© २०२३
गुल्मी, १० मंसिर ।
उद्योग दिवशको अवशरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरिएको छ । उद्योग दिवशको अवशर पारेर सदरमुकाम तम्घासमा आईतबार जिल्लाका ८० जना उद्यमीहरू सम्मानित हुनुभएको हो । सेवा प्रदायक कार्यालयहरूले एकै पटक जिल्लामा यति धेरै उद्यमीहरूलाई सम्मान गरेसँगै उद्यमीहरू पनि निकै खुसि बनेका छन ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले दशौं उद्योग दिवश–२०८१ को अवशरमा आइतबार जिल्लाका ६५ जना उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरेको छ । जिल्लाका १२ वटै स्थानीयतहमा कृषि, फलफुल, पशुपालन लगायतका क्षेत्रमा लामो समयदेखि व्यावसाय गर्दै आउनुभएका उद्यमीहरूलाई दिवशको अवशर पारेर सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिएका छन ।
जिल्लाका उद्यमी व्यवसायीहरूलाई थप उर्जाशील बनाउँदै उनीहरूमा उत्प्रेरणा जगाउनका लागि कार्यालयले १२ वटै स्थानीयतहबाट उत्कृष्ट उद्यमीहरू छनोटगरि सम्मान गर्ने कामको शुरुवात गरेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । घरेलु कार्यालयले आइतबार उत्कृष्ट कर्मचारीको रूपमा त्रिबिक्रम ज्ञवालीलाई समेत कार्यक्रमका प्रमुख अतिथि रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सम्मान गरेका थिए ।