© २०२३
काठमाण्डौं।
भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा रहेको छ। दोस्रो दिनको खेल सकिँदा भारतले ५ विकेट गुमाएर १६४ रन बनाएको छ।
भारतका यशस्वी जयसवालले ८२ रन बनाए भने विराट कोहलीले ३६ र केएल राहुलले २४ रन बनाए। अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले २/२ विकेट लिए। भारत अझै ३१० रनले पछि छ र ‘फलो–अन’ बाट बच्न १११ रन चाहिन्छ।
यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ४७४ रन बनाएको थियो। अस्ट्रेलियाका स्टेभेन स्मिथले शतक बनाए भने साम कोन्स्टास, उस्मान ख्वाजा र मार्नुस लाबुशेनले अर्धशतक बनाए। भारतका जसप्रित बुमराहले ४ विकेट लिए।
बोर्डर–गाभस्कटर ट्रफी अन्तर्गत पाँच खेलको शृङ्खलामा १–१ को बराबरी छ।