ट्रेंडिंग:

>> लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि ले मानव सेवाआश्रमलाई २ करोड बढी सहयोग गर्ने >> एनआरएनए स्वीडेनद्वारा अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग >> अक्सफोर्डमा विद्यार्थीले पस्के सात देशका खानाका परिकार >> सेण्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकताको प्रवद्र्धनका लागि वाकथन   >> असमानता बिरुद्ध कपिलबस्तुमा बृहत रयाली र ज्ञापन >> सुरुङ्गमार्ग समयमै सम्पन्न हुन्छ : प्रम ओली >> रबि लामिछाने माथीकाे छुनछेक बहस सुरू >> पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर >> एनसेल फाउन्डेसनः समाजको माझ सधैं सँगै >> विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङ यसरी भयो साकार >>   घमण्डको अति दम्भले हुन्छ विनास       >> युगानुकुल बनाउ नयाँ शिक्षा ऐन >> पर्यटन मन्त्रीलाई बँधिया भाले >> चौपाया छाड्नेलाई सात हजार जरिवाना >> बुटवलका मासु पसलमा अब बधशालाको मासु >> १९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै >> पश्चिमी भूभागमा न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ? >> भूमि समस्या समाधान अभियान बाणगंगाबाट सुरु हुने >> माघ १५ देखि गुञ्जिंदै बढैयाताल >> दाङमा मिटरब्याज पीडितले गरे प्रदर्शन  >> अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण >> दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु >> सामाजिक सञ्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ >> मुद्रण नीति परिमार्जन गर्न उद्योगीहरुको आग्रह >> फुडमाण्डुको सेवा अब बुटवलमा >> नेप्से परिसूचक दोहोरो अंकमा घट्दा कारोबारमा पनि भारी गिरावट >> मानव बेचबिखनमा संलग्न पौडेल ओमानमा इन्टरपोलको सहयोगमा पक्राउ >> समाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह >> स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्यो >> अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरी आगो फैलिँदै, १९ हजारलाई सुरक्षित स्थानमा सारियो >> भैरहवा विमानस्थलमा अब ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने >> प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी  >> रवि लामिछानेको अदालतमा थुनछेक बहस जारी >> त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलको लागि दुई जनाको मात्र आवेदन >> चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको आखेटोपहारसहित दुई जना पक्राउ >>  मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल >> माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड >> सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीसँग अब थप ४ हजार डलर तिर्नुपर्ने >> अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु >> भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित >> जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह >> सुन चाँदीको भाउ घट्यो >> २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट >> रबि लामिछाने पुगे रूपन्देही अदालत, केही बेरमा थुनछेक बहस हुने >> लुम्बिनीका गाउँगाउँमा अब प्रहरी पुग्ने >> कपिलवस्तु जेसिजका लागि ३ जनाको प्रतिस्पर्धा >> रामग्राम स्तुपदेखि लुम्बिनीसम्मको निःशुल्क धम्मयात्रा >> सरकारलाई सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन >> आर्थिक सम्बृद्धिका निम्ति राजनीतिमा सुधार जरूरी >> पुँजीगत खर्च बढाउन पहल गर

बाणासुरको अनुभूति दिलाउने नेताहरु

१३ मंसिर २०८०, बुधबार
१३ मंसिर २०८०, बुधबार

कृष्ण चरित्रमा रहेको एउटा रोचक कथा आजको रोजाइमा परेको छ । राजा वलीका सय पुत्रमध्येमा बाणासुर एक थियो । जसले पहिलोपटक शिवको तपस्या गरेर वर माग्यो । शिवले बाणासुरलाई आफ्नो पुत्रको रूपमा स्विकार गरेर उसले मागे जतिको वर दिए । उसले शिवको वरदानबाट शोणितपुरको राज्य पायो । अनि उक्त राज्यको रक्षकका रूपमा शिवलाई राख्न चाह्यो । शिवले त्यो पनि स्विकार गरे । वाणासुर असुर थियो तर तपको बलले गर्दा शिबलाई प्रसन्न बनाएर पटक पटक आफ्नो स्वार्थ पूरा गर्नतर्फ लागिरह्यो । यसैक्रममा एकदिन शिवसंग मेरा हज्जार बाहुली हुन सकुन भनेर वर माग्यो शिवले त्यो पनि तथास्तु भनेर पूरा गरे । एकदिनको कुरा हो बाणासुरले शिवजीको फेरी तपस्या गयो । शिव प्रसन्न भएर बाणासुरलाई सोधे “अव तिम्रो चाहना के छ ?” शिवजीले बाणासुरलाई आफ्नो पुत्रको रूपमा स्विकारेको हुनाले आफूले जे जस्तो माग राखे पनि पूरा हुन्छ भन्ने विश्वास थियो । असुर भएको हुनाले बाणासुरले तपस्याबाट प्रसन्न भएका शिवलाई भन्यो “पिताजी हजुरले मलाई हजार बाहु त दिनुभयो । तर मैले यो हजार बाहु कुनैपनि युद्धमा कहिल्यै प्रयोग गर्न पाइन । यसकारण मेरा यी बाहुहरू चिलाउन लागेका छन् । हज्जार बाहु भएको हुनाले मसंग युद्ध गर्न अन्य कोही पनि तयार हुँदैनन् । यसकारण हजुरसंग म युद्ध गर्न चाहन्छु ।” शिवजीलाई बाणासुरको कुराले असमञ्जसमा पा¥यो । हुन्छ भन्नु कि हुँदैन भन्नु ?

यस कथाले के बुझाउँछ भने जो कसैलाई पनि आफूसंग शक्ति छ भनेर शक्तिको दुरूपयोग गर्न हुने रहेनछ । शिवसंग बाणासुरले राज्य माग्यो त्यही दिए । राज्यको रक्षक बनिदिन आग्रह ग¥यो त्यो पनि उनले स्विकार गरे । हज्जार बाहु माग्यो त्यो पनि दिए । अन्तमा हज्जार बाहु चिलाउन लागे मसंग युद्ध गर्ने कोही भएनन् यसकारण पितासंग युद्ध गर्न चाहन्छु भनेर माग गर्न पुग्यो । शिवलाई बाणासुरका कुराले सकसमा पारिदियो । उनी आफू युद्ध गर्न तयार हुने कुरा पनि भएन । बाणासुरलाई फलानोसंग युद्ध गर्न जा भन्न पनि सकेनन् । आफूले दिएको वरदान फिर्ता लिन पनि सकेनन् । आफ्नो शक्ति दुरूपयोग गर्दा कहिले सकस हुने रहेछ भन्ने एउटा अनुपम उदाहरण हो यो । अन्तमा शिवले आफूले पुत्र ठानेको र चेलो ठानेको बाणासुरले युद्ध गर्छु भनेपछि उसका हज्जार हात फिर्ता लिन चाहेनन् । शिवजीले अर्को युक्ति निकालेर भने “तिमीसंग युद्ध गर्ने कुनै योद्धा जन्मेको छ । म छिटै त्यसको चाँजोपाँजो मिलाउँछु । तिमी उसैसंग युद्ध गर्नु ।

बाणासुरकी उषा नाम गरेकी एक पुत्री थिइन । उनी माता पार्वती भक्त थिइन । एकदिनको कुरा हो बाणासुरले आफ्नो छोरीको विवाहको निम्ति राज्यको रक्षाको निम्ति तयार पारेको अग्निध्वज (स्तम्भ) जुन राजकुमारले ध्वस्त पार्न सक्छ उसैसंग गरिदिने बचन दियो । सारा राज्यमा झ्याली पिटायो । विभिन्न मुलुकका बलवान ठानिएका राजकुमार उषालाई विवाह गर्ने लालसाले स्तम्भ ध्वस्त पार्ने बलका साथ उपस्थित भए । त्यहाँ उपस्थित भएका राजकुमारहरूलाई उषाकी संगिनी चित्रलेखाले राम्रोसंग चिन्दी रहिछन् । उक्त स्तम्भ ध्वस्त गर्ने प्रतियोगिता चलिरहेको समयमा चित्रलेखा र उषा एकै स्थानमा बसेका रहेछन । जुन देशको राजकुमार उठेर हतियार उठाउन लाग्दथ्यो चित्रलेखाले राजकुमारको वारेमा उषालाई जानकारी दिन्थिन । त्यसै समयमा उषाले माता पार्वतीको सम्झना गरेर त्यो टार्नका निम्ति आग्रह गर्दथिन । उषाको करुणा सुनेर पार्वतीले पनि उनको रक्षा गरिन । कुनैपनि राजकुमारले हतियार प्रयोग गर्न त के उठाउन समेत सकेनन् । यो दृश्य देखेर बाणासुर समेत तिन्छक पर्न गयो । अन्तमा राजकुमारहरूले आफ्नो शस्त्र तथा अस्त्र प्रयोग गरेर त्यो स्तम्भ ध्वस्त पार्न पाउनु पर्ने माग राखे । असुर बाणासुरले आज्ञा दियो । उनीहरूले आफ्नो अस्त्र शस्त्र प्रयोग गरे तर त्यो स्तम्भ ध्वस्त पार्न सकेनन् । वास्तवमा त्यो स्तम्भ ध्वस्त भएको खण्डमा वाणासुरको राज्य शोणितपुर ध्वस्त हुने थियो । एकदिन गफको सन्दर्भमा शिवले त्यो स्तम्भ ध्वस्त भएको खण्डमा तिमीले युद्ध गर्न पाउँछौ भनेका रहेछन् । युद्धको लालसाले बाणासुर उक्त स्तम्भ ध्वस्त पार्न चाहन्थ्यो । कुनैपनि राजकुमारले ध्वस्त पार्न नसकेपछि बाणासुर आफै हतियार बोकेर उठ्यो । उसको महामन्त्रीले बाणासुरलाई रोक्न पुग्यो ।

उषाले पार्वतीको वर अनुसार कृष्णका नाति अनिरुद्धलाई प्रेम गर्न पुगकी थिइन । अनिरुद्ध उषाले प्रेम गर्न लागेका कुरा थाहा पाएर शोणितपुरमा लुकिछिपी पुगे । बाणासुरले कडा पहरा दिएर उषालाई राखेको थियो । तर अनिरुद्ध जादूगरि विद्या जान्ने भएकाले विभिन्न भेष वदलेर उषाको कक्षमा पुगे । दुबैको मिलन भयो । यो कुरा कतैबाट गुप्तचरले पत्ता लगाएर बाणासुरलाई खवर गरे । बाणासुरले अनिरुद्धलाई पक्रन चाहेको थियो । उनी लुकिछिपी त्यहाँबाट बाहिर निस्किएर स्तम्भ ध्वस्त पारेर पुनः उषाको कक्षमा पुगे । त्यही मौका छोपेर बाणासुरले अनिरुद्ध उषा र चित्रलेखालाई समेत बन्दी बनायो । कडा पहरा दिएर कारागारमा राख्यो । यो खवर द्वारकापुरमा कृष्ण कहाँ पुग्यो अनि कृष्ण आफ्ना दाजु बलरामका साथमा शोणितपुरमा पुगे । बाणासुर र कृष्णका बीचमा ठूलो युद्ध भयो । बाणासुरका हज्जार बाहु एक एक गर्दै सबै काटिए । अन्तमा कृष्णले बाणासुरुलाई खतम गर्नका लागि सुदर्शन चक्र निकाले । त्यसै समयमा शिवजी प्रकट भएर “ अव बााणासुरको शेखी खतम भएको छ । यसको शेखी खतम गर्न कृष्णजीको कर्तव्य थियो” भनेर सम्झाएपछि बाणासुर कृष्णको संरक्षणमा पुग्यो । अनि अनिरुद्ध र उषालाई बाँधिएको बन्धनबाट मुक्त गरेर दुबैको विवाह गरिदिन राजी भयो । अन्तत कृष्णका पुत्र प्रद्युम्न, प्रद्युम्नका पुत्र अनिरुद्धसंग बाणासुर पुत्री उषाको विवाह सम्पन्न भयो । उषालाई लिएर अनिरुद्ध, कृष्ण, बलराम र यादव सेना सबै द्वारकापुरीमा फिर्ता आए ।

बाणासुर शिवजीको वरदानबाट मात्तिएर आफ्नो कर्तव्य समेत भुलेर शिवसंग युद्ध गर्नका लागि तयार भयो । उता पार्वतीले पनि बाणासुरको शेखी झार्नका निम्ति आफ्नो सत्रु मान्दै आएको कृष्णको नातीलाई बाणासुरकी पुत्री अनिरुद्धसंग विवाह गराउन मेसो मिलाएर बाणासुरको शेखी झार्न सफल भएको पाइन्छ । आफ्नै शक्ति कहाँ कसरी प्रयोग गर्ने भन्ने याद नभएको बाणासुर जस्ता राज्य सञ्चालकहरू कृष्णको पालामामात्र नभएर अहिले पनि प्रसस्त छन् । शक्ति राष्ट्रको हात र साथले आफूमा उन्माद चढेको थाहा नपाउने राज्य संचालकको कमी अहिलेपनि भएको छैन । शक्तिराष्ट्रले आफ्नो शक्ति देखाउन कहिले कसलाई बरदान र कहिले कसलाई बरदान दिने क्रम पनि उस्तै छ । कहिले मिलेनियम त कहिले के के बाट वरदान दिईरहेका छन् । नागरिकको जनजीवनमा तात्विक भिन्नता आएको छैन तर राज्य सञ्चालकहरू आफ्नो भक्तिले प्राप्त भएको बरदानको बखान आफै गरेर थाकेका छैनन् । तत्काल थाक्ने पक्षमा पनि छैनन् । राज्य सञ्चालकहरूले गरेको कार्यले नागरिकको जनजीवनमा सुधार आएको हुनुपर्दछ । भाषण गरेर सुधार आएको भन्ने हल्ला गर्नु आफ्नो सुरक्षा स्तम्भ आफै ध्वस्त पार्ने बाणासुर भन्दा फरक हुँदैनन् । आजका बाणासुरहरू हिंजो नै बाहुली चिलाएर धेरैको ज्यान लिएर आज राज्य सञ्चालन गर्न पाएका हुन् । अव विस्तारै ति हातहरू खस्कदैछन् । अनि आफ्नो लाज लुकाउन आफै भाषणको सहारा लिएर एकैदिनमा धेरै स्थानमा भाषण बाँड्दै हिंडेका भेटिन्छन् । जुन बाणासुरको उन्माद जस्तो मात्र हो । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?