© २०२३
घोराही उप महानगरपालिका–१७ गुलरीयामा रहेको कृत्रिम तालमा डुबेर बेपत्ता भएका युवक अझै फेला परेका छैनन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय लक्ष्मण डिसी आइतबार करिब ४ वजेको समयमा पौडि खेल्ने क्रममा जलाशयमा डुबेर बेपत्ता भएका हुन् ।
जलाशय धेरै गहिरो रहेका कारण बेपत्ता भएका डिसीलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । पौडि खेल्न सक्ने व्यक्तिहरूले दिनभर खोजी कार्यलाई जारी राखेपनि फेला पर्न सकेका छैनन् । पानी सुकाउन आधा दर्जन मोटरले पानी निरन्तर निकाल्ने काम भैरहेको छ । बेपत्ता डिसी नजीकै रहेको क्रिकेट मैदानमा क्रिकेट खेलिसकेपछि पौडि खेल्न तालमा पस्दा बेपत्ता भएका हुन् । साथीहरूसँगै क्रिकेट खेलेपछि डिसी पौडि खेल्न तालमा पसेपछि बेपत्ता भएको उनका साथीहरूले बताएका छन् । युवक डिसीलाई खोज्न घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी सहित १२ जना बढी व्यक्तिहरूले दिनभर लागि परेका थिए । उनको खोजीमा नेपाली सेनाको टोलीले पनि प्रयास ग¥यो तर फेला पार्न सकेन । अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी कार्य जारी राखेको छ । सोमवार दिउसो सम्म तलाउको पानी पम्प लगाएर फालिए पनि अहिले ताल नै खोलेर पानी फाल्न शुरु गरिएको छ । तलाउको तानी सुकाएर खोज्नका लागि पानी फाल्न लागिएको हो । समयमा खोज गर्न नसकिए पछि स्थानीयले गुनासो गर्दै तालको पानी खोलेर फाल्न प्रशासन कार्यालयलाई आग्रह गरेका थिए । डिसी घोराहीको गोर्खा स्कूलमा कक्षा १२ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।à