© २०२३
नवलपुर ।
पुर्वी नवलपरासीको दुम्कौली स्थित चौधरी ग्रुप अफ ईन्डष्ट्रियल उद्योगमा विगत केही दिन देखि लागेको ताला खुलेको छ।
स्थानीय,वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समिति र चौधरी ग्रुप अफ ईन्डष्ट्रियल पार्कका बीच भएको सहमति पछि उद्योग ग्रामको मूल गेटमा लागेको ताला खुलेको हो ।
उद्योग र स्थानीय बीच भएको छ बुँदे सहमति अनुसार अब उप्रान्त उद्योगले आफ्नो भुसे व्वायलरलाई प्रदूषण नियन्त्रणको मापदण्ड भित्र राखेर मात्र सञ्चालन गर्नु पर्ने छ ।
व्वायलर बिग्रेमा स्थानीय स्तरमा प्रदूषण फैलन नदिन नयाँ व्वायलर जडान गर्नु पर्ने,उद्योग ग्राम भित्र संचालित ईटिपी प्लान्टको छमता बढाई १५ सय केएलडी बनाईनु पर्ने कुरा उद्योगले सहमति गरेको छ ।
त्यसै गरी उद्योग परिसरबाट निस्कने दुर्गन्धित पानीको निकासलाई पाइप लगाई राजमार्गको पक्की नाला कटाउनु पर्ने सहमतिमा उल्लेख छ ।
सिएसआरको रकम वाड सिफारिसको योजना मुताबिक कार्यान्वयन गरिनु पर्ने सहमति भएको हो ।
उद्योगले स्थानीय स्तरमा बारम्बार प्रदूषण गरी रहने र नियन्त्रणबारे चासो नदिने गरे पछि आजित बनेका देवचुली २ का जनताले सहमति कार्यान्वयनका लागि अनुगमन समिति पनि बनाएका छन् ।
सहमतिकै बुँदामा संलग्न गरेर गठित अनुगमन समितिमा जिल्ला प्रशासन,जिसस,वन तथा उद्योग कार्यालयका प्रतिनिधि,स्थानीय सङ्घर्ष समिति,वडा एवं टोल सुधार समितिका प्रतिनिधिले मासिक रूपमा प्रदूषणबारे अनुगमन गर्ने सहमतिमा उल्लेख छ ।
सहमति पत्रमा वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्मा र चौधरी ग्रुप व्यवस्थापनको तर्फबाट वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले हस्ताक्षर गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी