ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ?

१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

एमपक्स रोग भाईरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । यो रोग संक्रमित ब्यक्ति वा पशुसंग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको थुक, ¥याल, घाउ खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित भुइँ सतह र सामाग्रीहरूको संसर्गबाट यो रोग सर्दछ । विश्वका धेरैजसो मुलुकहरूमा यो रोग देखापरेकाले आम नागरिकमा सचेतना ल्याउने उद्देश्यले यो जानाकारीमूलक सूचनाको रूपमा प्रवाह गरिएको हो । एमपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेलापरिसकेका छन । यो रोग मानिसदेखि मानिसमा वा जनावरदेखि मानिसमा सर्ने गर्दछ । सन् १९८० मा बिफर उन्मूलन भएलगत्तै यो रोग नयाँ रोगको रूपमा देखापरेको थियो ।
यसअघि नेपालमा एकजना बिदेशबाट नेपाल आएकी ६० बर्षिया बिदेशी महिलामा नेपालमा पहिलोपटक एमपक्स पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको थियो भने यसपाली साउदी अरेबियाबाट फर्किएका तनहुँ जिल्लाका एक ३६ बर्षीय पुरुष खटिराको समस्या लिएर काठमाडौंको ग्रान्डी अस्पतालमा २०८१÷९÷४ गते उपचारको लागि आएको र सोही दिन अस्पतालले एमपक्ससंग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकोले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो । सोही दिन निजलाई आईसोलेशनमा राखी थप परिक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा मिति यही पुस ५ गते एमपक्स पुस्टी भएको थियो । यससंगै नेपालमा यो एमपक्स पुस्टी भएको दोस्रोपटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस ५ गते प्रेस विज्ञप्ति निकाली सबैलाई सचेत रहन आग्रह गरेको थियो । यदी सतर्कता नअपनाउने हो भने यसलेपनि महामारीको रूप लिन सक्ने हुनाले यस्तो खतरनाक रोगको बारेमा हामी सबै जनमानस सचेत र सजग हुनु अत्यन्तै आवश्यक देखिन्छ । एमपक्सको भाईरस मुख, नाक, आँखाबाट ब्यक्तिको शरिरमा प्रवेश गर्न सक्दछ । त्यसैगरी श्वास नली, शरीरमा काटिएको, टोकिएको वा फुटेको छाला, बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाईरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाईरस फैलिन सक्दछ ।
एमपक्स रोगका लक्षणहरू:
. ज्वरो आउनु
. सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु ।
. अनुहार हत्केला र पैतालामा डाबर देखापर्नु ।
. डाबर परिवर्तन भई फोका हुँदैं पाप्रा लागेर उप्किनु ।
. टाउको, ढाड र मांसपेशी दुख्नु ।
. शरीरका ग्रन्थीहरू बढ्नु ।
. लक्षण १४ देखि २८ दिनसम्म रहन सक्दछन र सामान्यतया आफै हराउँछन् ।
एमपक्स रोगका संभावित जटिलताहरू:
बालबालिका र प्रतिरोधात्मक क्षमता कमजोर भएका ब्यक्तिहरूलाई निम्न जटिलता देखिन सक्छन् ।
. आँखामा सङ्क्रमण र दृष्टि गुम्नु ।
. अन्य जिबाणुको सङ्क्रमण ।
. न्युमोनिया ।
. मस्तिष्क ज्वरो ।
.गर्भ खेर जानु र अन्त्यमा मृत्यु समेत हुन सक्दछ ।
.एमपक्स रोगका रोकथामका उपायहरू ः
. एमपक्सको शङ्का लागेका वा पुष्टि भएको ब्यक्तिसंग असुरक्षित सम्पर्कमा नजाने ।
. सङ्क्रमित ब्यक्तिलाई घरमा वा अस्पतालमा आईसोलेसनमा राख्ने ।
.सङ्क्रमित ब्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने ।
. नियमित रूपमा साबुन पानीले मिचिमिची हात धुने ।
. घाउसंग प्रत्यक्ष सम्पर्कमा रहिन्छ भने हातमा पन्जा लगाउने ।
. मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने ।
. सङ्क्रमित ब्यक्तिका लुगा, तौलिया, ओछ्रयान र भाँडाहरू तातो पानी र डिटर्जेन्टले धुने गर्नुपर्दछ ।
. सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थानको सङ्क्रमण गर्ने ।
. मासु तथा पशुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्दछ ।
. फोहोरको उचित तरिकाले ब्यवस्थापन गर्नुपर्दछ ।
यसरी यस्तो महामारीको रूप लिन सक्ने घातक डरलाग्दो रोग भएतापनि यसबाट बच्न र रोकथामको लागि हरेक ब्यक्ति स्वयं सचेत र आफ्नो ब्यवहारमा लागू हुने हरेक कार्यमा सहजता अपनाएमा माथि उल्लेख गरिएजस्तै एम्पक्स रोगबाट सजिलोसँग बच्न वा जोगिन सकिन्छ । यदि रोगलाई केही नमानी लापरबाही गरिएमा रोगले आक्रमण गर्नुको साथै ठूलो रूप लिन सक्दछ । त्यसैले स्वास्थ्यका हरेक सूचनालाई महत्वपूर्ण सूचना मानेर आफ्नो दैनिकी चलाउनुको साथसाथै रोगबाट जोगिनको लागि सूचनाका मापदण्डहरूलाई पालना गरेमा जस्तो किसिमको महामारी भएतापनि सजिलोसंग बच्न वा जोगिन सकिन्छ । सबै आम जनमानसले आफ्नो ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउन र स्वास्थ्यमा सवलता ल्याउन यी महत्वपूर्ण सूचनाहरूलाई आधार मानेर आफ्नो नियमित कार्यलाई अगाडि बढाउनु हरेक नागरिकको दायित्व पनि हो ।
ज्वरो आएको १ देखि ३ दिनभित्रमा अनुहार हत्केला र पैतलामा दाग वा डाबर देखिएमा पैसा नलाग्ने हटलाईन नं. १११५ मा फोन गरेर जानकारी लिनुहोस र सुरक्षित रहनुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?