© २०२३
दाङ,१२ पुस।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुवै प्रदेशको विकास र समृद्धिका लागि १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्। यस प्रतिबद्धता अन्तर्गत मूख्यत कानूनी एकरूपता, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोतको सदुपयोग, विपद् व्यवस्थापन, र क्षेत्रीय समन्वयलाई प्राथमिकता दिइएको छ।
दुवै मुख्यमन्त्रीले यो साझा प्रतिवद्धतालाई आगामी वार्षिक नीति, कार्यक्रम, र बजेटमा समेट्ने बताएका छन्। साथै, यी बुँदाहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता संयुक्त पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको छ।
साझा प्रतिबद्धताका केही मुख्य बुँदाहरूः
कानून निर्माणमा एकरूपता, कर प्रणाली समन्वय, र रोयल्टी बाँडफाँटमा सामञ्जस्यता।
प्रमुख सडक र हवाई पूर्वाधारहरूको विस्तार र विकास।। दुवै प्रदेशका पर्यटकीय गन्तव्यहरूलाई जोड्ने एकीकृत योजना। ऊर्जा तथा सिंचाइमा सहकार्य र समन्वय।व्यापार, कृषिजन्य उत्पादन, र बजार पहुँचका लागि सहयोग। सूचना प्रविधिमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास।
यो सहमति दुवै प्रदेशको समृद्धिका लागि मील का पत्थर बन्ने अपेक्षा गरिएको छ।