ट्रेंडिंग:

>> दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन >> मेलामा पछ्यौरीदेखि चौका दाउ लगाउदै शान्तिश्री परियार >> रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए  >> छत्रेश्वरी गाउँपालिकाले एक करोडमा विद्यालय भवन निर्माण गर्दै >> पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग >> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ?

प्रचण्ड दक्षिणपन्थीका शरणमा : ओली

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

कालिकोट, २७ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेकाे आराेप लगाएका छन् । सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको उनकाे भनाइ छ । उनले संसद् विघटन सही नै भएको दाबी पनि गरेका छन् ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले उल्टै गठबन्धनले नै प्रतिगमन गरेको आरोप लगाए । ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्‍यो रे,’ ओलीले भने, ‘माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्‍यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’

‌‍ओलीले अर्काको देशको हतियार ल्याएर प्रचण्डले नेपाली जनताको घाँटी रेट्ने काम गरेको आराेपमसमेत लगाए । ‘मैले कहिलै प्रतिगमन गर्ने काम गरिनँ, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ ओलीले भने, ‘देउवाहरू प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् ।’

उनले  साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् ।

गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ रु एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ कुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन् ।’

तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने ओलीको दाबी छ । ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भने, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?