© २०२३
नवलपुर, ५ कात्तिक ।
पुर्वी नवलपरासीमा चालु आर्थिक वर्षमा मात्र मृत्यु हुने गैँडाको संख्या ७ पुगेको छ । सोमबार फेरि मध्यविन्दु नगरपालिका वडा नम्बर १२ मा पोथी गैंडा मृत फेला परेको छ ।
अन्दाजी ३÷४ वर्षको पोथी गैँडा अरुणखोला दोभानमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उक्त गैँडा जंगलमा अर्को गैँडासँग जुध्दा घाइते भएको थियो । त्यही चोटका कारण गैँडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको मगरले जानकारी दिए
उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको जनाईएको छ । यो सँगै चालु आर्थिक वषैमा मृत्यु हुने गैँडाको संख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्ये ६ वटा प्राकृतिक कारणले मरेका थिए भने एउटा करेन्ट लागेर मरेको थियो ।