© २०२३
भैरहवा,२७ कात्तिक ।
पूर्व गृहमन्त्री तथा राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले भैरहवावासीले आफ्नै क्षेत्रको स्थायी बासिन्दालाई जिताउनुपर्ने बताएका छन् । उनले भने, ‘भैरहवामै जन्मिएको दीपक बोहरा, रैथाने नेता दीपक बोहरा, भैरहवाबासी सबैले दीपक दाइ भनेर बोलाउने मान्छेलाई जिताउने कि चुनावको बेला दलबलसहित भेट्न आउने, घर अन्तै, चुनावको लागि डेरा भैरहवा बनाएका नेतालाई जिताउने हो तपाईहरुको हातमा छ । ’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बैंककलोनीमा आयोजित कार्यक्रममा एमाले, राप्रपा र जसपाको तीनदलीय तालमेलबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका दीपक बोहराले भैरहवाको विकासको लागि आफूले ३० को दशकदेखि धेरै काम गरेको बताए । उनले भैरहवा आफ्नो परिचय भएको समेत बताए । उनले भने, ‘मैले जित्नु भनेको भैरहवाको जीत हो । किनकी म भैरहवाकै, तपाईहरुकै भाइ छोरा हो । ’
कार्यक्रममा एमाले नेता डा. रामप्रसाद बस्यालले तीनदलीय तालमेलका साझा उम्मेदवार बोहरालाई प्रतिनिधिसभा सदस्यमा तथा महेन्द्र यादवलाई प्रदेशसभा सदस्यमा जिताउन सबैको सक्रियता जरुरी रहेको बताए । सो अवसरमा प्रदेश सभाका उम्मेदवार महेन्द्र यादवले समग्र भैरहवाको समृद्धि र विकासको लागि पनि प्रतिनिधिसभामा हलो र प्रदेशमा छाता चुनाव चिन्हमा मतदान गर्नुपर्ने बताए । सोही कार्यक्रममा एमालेका अर्का नेता तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले आफ्नो पालामा सिद्धार्थनगरको दीर्घकालिन योजनासहित धेरै काम अगाडि बढाएको बताउँदै ती सबै काम पुरा गर्न पनि तीनदलीय साझा उम्मेदवारको जीत आवश्यक रहेको बताए । यसैबीच शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बसडिलवा, अन्नपूर्ण टोलस्थित हरिकिर्तन चोक, बसडिलियास्थित रहमान चोक र बैंककलोनीमा कोणसभा कार्यक्रम भएको थियो ।
((((
विकासको नमुना हेर्न अर्घाखाँची जाऔंः रायमाझी
बुटवल,२७ कात्तिक । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन गरेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । सरकार बाहिर रहेको नेकपा एमाले बलियो भएकै कारण सरकारमा भएका दलहरु गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आएको नेता रायमाझीले बताए ।