© २०२३
लमही, १० मंसिर ।
अधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठूलो महामारीको रूप लिने अधिकारीहरूले औंल्याएका छन् । एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा ३७ खरब अमेरिकी डलरको भार पर्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा बिश्व स्वास्थ्य सघको प्राबिधिक सहयोगमा विश्व प्रतिजैबिक प्रतिरोध सचेतना सप्ताहको अन्तिम दिन आइतबार प्रदेश स्वास्थ्य मन्त्रालय भएको सरोकारवाला बीच अन्तक्र्रिया भएको हो ।
कार्यक्रममा सहभागी विज्ञहरूले एन्टिबायोटिकको अवस्था राम्रो नभएको औंल्याएका छन् तथा नागरिकले धेर्यता नगरि जथाभावी एन्टिबायोटिक माग्ने गरेको बताए ।
उक्त औषधिको जथाभावी प्रयोग, मनलाग्दी रूपमा भएको खरिद, कृर्षी, पशु लगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुदा एन्टिबायोटिकले काम गर्न छाडेको हो । काम गरेका औषधिकहरू पनि निकै महंगा र गरिब जनताको पहुँचमा नभएको सहभागीले बताएका छन् ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री खेम सारुले विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरू मध्ये मानसिक समस्या र एन्टिबायोटिक भएको बताए । विश्व स्वास्थ्य संगठनले पनि यो विषय उल्लेख गरेको छ । आम नागरिकमा एन्टिबायोटिकको असर वारेमा व्यापक जनचेतना फैलाउन जरुरी रहेको बताए । उनले नेपालमा गणतन्त्र पछि नेपालीको आयु लम्बियको सकारात्मक पाटो भए पनि प्रतिजैबिक हो मानसिक समस्यामा पक्षमा अस्पतालहरूवाट दिने सेवा नागरिकको हितमा भन्दा ब्यबसायमुखी रहँदै बताए ।
लमही नगरपालिका मेयर जोगराज चौधरीले नागरिकमा स्वास्थ्य सम्बन्धि चासो नहुदा गम्भीर रोगको सिकार बनेको बताए । उनले प्रतिजैबिक प्रतोरोधका लागि प्रदेशले नीति बनाउन आग्रह गर्दै आफू स्थानीयमा कार्यान्वयन लैजाने बताए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले एन्टिबायोटिक जथाभावी प्रयोग सुनामी भन्दा खतरा भएको भन्दै सबै गम्भीर हुन जरुरी रहेको बताए ।उनले प्रतिजैबिक प्रतिरोध सम्बन्धि राज्यले बनाएका नीति कानुनको कार्यान्वयन हुन जरुरी रहेको बताए । उनले त्यसका लागि पहिलो जनचेतना, शिक्षा भएको भन्दै बिधालयको पाढ्यक्रममा राख्न सकेमा मात्र उपलब्धि हुन सक्ने बताउँदै अब मानिस प्राकृतिमै घुलमिल हुने अबस्था आएको बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य सचीव बासुदेब उपाध्यायले जथाभावी रूपमा फार्मेसीले आफ्नो ब्यबसाय बढाउन सामान्य बिरामीमा एन्टिबायोटिक बितरण नगर्न आग्रह गरेका छन । उनले ब्यबसाय गर्नेको नागरिकको स्वास्थ्यमा गन्भिर संबेदनशील बन्न आग्रह गरे ।उनका अनुसार नेपालमा २८ प्रतिशत नागरिकले एन्टिबायोटिक लिने, २२ प्रतिशतले एन्टिबायोटिक डोज पूरा नगर्ने ७० प्रतिशतले उच्छ कडा औषधिको प्रयोग गर्ने तथ्यांकले देखाएको छ । उनले भने हामिले प्रयोग गरेको सवारी साधन ३/४ महिनामा सर्भिस गरि रहने तर हाम्रो शरिरको सर्भिस नगर्दा एक्कासि प्राणघातक रोग लाग्ने बताए ।
नेपालमा पहिलोपटक सो विषयमा राष्ट्रिय कार्यक्रम चलाएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका डाक्टर अचुत शर्माले जथाभावी प्रयोगमा आएको एन्टिबायोटिक नियन्त्रण नगरे हाल सबै रोगमा प्रयोग हुने औषधिले काम गर्न छाडने स्वास्थ्यमा बिकराल अबस्थामा देखिने बताए ।कार्यक्रममा लमही नगरपालिका र राप्ती गाउपालिकाका स्वास्थ्य, पशु र कृषि शाखा प्रमुख, फार्मेसीका प्रतिनिधि, सन्चारकर्मीहरू सहभागी रहेको थियो । एन्टिबायोटिक रेसिनेट भनेको ब्याक्टेरिया (रोग लागाउने जीवाणुहरू) मा एन्टिबायोटिक औषधिहरूले काम नगर्ने अवस्था हो । जब ब्याक्टेरियाले कुनै विशेष एन्टिबायोटिकको प्रभावलाई बेवास्ता गर्न सिक्छ, त्यसलाई एन्टिबायोटिक प्रतिरोध भनिन्छ । यसले संक्रमणको उपचार कठिन बनाउँछ र कहिलेकाहीं घातक पनि हुन सक्छ ।भावी दिनमा कोरोनाको जस्तो महामारी नआउँनेतर्फ सबै सचेत भएर लाग्नु पर्ने डा शर्माले भनाई छ ।
कार्यक्रम को सहजीकरण गराउदै स्वास्थ्य मन्त्रालयकि बरिस्ठ निर्सिङ चित्रा खनाललेसन् २०१९ को एक अध्ययनले विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए । डाक्टर शर्माका अनुसार यो सन् २०१९ को तथ्यांक हो , उनले भनेका छन्, एच.आइ.भी ÷ एड्स र मलेरियाबाट भन्दा बढी एएमआर र सो सँग सम्बन्धित रोगका कारण मानिसहरको मृत्यु भइरहेको स्पष्ट पारे । तार, नेपालमा अहिले सम्म कुनै अनुसन्धानको रिर्पोट बाहिर आएको छैन । हाल विश्वका गरिब देशहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ । अधिकारीहरू भन्छन् विस्तारै एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता शून्यमा पुग्दै गएको र उक्त समयमा देशले ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था आएको छ । एन्टिबायोटिकको विकास भएको धेरै वर्ष भइसकेको छ । सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन ।यसले सन् २०५० सम्म वार्षिक ३.८ % कुल ग्राहस्थ उत्पादनमा असर गर्ने देखिएको छ । नेपालमा नेशनल एक्सन प्लान–एएमआर २०२१–२०२६ लागू हुन नसक्दा पनि समस्या देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याप एएमआर स्वीकृतका लागि मन्त्रिपषरिषद पठाएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य मन्त्रालयकि बरिस्ट नर्सिङ चित्रा खनाल र कार्यक्रम उदेश्य स्वास्थ्य निर्देशनस्लय नीति योजना महाशाखा प्रमुख नोदनाथ चौधरीले गरेका थिए ।