ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो

१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

रौतहट १२ पुस ।

शिक्षक सरुवाको बहानामा विद्यार्थी उचालेर पालिका माथी आक्रमण गराउने प्रबृत्ति रौतहटमा बढ्दै गएको छ।आक्रमण गराउने योजनाकार माथी ठोस कार्वाही नहुँदा यस्तो प्रबृत्ति बढेको हो। केही समय भित्रै शिक्षक सरुवाको बिषय लिएर जिल्लामा ३ वटा नगरपालिका माथी भएको आक्रमणबाट १ करोड भन्दा बढीको सरकारी सम्पतिको नोक्सानी भएको छ। शिक्षक सरुवाकै बिषय लिएर बिहीवार रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्।

नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले  नगरपालिका भवनमा तोडफोड गरेका छन्। विद्यार्थीहरुले नगरपालिका अगाडी राखिएको मेयर चढ्ने गाडी संगै १ दर्जन बढी गाडीमा क्षती पुर्याएका छन्। नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशंकर झालाई माबी झाँझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै बिहीवार नगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू उग्र भएर ढुंगामुढा प्रहार सुरु गरेका थिए।  ढुंगामुढा बाट नगरपालिका भवनको अधिकांश झ्यालको सिसा फुटेका छन् भने दुईवटा गाडी र दर्जनौं मोटरसाईकलमा क्षति पुगेको छ।

कार्यालय अगाडि पार्किंग गरी राखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा  क्षति पुगेको छ। सरकारी गाडीको सबै सिसा फुटेको छ भने  गाडीको अन्य भागमा समेत क्षति पुगेको छ। त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरुको १ दर्जन बढी मोटरसाईकलमा विद्यार्थीहरूले तोडफोड गरी व्यापक क्षति पुर्याएका छन्।  ढुंगा प्रहारबाट एकजना नगर प्रहरी  हवल्दार रामनारायण साह घाईते भएको र हाल उनको वीरगन्जमा उपचार भइरहेको जनाईएको छ।

ढुंगामुढाबाट कार्यालय र सवारी साधन गरी १० लाख भन्दा बढीको क्षती भएको गरुडाका मेयर कन्थमणि प्रसाद जयसवालले बताएका छन्। नमुना माबी गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल र सरुवा भएका शिक्षक शिवशंकर झाले विद्यार्थीलाई उचालेर यत्रो ठूलो क्षती गराएको मेयर जयसवालले आरोप लगाएका छन्  । प्रधानाध्यापक पटेल र क्षिक्षक झाले आरोप निराधार भएको भन्दै खण्डन गरेका छन्। रौतहटमा शिक्षकको सरुवा गर्दा  सरुवा भएको विद्यालयमा मा जानुको सट्टा शिक्षकहरुले विद्यार्थीलाई उचालेर पालिका माथि तोडफोड गराउने  प्रवृत्ति बढेको  छ।
शिक्षक सरुवा कै विषय  लिएर यस अघी रौतहटको देवाही गोनाहि, कटहरिया नगरपालिकामा पनि विद्यार्थीहरूले तोडफोड गरेका थिए।

विद्यार्थीको आक्रमण बाट देवाही गोनाही नगरपालिकामा ७० लाख भन्दा बढीको क्षती भएको मेयर प्रेमलाल साहले सार्वजनिक गरेका थिए। उक्त घटनामा संलग्न ९ जना माथी ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको थियो। त्यस अघि शिक्षक सरुवाकै बिषय लियर कटहरिया नगरपालिका माथी विधार्थी द्वारा भएको आक्रमण बाट ३० लाख भन्दा बढीको क्षती भएको तत्कालीन मेयर सियाराम कुशवाहाले सार्वजनिक गरेका थिए।

रौतहटका सिडियो हिरालाल रेग्मीले यस्तो घटना हुनु दुःखद भएको बताउँदै जनप्रतिनिधि, शिक्षक सबै बसेर असहमतिको बीच पनि सहमती गरेर आगाडी बढेमा त्यस्ता घटना पुनः न दोहोरिने सुझाव दिएका छन्। लोकतन्त्रमा सबैको अधिकारको सम्मान हुनुपर्छ तर सम्मानको नाउँमा षडयन्त्र गरेर पालिका माथी आक्रमण गराई सम्पतिको क्षती गराउने कुतत्व लाई कानूनी कारवाहीको दायरामा ल्याउने सिडियो रेग्मीले चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?