ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

रुपन्देही ५ : भरत शाह र बासुदेव घिमिरेको आआफ्नै दाबी

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

सैनामैना,२७ कात्तिक । रुपन्देही क्षेत्र नंं ५ का मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र नेकपा एमालेराप्रपा र जसपा तालमेलका उम्मेदवारले आफैले जित्ने दावी गरिरहेका छन् । सत्ता गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जीतलाई कसैले रोकेर रोक्न नसक्ने बताएका छन् ।
शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभै गठबन्धनका अरु उम्मेदवार पनि विजयी हुने ठोकुवा गरेका हुन ।
क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाको शान्तिबजार र गैडहवा गाउँपालिकाको साँडी लगायतका क्षेत्रमा शनिवार आयोजित चुनावी सभाहरुलाई सम्वोधन गर्दै कांग्रेसका उम्मेदवार शाहले मंसिर ४ गतेपछि बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले सुकुम्वासी समस्या समाधान गर्ने बताए ।
उनले यसअघि सुकुम्वासी समस्या समाधान गर्न आफूले पहल गर्ने बताउँदै आएपनि अव कांग्रेस नेतृत्वको सरकार बनेपछि सुकुम्वासी समस्या समाधानको पहल गर्ने होइन समाधान गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
यसैगरी स्थानीय मतदाताले पनि २०७४ सालमा भएको निर्वाचनवाट शाहलाई निर्वाचित गराएर पठाएपछि पाँच वर्षको अन्तरालमा रुपन्देही क्षेत्र नं. ५ मा विकासको मूल फुटेको र त्यसको श्रेय भरत शाहलाई नै जाने बताउँछन ।
स्थानीय जनताले समेत आफूहरुलाई विकास चाहिएको र कांग्रेसका नेता भरत शाहले विकास गरेकै कारण यो मंसिर ४ को चुनावमा कुनै दललाई नहेरी कांग्रेसको रुख चिन्हमा मतदान गर्ने वताएका छन ।
रुपन्देहीको पिछडिएको क्षेत्रका रुपमा रहेको सूर्यपुरा, हसनापुर, गजेडी, धुसुवा लगायत क्षेत्रका स्थानीय जनताले नेता शाहकै कारण आफूहरुको क्षेत्रमा सडक कालोपत्रे भएको, ग्रामिण सडक स्तरोन्नती भएको, गाउँमा सिंचाई, स्वास्थ्य चौकी निर्माण हुने क्रममा रहेको र विद्यालयको संख्या समेत बृद्धि भएको वताउँदै शाह विकासप्रेमी भएकोले यो वर्षको आफूहरुको मत नेपाली कांग्रेसलाई जाने प्रतिवद्धता व्यक्त गरेका छन ।
उता रुपन्देही क्षेत्र नं. ५ का चुनावी कार्यक्रममा समेत उम्मेदवार शाहले आफूले गरेको विकास देखेर नै जनताले आफूलाई मतदान गर्ने बताउँदै क्षेत्र नं. ५ का १ र २ बाट उम्मेदवार बन्नुभएका गठबन्धनबाट माओवादीका विनोद पहाडी र कांग्रेसका फकरुद्दीन खानलाई विजयी वनाउने दृढता व्यक्त गरेका थिए ।
शाहकै नेतृत्वमा कलौनीदेखि लुम्विनी जोडने सडक निर्माण सम्पन्न भएको थियो भने फायरलाईनदेखि रुद्रपुर हुँदै लुम्विनीसम्म तथा नेपाल भारत सिमा क्षेत्रसम्म सडक पिच गर्ने काम पनि शाहकै कार्यकालमा भएको हो ।
उता पञ्चायत कालदेखि नै कञ्चन बाँधको चर्चा भएपनि अहिलेसम्म कोही नेताले बनाउन नसकेको बाँध शाहकै कार्यकालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
कलौनीदेखि बयरकट्टी हुँदै दक्षिण जोड्ने सडक शाहकै संसदीय कार्यकालमा निर्माण सम्पन्न भएको थियो । उनले नेपाली कांग्रेसको नेतृत्वमा नै विकास हुने र आफूले जिते रुपन्देही ५ को विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । सार्वजनिक लेखा समितिका पूर्व सभापति, पूर्व सांसद तथा पूर्व अर्थ राज्यमन्त्री शाहले विकास निर्माणको काम सम्पन्न भएका स्थानमा थप विकासका काम हुने र अधुरा कामहरु पूरा गर्नुपर्ने भएकाले आफुले ती अधुरा काम पूरा गर्न उम्मेद्वारी दिएको बताए ।

‘विकासको सोचले मत पाउँछु’

रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधी सभा सदस्य उमेदबार बासुदेव घिमिले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि १८ वटा प्रतिद्धता बुँदा अगाडी बढाएका छन् । तिलोत्तमा नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गरेर चर्चामा आएका घिमिरेले रुपन्देहीको क्षेत्र नम्बर ५ को कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सास्कृतीक नगरपालिका क्षेत्रलाई समेटेर कृषि तथा पशुपालन क्षेत्रमा दशकै नमुना बनाउने योजना बनाएका हुन । घिमिरेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्र भित्र रहेका खेतीयोग्य जमिनलाई सिंचाईका लागि ईंगुरिया, बनरहवा, पहिला खोला, तेलहरा,कोठी र कञ्चन, दानव नदी र विभिन्न तालबाट लिफ्टको व्यवस्था मिलाएर सिंचाईंको व्यवस्थापन गर्ने योजना बनाएका छन् ।
घिमिरेका अनुसार चालु अवस्थामा नभएका डीप ट्युबेललाई सञ्चालन गर्ने, व्यवसायीक कृषि तथा पशुपालनलाई प्रोत्साहित गरिने छ भने कृषि वाली, पशु विमालाई अनिवार्य गर्ने गरी योजना अगाडी बढाएका हुन ।
आवश्यकता र जनताको माग अनुसारको कृषि पकेट निर्माण गर्ने, कृषिलाई व्यवस्थित गर्न, सहुलियत दिन विभिन्न क्षेत्रमा किसान कार्डको योजना समेत उनले अगाडी बढाएका हुन । निर्वाह मुखि कृषिलाई व्यवसायीकीकरण गर्दै समुहिक तथा सहकारी कृषि,पशुपालन कार्यमा लाग्ने कृषकहरुलाई प्रोत्साहन गर्नका लागि अनुदानको व्यवस्थापन गर्ने समेत उनको योजना रहेको छ । प्रतिनिधी सभा सदस्य उमेद्बार घिमिरे भन्छन्–‘पशुपालक कृषकको लगानी सुरक्षित गर्न पशु विमा कार्यक्रम, आधारभुत निःशुल्क भेटेनरी सेवा उपलब्ध गराउने समेत हाम्रो योजना रहेको छ । ’
साथै किसानको लागि समयमा नै मलको व्यवस्थापन गर्र्नको लागि पुर्व तयारी गर्ने, कञ्चन बाधलाई पुन निर्माण सहित पालिकाका किसानको हितमा हुने गरी व्यवस्थित गर्ने, रसायनीक मलको सट्टामा जैविक मल उत्पादन र प्रयोगमा जोड दिने कार्यक्रम समेत रहेको छ ।
यस्तै जग्गाको दीर्घकालिन विकासका लागि गुरुयोजना बनाएर लागू गर्ने वन क्षेत्र, सहरी क्षेत्र, कृषि क्षेत्र, औद्योगीक क्षेत्रको विभाजन गरी सोही अनुसारको विकास गर्ने योजान समेत उनले अगाडी बाढाएका छन् । यस्तै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का नदी तथा खेलाहरुबाट हुने भूक्षय नियन्त्रणका लागि तटबन्ध सहितको आवश्यक पुर्वधार निर्माण, वन चुरे पहडा, ताल तैलाय लगायतको प्रकृतिका सम्पादको संरक्षणविविध कार्यक्रम सञ्चालन गर्ने र कोठी खोला, कञ्चन खोला दानव खोला लगायतका नदिमा जलाधारको संरक्षणको लागि समेत विशेष कार्यक्रम सञ्चालन गर्ने योजना उनले बनाएका हुन ।
यो निर्वाचन क्षेत्र अन्र्तगत प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमदवार बासुदेव घिमिरे, प्रदेश सभा निर्वाचन क्षेत्र ५(क)मा भुमिश्वर ढकाल, ५(ख)मा रामचन्द्र यादव चुनावी मैदानमा रहेका छन् ।
ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?