© २०२३
लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बुटवलमा सञ्चालित बुद्धिजम, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट कलेजका विद्यार्थीको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमाको जानकीनगरमा सञ्चालित कलेजमा तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले पहिलो सेमेष्टरका विद्यार्थीहरूलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एव रजिष्ट्रार तिलक आचार्यले दर्शनसँगै विश्वविद्यालयले व्यवसायिक शिक्षामा जोड दिने योजना सहित काम गरेको बताए । लुम्बिनी मुलुककै मुख्य पर्यटकीय क्षेत्र भएकाले यहाँको जनशक्ति व्यवस्थापनका लागि विश्वविद्यालयले उत्पादन गर्दे जाने उनले विश्वास व्यक्त गरे ।
काठमाडौं बाहिर पहिलो पटक विश्वविद्यालयले बिटिटिटिएम कक्षा सञ्चालन गरेको भन्दै यसले सेवा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति दिने र त्यसबाट लुम्बिनीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने उनले बताए । छोटो समयमै विश्वविद्यालयले शैक्षिक उन्नयनमा ठूलो फड्को मारेको भन्दै उनले बौद्ध शिक्षा, दर्शनको विकास प्रवद्र्धनमा समेत महत्वपूर्ण काम भएको बताए ।
बिबिटिटिएएम शैक्षिक कार्यक्रमका तर्फबाट बोल्दै अध्यापक बलबहादुर पाण्डेले नयाँ विषयमा विद्यार्थीको आकर्षणले उत्साहित बनाएको बताए । बुटवलमा सञ्चालनमा रहेको यो कार्यक्रमलाई बृहद रूपमा सञ्चालनका लागि विश्विद्यालयले अग्रसरता देखाएको उनले बताए । कार्यक्रममा तेस्रो समेष्टरकी विद्यार्थी चन्द्र थापाले बोल्दै बिबिटिटिएम विषय पढ्न पाएको खुसी प्रकट गरिन । त्यस्तै पहिलो सेमेष्टरका विद्यार्थीहरू बैकुण्ठ पाण्डे र प्रशान्त पौडेलले बौद्ध दर्शन र म्यानेजमेन्ट विषय साँच्चिकै उपयुक्त रहेको बताए । कार्यक्रम तेस्रो सेमेष्टरका विद्यार्थी अनन्त ज्ञवाली, माइकल कार्की र मनिसा पोखरेल लगायतले बोलेका थिए । à