© २०२३
बर्दघाट, १२ पुष । देशका विभिन्न पालिकाहरुमा मेलामहोत्सव शुरु भएको छ । स्वदेशी बस्तु तथा सेवाको प्रदर्शन गर्ने थलोका रुपमा महोत्सव आयोजना हुने गर्दछन । चिसो मौसममा कलाकारहरुको प्रस्तुति र रमाईलो नाच गान, मिठा खानाका परिकार मुख्य आर्कषण मानिन्छ ।
यसैबिच बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा बर्दघाट स्थित हरियाली नगर बर्दघाट मण्डपमा आठौँ बर्दघाट महोत्सवको रमझम शुरु भएको छ । यही महोत्सवमा बर्दघाट नगरपालिका वडा नम्बर ४ हरियाली नगरका आमाहरु भने महोत्सवमा खाजा घर संचालन गरेर वृद्धवृद्धा मिलन केन्द्र निर्माण जुटेका छन ।
बटुक, सेलरोटी, पकौडा लगायत शाकाहारी खाजा उपलब्ध हुने गरि खाजा घर महोत्सवमा संचालन गरेको हरियाली नगर आमा समुहकी अध्यक्ष मन कुमारी गुरुङले बताईन । ‘मिलन केन्द्र स्थापनाको लागि सहयोग गर्न डोनेशन बक्स समेत राखिएको छ ।’–उनले भने ।
डोनेशन बक्समा जम्मा भएको सम्पूर्ण रकम र खाजाघर संचालन गर्दा खर्च कटाएर बचेको रकम मिलन केन्द्र स्थापनामा लगाउने अध्यक्ष गुरुङले बताइन् । हरियाली नगर स्थित पार्कमा मिलन केन्द्रको स्थापना गर्ने आफूहरुको उद्देश्य रहेको र भवन निर्माणको लागि स्थानिय सरकार नगरपालिका, वडा कार्यालय, टोलबासीसँग समेत सहयोग रकम जुटाउने आफूहरुको लक्ष्य रहेको उनले बताइन ।
हरियाली नगर आमा समुहले सँचालन गरेको खाजा घरमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिती रहने गरेको छ । सामाजिक कामको लागि सँचालन गरिएको खाजा घरमा खाजाको पैसा पनि तिर्ने र धेरथोर रकम सहयोग पेटिकामा समेत राखिदिने गरेको उनले बताइन् ।
संघले आमा समुहलाई निशुल्क स्टल उपलब्ध गराउँदै सामाजिक कामको लागि समेत उत्प्रेरित गरेको छ । ‘हामी ब्यवशायिक नभइ नितान्त सामाजिक कामको लागि खाजा घर सँचालन गरेको हुनाले राम्रो कामको लागि सबैको सकारात्मक र रचनात्मक सुझाव र सहयोग पाएका छौँ, यसले हामीलाई थप हौसला प्रदान गरेको छ’ –समुहकी सचिव सँगिता थापाले भनिन् ।
हरियाली नगर आमा समुह महोत्सवको सहयोगी संस्थाको रुपमा ब्यवस्थापनमा सहयोग गरेको उद्योग वाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष तारा प्रसाद गौतमले बताए । ’उहाँहरुले सामाजिक कामको लागि हामीलाई स्टल उपलब्ध गराइ दिन अनुरोध गरे अनुसार हामीले हाम्रो समेत सामाजिक उत्तरदायित्व ठानी उहाँहरुलाई निशुल्क स्टल उपलब्ध गराइ सहयोग गरेका छौँ ।’–उद्योग वाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष तारा प्रसाद गौतमले भने । पुण्य काममा अग्रसर हुनुभएको समुहलाई सम्भव भएसम्म आर्थिक रुपमा समेत सहयोग गर्ने उनले बताए । गौतमले ब्यवसायिक मात्र नभइ सामाजिक संघसंस्थासँग विभिन्न सहकार्य गर्दै मेला सँचालन गरिएको बताए ।
आमा समुहले मिलन केन्द्र स्थापनाको लागि गरेको प्रयासलाई मेला अवलोकन गर्न आउनेहरुले समेत निकै सकारात्मक रुपमा लिएका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी