© २०२३
कपिलवस्तु ११ पुस
लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले ग्रामिण महिलाको पहुँच स्थानिय तहमा बढदै गएको बताएका छन । केएन एचको सहयोगमा दलित सामाजिक बिकास केन्द्रले सञ्चालन गरेको महिला सशक्तिकरण तथा बालअधिकार संरक्षण परियोजनाको आयोजनामा तौलिहवामा आयोजित आत्मनिर्भर अबधारणा सिकाई कार्यक्रममा बोल्दै पाण्डेयले महिला सहभागीता बढ्न थालेको बताए । उनले दलित सामाजिक केन्द्रले महिला सशक्तीकरण तथा बाल अधिकारको क्षेत्रमा नमुना कार्य गरेको बताए । महिला लक्षित कार्यक्रममा बजेट बिनियोजनमा पालिकाले प्राथमिकता दिने यसोधरा गाउँपलिकाकी उपाध्यक्ष गुन्जादेबि मौर्याले बताईन । परियोजना यशोधरा गाउँपालिकाको ४ देखी ८ गरि ५ वटा वडामा सञ्चालनमा रहेको दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामशरन रैदासले जानकारी दिए । आत्मनिर्भर अबधारणा सिकार्य पद्धती देशभरमै पहिलो भएबको उनको दावी थियो । सो अवधारणाले समुदायका दिगो बिकास कार्यलाई प्रोत्साहन मिल्ने रैदासले दावी गरे । संस्थाका बरिष्ठ परियोजना अधिकृत गोबिन्द धवलले हाम्रो पहुँच परियोजना अन्र्तगत गठित समुहले ५० लाख बढि बचत संकलन गरेर समुहमा लगानी गरेको जानकारी दिए । महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण परियोजना सन्चालन भएपछि हाल सम्म ८ सय ८३ जना विभिन्न पेसा ब्यवसायमा जोडीन सफल भएको वरिष्ठ कार्यक्रम अधिकृत धवलले तथ्यांक प्रस्तुत गरें ।
कार्यक्रम अधिकृत बिन्दबासिनी हरिजन र हाम्रो शक्ति परियोजनाकी संयोजक धन कुमारी चौधरीले परियोजनाका उपलब्धीहरु प्रस्तुत गरेका थिए । सो अवसरमा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले संस्थाले महिलाको आर्थिक , सामाजिक र राजनैतिक सशक्तीकरणका लागि खेलेको भुमिका सर्हानिय रहेको औल्याईन । कार्यक्रममा यशोधरा गाउँपालिका वडा न १ का वडा अध्यक्ष अब्दुल कयुम, शिक्षक अमित कुमार पाण्डेय लगायतले महिला सशक्तिकरणका लागि परियोजनाले उदाहणीय कार्य गर्दै आएको बताएका थिए । सिकाई कार्यक्रममा जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्य , प्रमुख जिल्ला अधिकारि विश्व प्रकाश अर्याल , नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा उपाध्यक्ष खग प्रसाद चापागाई सहितको सहभागीता रहेको थियो । विभिन्न संघ संस्थाका पमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हाल सम्म गरेको गतिविधिको विषयमा भिडियो डकुमेन्ट्री , सडक नटक प्रदर्शन गरिएको थियो । यस्तै असल जोडी सम्मन, खाना बनाउने प्रतियोगिता मा उत्कृष्ट भएकोलाई पुरस्कार बितरण गरिएको थियो । संस्थाकी अध्यक्ष सुरजमती पासीले महिला सशक्तिकरण र आत्मनिर्भरताको बिषयलाई साझा मुद्दाको रुपमा स्थापित गर्नु पर्नेमा जोड दिईन ।