ट्रेंडिंग:

>> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन

‘छोरी क्रिकेट’ को क्रेज

भर्खरमात्र नेपालको यु—१९ राष्ट्रिय महिला टिम विश्व कपमा छनौट भएको छ । रूपन्देहीमा महिला क्रिकेटलाई बढावा दिने गरि संचालन भएका क्रिकेट क्याम्पले भोलिको राष्ट्रिय महिला क्रिकेट टिममा बनाउनमा योगदान नगर्ला भन्न सकिन्न ।
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

बुटवल, १० मंसिर ।
बुटवल नरेनापुरस्थित क्रिकेट मैदानमा क्रिस्टिना थारु ३ दिन क्रिकेट सिक्दै छिन । उनले खेलबारे ब्यवहारिक ज्ञान लिईन । क्रिकेटमा ब्याटिङ, बलिङ, फिल्डिङ, विकेट, आउट, रन जस्ता शब्दबारे बुझिन । बाँकी दुई दिन भने उनी गेम खेलिन । उनले बलिङ गर्दा टिमका साथीहरूको साथ पाईन । विश्व एकेडेमी कक्षा ४ मा अध्ययनरत उनी पाँच दिन क्रिकेट क्यापबाट धेरै कुरा बुझ्न पाएको बताईन ।
उनीसँगै बलिङ र ब्याटिङ सिक्दै गरेकी करिना घिमिरे पनि निक्कै खुशी थिईन । कक्षाकोठामा पढ्ने र होमवर्क गरिरहेका उनी मैदानमा क्रिकेट सिक्न पाउँदा रमाईन । क्याच गर्न, बल फ्याक्ने कलाहरू उनले सिक्न सफल भईन ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा पृथ्वीनारायण शाह स्पोर्ट्स फाउन्डेसनको आयोजनामा बुटवलमा भएको पाँच दिने वुमन क्रिकेट क्याम्प/सिरिजमा विभिन्न विद्यालयबाट छात्राहरूले क्रिकेट सिकेका हुन ।

पाँच दिनको छोटो समयमा पनि धेरै सिकाई भएको विश्व एकेडेमीकी अनुष्का खत्रीले बताईन । विपक्षी टिमका दुई खेलाडीलाई बोल्ड आउट गर्दै सेलिब्रेसन गरेकी उनि निक्कै खुशी थिईन । ‘नयाँ अनुभव भयो,’—उनले भनिन । विद्यालयमा अरू खेल खेलकी उनलाई क्रिकेट खेलमा मन पसेको छ । क्रिकेट खेलबाट अघि बढ्ने चाहना भएको उनी बताउँछिन ।

खेलकुदमा रुचि रहेकी भूमिका श्रेष्ठ, कृणवी थापा, हिलारी डुम्रे, बिनिशा गुरुङ, कृपा गुरुङसमेत पाच दिने क्रिकेट क्याम्पमा क्रिकेट सिके । विश्व एकेडेमी कक्षा—४ मा अध्ययरत १६ जना सहित प्यारामाउण्ट बोर्डिङ स्कुलसहित विभिन्न विद्यालयका छात्राहरूलाई क्याम्पमा सहभागी भएका थिए । क्याम्पमा ८ वर्ष देखि १४ वर्षका करीब ७० बढी छात्राहरू सहभागी रहेका थिए । छात्राहरूलाई दुई समुहमा बाडेर खेल सिकाईएको पृथ्वीनारायण शाह स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष निरजप्रताप खाडले बताए ।

अध्यक्ष खाणले वार्षिक रूपमा खेलकुद विकास र सामाजिक गतिविधि फाउन्डेसनमार्फत गर्दै आएका छन । आगामी दिनमा लेभल वान र टु का प्रशिक्षण कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताए । यस क्षेत्रका क्रिकेट प्रेमीहरूको धेरै मेहनतबाट वर्तमान अवस्थामा आईपुगेको बुटवलको एकमात्र क्रिकेट मैदानलाई पूर्णता दिन ढिलाई भएको भन्दै स्थानीय सरकार गम्भीर हुन उनले आग्रह गरे ।

नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले बुटवलमा क्रिकेट मैदान अभाव रहेको स्विकार्दै नरेनापुरको क्रिकेट मैदान पुरा गर्ने प्रतिवद्धता जनाए । यो वर्ष मैदानको लागि ५० लाख रूपैयाँ बजेट बिनियोजन गरेर डिपिआर तयार गर्ने तयारीमा रहेको उनले बताए ।

रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले प्रतियोगितामा सहभागी छात्राहरूमा महिला वुमन्स क्रिकेटको भविष्य झल्किएको बताए । ‘रूपन्देहीलाई क्रिकेटमय बनाउने गरि एउटा महत्वपुर्ण क्याम्प संचालन भएको छ,’— उनले भने । यस्ता कार्यक्रमलाई निरन्तरता दिन स्थानीय सरकार लाग्नुपर्ने उनको सुझाव छ ।

क्रिकेट खेलमा छात्राहरूको रुचिलाई मध्येनजर गरि क्रिकेट संघमार्फत भैरहवा रंगशालामा निशुल्क प्रशिक्षणको ब्यवस्था समेत गरेको उनले बताए । करीब ६ महिनाअघिदेखी सिद्धार्थ क्रिकेट रंगशालामा जारी प्रशिक्षणमा छात्र र छात्राहरू गरि १४६ जना सहभागी रहेको उनले बताए । जहा छात्राहरूलाई निःशुल्क प्रशिक्षण दिदै आएको उनले बताए । रूपन्देहीबाट महिला टिमलाई बलियो बनाउने गरि यहाका विद्यालयहरूसंग समन्वय अघि बढाएको उनले बताए । सामुहिक विद्यालय परिवारको सहकार्यमा विभिन्न विद्यालयबाट महिला खेलाडी छनौट गरि क्याम्प गर्ने तयारीमा रहेको उनले बताए । जहा उनिहरूलाई निःशुल्क प्रशिक्षणको ब्यवस्था हुने छ ।

भर्खरमात्र नेपालको यु—१९ राष्ट्रिय महिला टिम विश्व कपमा छनौट भएको छ । रूपन्देहीमा महिला क्रिकेटलाई बढावा दिने गरि संचालन भएका क्रिकेट क्याम्प नगर, जिल्ला, प्रदेश हुँदै भोलिको राष्ट्रिय महिला क्रिकेट टिममा महत्वपूर्ण योगदान दिन सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?