© २०२३
बुटवल, १० मंसिर ।
संघीयताको विपक्षमा रहेकाहरूले रूपन्देहीको बुटवलमा संघीयता विरुद्धको मञ्च गरेका छन् । नेपालको हकमा संघीयता बिरोधी र गणतन्त्र, समावेशिता तथा धर्मनिरपेक्षताका पक्षधहरूले संघीयता खारेज गर्ने बताउँदैे मञ्च गठन गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाका नेता बदे्र आलमको संयोजकत्वमा गठित संघीयता विरुद्धको मञ्चका सदस्यहरूमा चेतनाथ आचार्य, ढुण्डीराज शर्मा, गणेश गौतम, टानबहादु्र केसी, लिलबहादु्र केसी, पदम श्रेष्ठ र सरिता जीसी रहेको संघीयता विरुद्धको मञ्च गठन गरिएको छ । संयोजक आलमले संघीयता विरुद्धको मञ्च एउटा खुकुलो प्रकारको संघीयता विरुद्धको मतराख्नेहरू बिचको सम्पर्क सम्बन्ध, विचारको आदानप्रदान गर्नका लागि मञ्च गठन गरिएको र यसलाई बृहत बनाउने जानकारी गराए ।
यसको कुनै विधान नहुने, कुनै संगठनात्मक नियमावलीद्वारा सञ्चालन नभै स्वइच्छाले सहभागी हुन वा त्यसबाट अलग हुन व्यक्ति स्वतन्त्र रहन सक्ने संयोजक आलमले बताए । राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि संघीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोदल गर्ने घोषणा गरेको छ । उक्त आन्दोलनलाई सहयोग पुराउने गरी संघीयता विरुद्वको साझा मञ्च गठन गरिएको हो ।