ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

रुपन्देहीको मर्चवारीमा सरकार प्रमुख र कार्यालय प्रमुख बीच जुहारी

१५ भाद्र २०७७, सोमबार
१५ भाद्र २०७७, सोमबार

रुपन्देहीको मर्चवारी गाउँपालिकामा जनप्रतिनिधिहरुको सेवा सुबिधाको बिषयमा लिएर विवाद सिर्जना भएको छ । गाउँपालिकाका अध्यक्ष केशवनन्द बानिया र प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ज्ञवालीबीच सेवा सुविधाको बिषयमा विवाद भएको हो ।

अध्यक्ष केशव नन्द बानियाले प्रमुख प्रशासकिय अधिकृतले मनोमानी गरेको आरोप लगाएका छन् भने प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीले कानुनलाई पालना गरेको बताएका छन् ।

मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाले आफ्नो फेसबुकमा लखेका छन्, राज्यले दिएको सेवा सुबिधा लिनुहुन्छ भने सरकारी गाडी चढ्न मिल्दैन भनि प्रमुख प्रशासकिय अधिकृतले भनेका कारण सबै जनप्रतिनिधिले सबै सरकारी गाडी प्रमुख प्रशासकिय अधिकृतलाई बुझाउने इच्छा भयो ।
उता प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवालीले टिप्पणी गरेका छन् माथिको प्रदेश कानुन यसो पढेर मनन गर्न भए भइ हाल्छ नि । म त जनताको नोकर न हो । भन्दै लेखेका छन्, कानुनको कार्यान्वयन गर्नु मेरो प्राथमिक दायित्व हो र कानुनको सहि कार्यान्वयनमा एक इन्च तल माथि गर्दिन हजुर । हजुरलाई प्रमुख प्रशासकियले अन्याय गरेको भए प्रमुख प्रशासकिय अधिकृतको बिरुद्धमा मुद्दा हाल्न सक्नुहुन्छ नि । उपाय धेरै छन् त हजुर ।
प्रदेशको सवारी साधन सम्बन्धी ऐनमा यस्तो लेखिएको छ, ३ उपदफा (१) र (२) बमोजिम सवारी साधन उपलब्ध गराएकोमा पदाधिकारीले यस दफा बमोजिमको यातायात सुबिधा पाउने छैनन् तर त्यस्तो सवारी साधनलाई अनुसुची बमोजिम इन्धन र मोबिल उपलब्ध गराइने छ । (४) सदस्यले अनुसुचि बमोजिमको रकम यातायात सुबिधा बापत पाउने छैनन् । तर कुनै सदस्यले यातायात सुबिधा बापतको रकम पाउने छैनन् ।

विवादले विज्ञप्ती
गाउँपालिकामा अध्यक्षको दबाब नमान्दा शाखा प्रमुखहरुलाई ज्यान मार्ने धम्की आएको मर्चवारी गाउँपालिकाका कर्मचारीले बताएका छन् ।
आइतबार साँझ प्रेस बिज्ञप्ती जारी गर्दै मर्चवारी गाउँपालिकाका कर्मचारीहरुले लकडाउन सुरु हुन पूर्व गैरकानुनि काम गराउन श्रीमान अध्यक्षज्यूबाट भएका दबाबलाई नमान्दा शाखा प्रमुख कर्मचारीहरुलाई ज्यान मार्ने र अपहरण गर्ने धम्की दिन अपरिचित र अमुक मानिसहरुलाई प्रयोग गरेका कारण जीउ ज्यान नै असुरक्षित रहेको महसुस गरिएको बिज्ञप्तीमा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी दर्ता गरि स्थानिय प्रहरी प्रशासनसंग समन्वय गरि काम गर्न निर्देशन भए बमोजिम स्थानिय प्रहरी प्रशासनको साथ लिई काम गर्नु परेको वास्तविकता यसै बिज्ञप्ती मार्फत आम सरोकारवालाहरुलाई जानकारी गराउन चाहन्छौँ बिज्ञप्तीमा लेखिएको छ ।
मर्चवारी गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुद्धारा जारी गरिएको बिज्ञप्तीमा अध्यक्षले स्थानिय सञ्चारमाध्यममा कर्मचारीहरुलाई मिथ्या आरोप लगाइएकोमा कर्मचारीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

गाउँपालिकाका अध्यक्षले कानुनलाई परिपालना गर्न नसक्दा काम गर्न असहज स्थीति पैदा भएको कर्मचारीहरु बताउँछन् । कानुन बमोजिम शासन सञ्चालनको अभ्यास नभएको ठाउँमा कानुनको सर्वोच्चता कायम गर्नु अवस्य पनि कठिन विषय हो । कानुन बमोजिमको शासनमा बानी पर्न कठिन भएको स्थितिमा कानुनको परिपालना गर्न नसक्दा कानुनि ब्यवस्था कठिन भएका कारण प्रशासन सञ्चालन तथा ब्यवस्थापन श्रीमान अध्यक्षज्यूलाई निकै गाह्रो भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीलाई हिटलर भन्दै गाडी तथा सेवा सुबिधा नै कटौति गरिदिएको भनेर सामाजिक सञ्जालमा प्रसारण गरेपछि मर्चवारी गाउँपालिकाको विवाद छताछुल्ल बाहिर आएको हो ।
प्रेस बिज्ञप्तीमा लेखिएको छ, श्रीमान अध्यक्षज्यूलाई निकै गाह्रो, राणाकालिन ब्यवस्था वा हिटलरको ब्यवस्था जस्तो लागेको पनि होला तर हामिलाई बिश्वास छ बिस्तारै उहाँले पनि कानुनको सर्वोच्चतालाई स्वीकार गर्नुहुनेछ ।

बिज्ञप्तीमा गैरकानुनि सुबिधाका लागि प्रमुख प्रशासकियको गाडीलाई बाटोमा रोकि आफू फरार हुने काम गरेको, शाखामा रहेका कर्मचारीहरुलाई बिभिन्न मानिस लगाई ज्यान मार्ने अपहरण गर्ने गर्ने गरेको उल्लेख गरिएको छ ।

गैरकानुनि सुबिधा पाइन भनेर अध्यक्षले सार्वजनिकरुपमा रोइकराई गर्न भन्दा आफ्नो तर्फबाट अथासक्य सहयोग गर्नु हुने बिश्वास समेत लिइएको बिज्ञप्तीमा लेखिएको छ ।

अध्यक्षज्यूले प्रदेश सरकारले जारी गरेको कानुन बमोजिम स्थानिय प्रतिनिधीले पाउने सेवा सुबिधा अन्तर्गत पाउनुपर्ने यातायात भत्ता प्रमुख प्रशासकिय अधिकृतले काटिदिएको भन्ने भनाई गलत रहेको छ । प्रदेश कानुनको अक्षरसः कार्यान्वयन गर्दा अध्यक्षले बिगतमा प्राप्त गर्दै आउनुभएको सवारी साधन इन्धन र मासिक यातायात भत्ता बापतको रकम १२ हजार मध्ये एक मात्र लिन मिल्ने कानुनी ब्यवस्था रहेकाले निजले हालसम्म सवारी साधन र मासिक करिब १ हजार लिटर बढी इन्धन सुबिधा लिएका कारण यातायात भत्ता बापतको रकम दिन नसकिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवाली बताउँछन् ।
लकडाउनको समयमा पनि गाउँपालिकाका सबै कार्यहरु समयमा सम्पन्न भई अपेक्षित भौतिक तथा बित्तिय प्रगति हासिल हुनुमा भैरहवाबाट समेत सबै कर्मचारी खटिएर कार्यप्रगति भएको कर्मचारीहरुले कोभिड भत्ता नलिने घोषणा गरेका कारण बिपत कोषको रकम समेत बचत भएको उल्लेख गरिएको छ ।
उता मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाले भन्नेवाला के के भनिदिन्छ भनेर हुन्छ र ? उनले भने, उ संग मेरो भेट नभएको दुई महिना भयो । खाली फेसबुकबाट कुरा हुन्छ । कार्यकारीसँग सम्बन्ध राम्रो छैन र ? भन्ने जिज्ञासामा उनले सम्बन्ध राम्रो भए यस्तो हुन्छ अध्यक्षले भने जवाफ दिए । हामीहरुको कार्यक्रम योजना काटेर बर्बाद पारिदिनुभएको छ, उपाय नपाएर ज्यान मार्ने धम्की दियो भन्ने । सवारी साधनको विषयमा विवाद रहेछ भन्दा अध्यक्ष भन्छन् जे असुबिधा छ हामी दिन्छौँ सरकारले जे दिन्छ हामी त्यहि लिन्छौँ । हामी गरिबको छोरा हो, सरकारले सुबिधा नदिए गाडी चाहिन्न अध्यक्ष बानियाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?