ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य 

९ मंसिर २०८१, आइतबार
९ मंसिर २०८१, आइतबार

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नभएको भन्दै नागरिक तहबाट खबरदारी गर्न आवश्यक रहेको ताएका छन् ।

आइतबार राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च, प्यूठान का प्रतिनिधिहरूसँगको छलफलमा मुख्यमन्त्रीले भ्रष्टाचार निवारणमा नागरिक सहभागिता अपरिहार्य भएको उल्लेख गरे।

मुख्यमन्त्री आचार्यले सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको र यसका लागि पाँचवर्षे रणनीतिक योजना लागू गरिसकेको जानकारी दिए। उनले मन्त्रालय र निकायका लागि १४ बुँदे निर्देशन जारी गरिएको र नागरिकमा बढ्दो निराशालाई आशामा बदल्ने योजनाबद्ध प्रयास भइरहेको बताए।

नागरिक खबरदारीको महत्त्व
मुख्यमन्त्री आचार्यले भने, “भ्रष्टाचार निवारण नागरिक खबरदारी विना सम्भव हुँदैन। म मुख्यमन्त्री भएपछि पहिलो निर्णय पाँचवर्षे रणनीतिक योजना बनाउने प्रस्ताव स्वीकृत गर्नु नै थियो। अब यो योजनाको प्रभावकारी कार्यान्वयनका लागि नागरिक तहबाट निगरानी आवश्यक छ।”

सरकारले पाँच लाखभन्दा माथिका योजनाहरू प्रतिस्पर्धात्मक प्रक्रियाबाट लागू गरेको र यसले योजनामा हुने चलखेललाई रोक्ने दिशामा काम गरिरहेको पनि उहाँले बताए।

प्रतिनिधि मण्डलको ज्ञापनपत्र
भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक मञ्च, प्यूठानका संयोजक कर्णध्वज केसीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्न आग्रह गर्‍यो। मञ्चले सेवाको नाममा हुने घुस र विकासका नाममा हुने भ्रष्टाचार रोक्न उच्चस्तरीय अनुगमन संयन्त्र बनाउनेमा जोड दिएको छ।

मञ्चका सदस्य ओमभक्त पण्डितले नागरिक गुनासाको छिटो समाधान गर्न, भ्रष्टाचार विरोधी अभियानहरूलाई प्रभावकारी बनाउन, र थालिएका योजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

चिस्यान केन्द्रका समस्याहरू
प्रतिनिधि मण्डलले प्यूठानका दुई चिस्यान केन्द्र निर्माण भए पनि प्रयोगमा नआएको समस्याबारे पनि जानकारी गरायो। यसबारेमा मुख्यमन्त्री आचार्यले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग छलफल गरी उपयुक्त समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्रीको भनाइ अनुसार, नागरिकको सक्रिय सहभागिता र निगरानीले भ्रष्टाचार निवारण प्रयासहरूलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?