© २०२३
नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज ) प्रदेश ५ ले पाल्पाको तिनाउ गाउँपालिका वडा न ४ मा रहेको सत्यवती तालमै पुगेर तालको अबलोकन तथा अन्तक्र्रिया गरेको छ ।
तालको बिकास र अहिलेसम्मको अबस्था र चुनौती, सम्भाबनाको बारेमा अन्तरक्रिया भएको हो । सत्यवती ताल संरक्षण तथा किकास समितिका अध्यक्ष सुनबिर गाहाले ताल र मन्दिरको बिकासका लागि गुरुयोजना बनाउने तयारी रहेको बताएका थिए । सत्यवतीमा मंसिर ५ देखि ७ गतेसम्म धार्मिक मेलाको अन्तिम तयारी भएको उनले बताए ।
ताल तथा मन्दिर परिसरमा यस बर्ष पनि कार्तिक पूर्णिमाको अवसरमा मेला लाग्नेछ । सत्यवती ताल संरक्षण तथा किास समितिका सचिब लाल बहादुर दर्लामीले तालकै कारण सो क्षेत्रको एकिकृत बिकास भैरहेको बताए ।
महासंघका प्रदेश अध्यक्ष कार्कीले प्रदेशभित्रका पर्यटकीय सम्भाबना खोज्नका लागि सत्यवती तालमा अन्तरक्रिया गरिएको बताए । महासंघका महासचिब कपिल ज्ञवाली का अनुसार नेफ्टोजका प्रदेश पदाधिकारी, सचिबालय सदस्यहरू, स्थानीय तथा तालमा पुगेका श्रद्धालुहरू सहभागिता रहेको थियो । à