ट्रेंडिंग:

>> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन

‘साना किसान’ जिल्लामै अब्बल

१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

गुल्मी, १० मंसिर ।
पछिल्लो समयमा देशमा केही सहकारीहरूले रकम अपचलन गरि नागरिकहरूमा नकारात्मक सन्देश प्रबाह गर्दै गरेको अबस्थामा गुल्मीको साना किसान कृषि सहकारी संस्था भने स्थानीय स्तरमा उत्कृष्ट काम गरि जिल्लामा एउटा अब्बल संस्थाको रूपमा स्थापित बनेको छ । सहकारीमा जम्मा गरेको थोरै थोरै रकमले बिरामी भएर अशक्त हुँदा होस व्यवयाय गर्नका लागि उद्यम कर्ममा लागेका उद्यमी कृषकहरूका लागि साना किसान सहकारी यतिबेला धेरैको सारथी बनेको छ ।

गुल्मीको गुल्मीदरबार गाउँपालिका –३ स्थित राजामा गत २१ वर्ष अघि स्थापना भएको साना किसान सहकारी संस्थामा यतिबेला १६ सय ५१ जना सेयर सदस्यहरू रहेका छन । संस्थामा आबद्ध बनेका सेयर सदश्यहरू मध्य महिलाहरूको संख्या मात्र ८५ प्रतिशत रहेको छ । संस्थाको अध्यक्ष सहित महिलाहरूले नेतृत्व गरेको उक्त संस्थाले अहिलेसम्म २५ करोड ६४ लाख ८३ हजार रूपैंयाँको कारोबार गरेको छ । पाँच करोड २४ लाख रूपैंया संस्थात पुँजी रहेको उक्त संस्थाको आफ्नै निजी भवन समेत छ ।

संस्थाले उद्यम गर्ने आफ्ना सेयर सदश्यहरूलाई एक लाख रूपैंयासम्म बिनाधितो र धितो राखेर ५० लाखसम्म ऋण प्रबाह गर्दै आएको साना किसान सहकारी संस्थाका प्रबन्धक भुपाल थापाले बताएका छन । गाउँमा केही गर्छु भनेर कृषि तथा उद्योग व्यवसाय सञ्चालन गर्नेहरू यतिबेला बैंकमा धाएर महँगो ब्याजमा ऋण काढेर ल्याउनु भन्दा आफै सहकारीमा पुगेर सस्तो ब्याजदरमा ऋणलिई व्यवसाय सञ्चालन गर्न थालेका छन ।

संस्थाले ५ सय २७ जना आफ्ना सेयर सदश्यहरूलाई यतिबेला १६ करोड भन्दा बढी रकम रिण प्रबाह गरेको छ । गाउँका मानिसहरूलाई यतिबेला आफुलाई केही काम गर्नका लागि पैसाको अभावमा कसैको मुख ताक्नु पर्दैन । आफुले व्यवसाय गर्ने स्पष्ट आधार र प्रतिबद्धताका आधारमा संस्थाले सदश्यहरूलाई एक लाख रूपैंयासम्म बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ ।

त्यत्ति मात्र हैन साना किसान सहकारी संस्थाले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा समेत सहयोग पुराउँदै आएको संस्थाकी अध्यक्ष शुसिला पुनले जानकारी दिएकी छन । संस्थाको २१ औं साधारण सभामा अति अशक्त, जेष्ठ नागरिक, उत्कृष्ट कृषक, उत्कृष्ट बचत, उत्कृष्ट समूह, मरणोप्रान्त एवं एसइईमा उत्कृष्ट अङ्क ल्याउने सेयर सदश्यका वालवालीकाहरूलाई समेत नगद रकम सहित सम्मान गरेको छ ।

स्थानीय स्तरमा रहेर पनि लामो समयदेखि उत्कृष्ट काम गरेर जिल्लामा नमूना सहकारी सस्थाको रूपमा स्थापित बनेको छ । साना किसान कृषि सहकारी संस्था जिल्लामा स्थानीय पालिका, प्रदेश र केन्द्रिय स्तरबाट समेत पुरस्कृत बन्दै आएको संस्थाको हो । गुल्मीदरबार गाउँपालिकालाई आफ्नो सिँगो कार्य क्षेत्र बनाएर काम गर्दै आएको उक्त संस्थाले स्थानीयतहमा यतिबेला नागरिकहरूको मन जित्दै गएको छ ।
कार्यक्रममा सानाकिसान लघुवित्त वित्तिय संस्था बुटवलका सञ्चालक सुखदेव न्यौपाने, गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा, शाखा प्रबन्धक शेर बहादुर चौधरी, वडाध्यक्षहरू, निमित्त प्रशासकीय अधिकृत लगायत अन्य स्थानीय जनप्रतिनिधि एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?