© २०२३
दाङ ,१ जेठ ।
जिल्ला प्रशासन कार्यालयले गत बैशाख २४ गते सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण सम्बन्धी ७ दिने सूचना जारी गरेको थियोे ।
सो समयावधी समाप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा यही जेठ १ गते घोराही उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र पत्रकारको समेत उपस्थितीमा घोराहीमा रहेका पद्मोदय नमुना उच्च मा.वि. र रझेना मा.वि.को १०० मिटर वरिपरी ९ वटा होटेल तथा किराना पसलहरु अनुगमन गरेको छ ।
अनुगमनमा गयको टोलीले ५,४६१/- रुपैयाँ बराबरका ४१७ वटा गुट्का र १२४ वटा चुरोट बिक्रीको लागि राखिएको अवस्थामा जफत गरिएको अनुगमन समिति संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी गराइन । अनुगमनलाई निरन्तरता दिईने साथै स्कुल/कलेज, सरकारी कार्यालय लगायतका सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ बिक्री बितरण एवं धुम्रपान नगर्न/नगराउनु हुन जिल्ला प्रसासन कार्यालयले अनुरोध छ ।