ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पर्यटन क्षेत्रमा देखिएको आशाको किरण

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

नेपालमा मार्च महिनामा जस्तैगरी ह्वारहरती पर्यटक आगमनको रफ्तार बढ्ने हो भने नेपालको आर्थिक मन्दी अर्को बर्षसम्म समाप्तिको सम्मुख पुग्ने हुने आशा गर्न सकिन्छ । निश्चितरूपमा पर्यटक आगमनले नेपाललाई खुसी बनाएको छ । आर्थिक मन्दीको असर अझैपनि कायमै रहेको अवस्थामा जसरी पर्यटक आगमन बढेको छ, यसले पर्यटन क्षेत्रमा आशाको किरण छाएको छ । पर्यटन बोर्डका अनुसार यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । गत वर्षको मार्चमा कुल ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । यसले नेपालको पर्यटन क्षेत्र कोरोनापछिको पुरानै अवस्थामा फर्किने आशा एवं विश्वास गरिएको छ । सवैभन्दा धेरै पर्यटक भारतबाट आएका छन । भारतबाट सो अवधिमा ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । भारतको पर्यटक आगमन हरेक महिना बढ्दो क्रममा छ । अव उनीहरूको बसाई अवधी लम्ब्याउनेतर्फ पहल जरुरी छ । चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो । नेपालले पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोत बनाउन सक्छ तर त्यसका लागि नेपालले अझै मेहनत भने गर्नुपर्नेछ । त्यसका लागि सम्बद्ध पक्ष गंभीर हुनैपर्दछ ।

पर्यटन क्षेत्रबाट सम्मृद्धिको आशा जगाउने प्रमुख गन्तब्य गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि हो । कोरोनाका कारण विगत तीनबर्ष थलापरेको भगवान गौतमबुद्ध जन्मस्थल लुम्विनीको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । लुम्विनीमा अहिले भारतीयदेखि तेश्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ । पर्यटक आगमनको सिजन भएकोले पनि लुम्विनीमा पर्यटन क्षेत्रले आशा जगाएको छ । तर, लुम्बिनी आउने पर्यटकहरू अधिकांश लुम्बिनीभित्रका विहार र गुम्बामा बस्दा होटल व्यवसायी भने मारमा परेको गुनासो छ । यो बिषयमा लुम्विनीका पर्यटन व्यवसायीले थालेको आन्दोलन सहमतिमा टुंगिएको छ । अव होटल व्यवसायीको माग पूरा हुनुपर्दछ । अर्बौ लगानी गरि खुलेका होटल व्यवसायमाथि धराप हुने खालको कुनैपनि कृयाकलाप हुनुहुँदैन । लुम्बिनीभित्रका गुम्बा र बिहारमा पर्यटक बस्दा बाहिरका होटल व्यवसायी धरापमा परेका छन । त्यसै त कोरोनाका कारण पर्यटक आगमन कम हुँदा समस्यामा परेका लुम्बिनीमा होटल व्यवसायी बिहार र गुम्बाका कारण झनै समस्यामा पर्ने अवस्था आउन नदिन होटल व्यवसायीले गरेको आन्दोलनको सम्बोधन हुनेगरी लुम्बिनी विकास कोषले बिहार र गुम्बामा पर्यटक राख्ने काममा रोक लगाओस् । लुम्बिनीजस्तै अरू पर्यटन क्षेत्रको विकासमा पनि सरकारको आँखा पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?