ट्रेंडिंग:

>> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ? >> कृषि एम्बुलेन्समा सिमेन्टको भारी >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ

स्वास्थ्यमाथि खेलवाड नगर

१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

पछिल्लोसमय सामाजिक सञ्जालमा शरीरको तौल घटाउने, मधुमेह शत प्रतिशत निको पार्ने तथा मुटु र मिर्गौला रोग ग्यारेन्टीका साथ सञ्चो गराउने नाममा अनेकौ खालका औषधीको प्रचार प्रसार भैरहेको छ । प्रमाणित नभएका त्यस्ता औषधीको विज्ञापन पनि ब्यापक हुने गरेको छ । त्यसले रोग नियन्त्रण गर्नुको साटो झनै बढाउने अनुगमनकै क्रममा देखिएको छ । त्यसैगरी खुल्ला हाटबजारमा पनि आयुर्वेदिक औषधीको नाममा प्रहरीका अधिकृतहरूसंग खिचेका तस्वीर राखेर उपभोक्तालाई विश्वासमा लिने दाउका साथ खुलारूपमा विक्री वितरण भैरहेको छ । ती औषधी पनि प्रमाणविनाको पुष्टी भैसकेको छ भने त्यसमा माटो समेत मिश्रण भएको देखिएको छ । औषधीजस्तो अति मानवीय संवेदनशीलताको बिषयमा लापरवाही हुनु हदैसम्मको गैरजिम्मेवारी हो । यस प्रकारका अवैध काममा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनैपर्दछ । मानिसको जीवनमाथि खेलवाड गर्नु कुनैपनि मानेमा सुहाउने बिषय होइन । त्यसैपनि अंग्रेजी औषधीमा समेत अहिले लापरवाही हुने गरेको सुन्नमा आएको छ । औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका केही औषधिको गुणस्तर निकै खस्किएको खुल्न आएको छ । एक त रोगका कारण बिरामीको अवस्था नाजुक भएको हुन्छ, त्यसमाथि उसले प्रयोग गर्ने औषधि नै गुणस्तरहीन भएपछि बिरामीको स्वास्थ्यमा कस्तो असर पर्ला ? रोग सञ्चो होला भनेर उपयोग गरिने औषधि नै मापदण्ड विपरीत भएको थाहा पाएपछि यस्ता औषधि सेवन गरिरहेका बिरामीमा त्रास उत्पन्न हुँदा स्वास्थ्यमा झनै जटिलता आउने कुरालाई पनि नकार्न सकिँदैन् । त्यसैले औषधिजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्नैपर्छ । औषधी व्यवस्था विभागले हालै गरेको अनुगमनका क्रममा दुई भारतीय र एक नेपाली कम्पनीका औषधि मापदण्ड विपरीत रहेको स्पष्ष्ट गरिसकेको छ । अन्य औषधिहरू पनि गुणस्तरहीन र मापदण्ड विपरीत हुन सक्ने कुरालाई मध्यनजर गरी सम्बन्धित निकायले बजार अनुगमनलाई अझै तीव्र बनाउनुपर्ने आवश्यकता छ ।
औषधी व्यवस्था विभागले मात्रै होइन, औषधी व्यवसायीले समेत विरामीको स्वास्थ्य सम्वेदनशीलतालाई ध्यानमा राखेर त्यस्ता नक्कली औषधीको अनुगमनमा ध्यान दिनैपर्दछ । अंग्रेजी औषधी समेत बजारमा नक्कली, म्याद सकिएको विक्री वितरण हुने गरेको अवस्था छ । त्यसमाथि आयुर्वेदिक औषधीको नाममा नक्कली र प्रमाणित विनाका औषधी समेत हाटबजारमा खुल्लारूपमा विक्री वितरण गर्ने गरिएको छ । त्यस्तो औषधी विक्री वितरण गर्नेहरूले आयुर्वेद सम्वन्धि कुनैपनि औपचारिक शिक्षा लिएको देखिदैन् । बजार अनुगमनका क्रममा संकलन गरिएका ती औषधिको नमुना परीक्षण गर्दा केही औषधिहरू न्यून गुणस्तरका पाइएको र ती औषधीले स्वास्थ्यमा असर पर्ने निश्चित छ । बजारमा भएका यस्ता औषधिको बिक्री रोकी फिर्ता गराएर मात्र हुँदैन, मापदण्ड विपरीतका गुणस्तरहीन औषधि उत्पादन गरी जनस्वास्थ्यमा खेलबाड गर्ने औषधि कम्पनीहरूलाई पनि कडाभन्दा कडा कारबाही गर्नु नितान्त जरुरी छ । यसतर्फ सम्वन्धित निकायको चाँडोभन्दा चाँडो ध्यान जानु जरुरी छ । औषधी विरामीका लागि जीवन हो । त्यही औषधीले मानिसको ज्यान लिने अवस्था पुग्नुलाई स्वाभाविक मान्न सकिदैन् । सम्वन्धित निकायले ध्यान नदिने र अनुगमन नगर्ने हो भने कतिपय नेपालीले यस्तै औषधीका कारण ज्यानै गुमाउनुपर्ने अवस्था आउन सक्छ । तसर्थ नेपाल सरकारको आधिकारिक निकायले औषधीको बजार अनुगमन गर्नु जरुरी छ । कैयौं बर्षदेखि औषधीमा खेलवाड भैरहेको कुरा बाहिर आईरहेको थियो । अहिले जुन कुरा बाहिर आएको छ त्यसले सवैलाई गंभीर बनाएको छ । अर्कोतर्फ खुलारूपमा विक्री वितरण हुने औषधीको समेत विक्रीमा रोक लगाउनेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । मानवको जीवनसंग खेलवाड गर्ने छुट कोही कसैलाई पनि दिनु हुँदैन । यस बिषयमा गंभीर ध्यानाकर्षण होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?