी छ ।

नेपालको आर्थिक बिकासको प्रमुख मध्येको एक आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रको योगदान नेपालको गार्हस्थ्य उत्पादनमा करिब १८ प्रतिशत छ । तसर्थ यो प्रतिशतलाई अझै बढाउन सकिन्छ । नेपाललाई पर्यटन क्षेत्रबाटै आर्थिकरूपमा आत्मनिर्भर बनाउन सकिन्छ । त्यसका लागि लुम्बिनी जस्तै नेपालका पर्यटकीय क्षेत्रको विकास गर्नु जरुरी छ । मूख्य पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने र एक बर्षमा एक पर्यटकीय स्थललाई आधार गन्तब्य स्थलका रूपमा घोषणा गरेर अघि बढ्ने हो भने निश्चितरूपमा पर्यटन क्षेत्रले नेपालमा आशाको सञ्चार गर्ने छ । जसरी नेपालमा घुमघामको संस्कृति विकास हुँदैछ, त्यसले धेरै आशा सिर्जना गरेको छ । नेपालमा अझैपनि बार्षिक एक करोड पर्यटक भित्राउन सकिन्छ तर त्यसका लागि ठोस योजना र प्रतिबद्धता जरुरी छ । विश्वका बौद्धमार्गीलाई लुम्बिनी ल्याउने हो भने पनि करोडौं बुद्धिष्ठहरूको नेपाल गन्तब्य बन्न सक्छ । तसर्थ अब नेपालको पर्यटन क्षेत्रको विकासका लागि सवै लाग्नु जरुरी छ । नेपाललाई पर्यटन क्षेत्रको गन्तब्य बनाउने सयौं ऐतिहासिक स्थलहरू छन । ती ऐतिहासिक स्थलको प्रचार प्रसार, संरक्षण र प्रवद्र्धन गर्नेतर्फ सरकारमात्र होइन स्वयं पर्यटन व्यवसायीको पनि ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?