© २०२३
जितपुर, ९ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मुडफुटवाका प्रधानाध्यापक लालचन्द्र पाण्डेयमाथि शनिबार साँझ सांघातिक आक्रमण भएको छ । विद्यालयबाट घर फर्किने क्रममा शुद्धोधन गाउँपालिका अन्तर्गत लवनी चौराहामा अज्ञात समूहले पाण्डेयलाई मरणासन्न हुने गरी कुटपिट गरेको हो ।
प्रधानाध्यापक पाण्डेय एकीकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष समेत हुन् । संगठनले उक्त घटनालाई जघन्य अपराधको रूपमा व्याख्या गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । संगठनका जिल्ला सचिव नन्दलाल खनाल र इन्चार्ज डोरप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा घटनाप्रति खेद प्रकट गर्दै पाण्डेयको सुरक्षाको ग्यारेन्टी सुनिश्चित गर्न प्रशासनसँग जोडदार माग गरेका छन् ।
शिक्षक महासंघको विरोध
नेपाल शिक्षक महासंघ कपिलवस्तुले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा विद्यालय जस्तो शान्तिक्षेत्रमा कार्यरत व्यक्तिमाथि गरिएको आक्रमणले मनोवैज्ञानिक त्रास सिर्जना गरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।
विज्ञप्तिमा विद्यालयका विवादलाई छलफल र संवादका माध्यमबाट समाधान गर्नुको सट्टा अमर्यादित व्यवहार र हातपात गर्नु निन्दनीय कार्य भएको बताइएको छ ।
आक्रमणको चर्को विरोध
शिक्षक संगठनका पदाधिकारीहरूले आक्रमणलाई शिक्षण पेशामाथिको प्रत्यक्ष हमला भन्दै घटनालाई राजनीतिक रंग नदिई तुरुन्त कानूनी कारबाही अघि बढाउन प्रशासनलाई आग्रह गरेका छन् । पाण्डेयको स्वास्थ्य अवस्थामा सुधारका लागि थप उपचारको व्यवस्था गरिनु पर्ने माग पनि उनीहरूले गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी