© २०२३
तिलोत्तमा नगरपालीका वडा नम्बर १ मा रहेको शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीले कृषि क्षेत्रको बिकास प्रदेश सरकारको प्राथमिकतामा रहेको र यसको आधुनिकीकरणमार्फत कृषिमा आत्मनिर्भर हुने प्रदेशको लक्ष्य रहेको बताएका थिए ।
उनले किसानहरूले परम्परागत कृषि प्रणालीलाई छोडी ब्यावसायिक र गुणस्तरीय उत्पादनमा लाग्न आग्रह गर्दै त्यसका लागि सरकारले आवश्यक ब्यवस्था गर्ने बताए । मन्त्री गिरीले युवा शक्तिलाई बिदेश होइन, स्वदेशमा कृषि कर्ममा लगाउने सरकारले नीति बनाइरहेको बताए । तिलोत्तमा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष तामनाथ पाण्डेले परम्परागत कृषि प्रणाली नेपाली किसानहरूको प्रमुख समस्याको रूपमा रहेको बताउँदै यसलाई तोड्न सक्दा मात्र यसबाट आशातित आम्दानी लिन सकिने बताए ।
संस्थाका अध्यक्ष क्या. प्रेमबहादुर भण्डारीका अनुसार साधारण सभाको अवसरमा उत्कृष्ट दुग्ध उत्पादक किसान र गुणस्तरीय दूध उत्पादन गर्ने किसानहरूलाई नगद सहित सम्मान तथा पुरस्कृत गरिएको थियो । दुग्ध उत्पादक सहकारी संस्थाले सहकारी मार्फत दाना उत्पादनका साथै बजारीकरण समेत गरिरहेको छ । संस्थाले पुनः क्या. प्रेमबहादुर भन्डारी अध्यक्ष रहेको एघार सदस्यीय नेतृत्व चयन गरेको छ । à