© २०२३
नयाँ शक्ति नेपालको आंगिक संगठन दलित शक्ति नेपालको दोस्रो बिस्तारित बैठकले चैतमा बुटवलमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले चैत २४ गतेदेखि २६ गते सम्म बुटवलमा सम्मेलन गर्ने निर्णय भएको शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शन्त बहादुर विश्वकर्माले जानकारी दिए । साथै बैठकले खिमबहादुर विकको अध्यक्षतामा १ सय १ सदस्यीय आयोजक समिति गठन गरिएको जानकारी दिइयो । फागुन महिना भित्र प्रदेश, जिल्ला नगर तथा वडाको भेला सम्पन्न गरी प्रत्येक जिल्लाले ५० जना सदस्य वनाउनु पर्ने निर्णय गरेको छ ।
दुई दिन सम्म बुटवलमा बसेको बैठकले ओम प्रकास विकको संयोजककत्वमा अन्तर्राष्ट्रिय विभाग र नरबहादुर दर्मामीको संयोजकत्वमा प्रवास कमिटि गठन गरेको बताईएको छ । बैठकले देश भरी महिला तथा दलित समूदायमा भएका हिंसाको भत्सर्ना गर्ने विभेद हिंसा र बलात्कार घटनाको न्यूनिकरण गर्न सरकारसंग माग गरेको छ ।
वर्तमान सरकारलाई ढोगी कम्युनिष्ट सरकारको शंज्ञा दिदै पश्चगामी कार्यको भण्डाफोर गर्दे अघि जाने निर्णय भएको प्रवक्ता विश्वकर्माले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीको नयाँ शक्ति नेपालको केन्द्रिय सदसय तथा दलित अल्पसंख्या विभाग प्रमुख कमला हेमचुरीले पार्टीलाई आत्मसाथ गरेको सिद्धान्तले मात्र दलित समुदायको हकअधिकार स्थापित हुने बताईन ।