© २०२३
लमही, २ जेठ ।
दाङको बबई नदीमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको निधन भएको छ । बबई गाउँपालिका ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा मंगलबार निधन भएको हो ।
दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवा–आमासँगै सोमबार भारतबाट आएको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई उद्दार गरेर अस्पताल पठाएको उपचारका क्रममा तुलसीपुरमा निधन भएको बताउनुभयो । यस्तै १६ बर्षका दिपेश परियारको बबई नदीबाट शब निकालेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ । शवको पोस्टमार्टम गर्नका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।