© २०२३
काठमाडौँ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गरेकी छन्। उनले भारतीय मित्रराष्ट्रका प्रख्यात अर्थशास्त्री डा. सिंहको निधनको खबरले आफू अत्यन्त दुःखी भएको बताइन्।
“मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु,” पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्। उनले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादलाई सम्झँदै, डा. सिंहको योगदानलाई सम्मानित गरिन्।
“भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनु हुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा. सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ। स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु,” उनले भनिन्।
डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो।