ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

अर्थतन्त्र सुधारतर्फ सरकारको पहल

२ भाद्र २०८१, आइतबार
२ भाद्र २०८१, आइतबार

अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय गरेर कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई प्राण सिञ्चन गराउने प्रयास गर्नुभएको छ । सरकार गठनको एक सय दिनभित्र सम्पादन गर्ने कार्यहरूको कार्ययोजना अन्तर्गत मन्त्रालयले आर्थिक सुधारका क्षेत्रको पहिचान गरी अर्थतन्त्र सुधारका लागि नीतिगत र कानुनी मार्ग पहिचान गर्न सरकारले यस्तो आयोग गठन गर्न लागेको छ । अर्थमन्त्री बिष्णु पौडेलले जुन पहल गर्नुभएको छ, त्यसले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख हुनेछ भन्ने आशा अनि विश्वास गरिएको छ । त्यसैगरि अर्थमन्त्रीकै पहलमा एकसय दिनभित्र मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी बनाउन सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि २०८१ तर्जुमा गरी कार्यान्वयन गर्ने भएको छ । अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रको कार्यभार सम्हाल्दै गर्दा निश्चितरूपमा धेरै चुनौतिको सामना गर्नुपर्नेछ । अर्थ मन्त्रालयले अहिले आर्थिक सुधारका कार्ययोजना समेत समावेश गरेर त्यसलाई लागू गर्ने प्रयास गरेको छ, जुन सकारात्मक छ । त्यसो त नेपालको मात्र होइन विश्व अर्थतन्त्र आज चरम् चुनौतीका बीच गुज्रिरहेको छ, जसको प्रभाव नेपाल र छिमेकी देशमा पनि परेको छ । अहिले आम नागरिकसमेत जीवन धान्ने र व्यवसाय चलाउन संघर्ष गरिरहेको अवस्था छ । व्यवसाय र दैनिकी चलाउन अब के गर्नुपर्ला ? चिन्ताका स्वर नेपालमा मात्र सीमित छैनन्, विश्वका करोडौँ व्यक्ति यस प्रकृतिको दबाबमा छन । विश्व अर्थतन्त्र मन्दीको चपेटाबाट अझै मुक्त हुन सकिरहेको छैन । विश्व अर्थशास्त्रीहरूले अझै केही बर्ष विश्व अर्थतन्त्र दवावमै रहने चेतावनी समेत दिएका छन । फलस्वरूप आर्थिक रूपमा सतर्क रहन, जथाभावी खर्च नगरी मितव्ययी बन्न, सुरक्षित रहन र केही सम्पत्ति तरल रूपमा राख्न सल्लाह दिइराखेका छन । यो आर्थिक मन्दीको मूख्य कारण कोभिड–१९ भएपनि पछिल्लोसमय विश्व जसरी युद्धतर्फ उत्प्रेरित भैरहेको छ, त्यसले समस्या सिर्जना गरिरहेको छ ।
मुलुकको अर्थतन्त्रमा देखिएको चुनौतिको बाछिटा बीच अर्थमन्त्री बिष्णु पौडेलले मुलुकको आर्थिक नेतृत्व गर्नुभएको छ । निश्चितरूपमा अर्थमन्त्री पोडेलका सामु चुनौतिका पहाड छन र अवसर पनि छनु । मुलुकको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन सकेमा मुलुकको सफल अर्थमन्त्रीको रूपमा इतिहासमै नाम लेखाउने अवसर पौडेललाई प्राप्त हुनेछ । तसर्थ अहिले पौडेलका सामु चुनौति र अवसर दुवैछन् । यद्यपि विश्व अर्थतन्त्रमा मन्दी आइरहन्छन् । पटकपटक आईरहने मन्दी कुनै अस्थायी र सानो आकारका हुन्छन्, कुनै ठूलो आकारका र अर्थतन्त्रमा बृहत् प्रभाव पार्ने खालका हुन्छन् । मन्दीको स्वरूप उच्च हुँदै गएको अवस्थालाई आर्थिक संकटका रूपमा बुझ्नुपर्ने हुन्छ । विश्व इतिहासमा आर्थिक मन्दी धेरैपटक आएका छन । नेपालले पनि धेरैपटक आर्थिक मन्दीको सामना गरेको छ । मुलुकको अर्थतन्त्र इतिहासकै ऋणात्मक विन्दुमा पुगेको धेरै भएको छैन । तसर्थ अव सरकारले जसरी अर्थतन्त्र सुधारको योजना ल्याएको छ, त्यसमा सरकार अझै खरोरूपमा उत्रिनु जरूरी छ । चालू आर्थिक वर्षको आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा माथि पु¥याउन सकेको अवस्थामा निश्चितरूपमा मुलुकले ठूलो राहतको महसुस गर्नेछ । त्यसका लागि अर्थमन्त्रीले निकै प्रयास गर्नु जरुरी छ । अहिले मौद्रिक नीति समेत नीजि क्षेत्रको लागि अनुकूल छ । बैंक तथा वित्तिय संस्था तरलताको समस्याबाट माथि उठ्दैछन् । तसर्थ अवको दिनमा अर्थ मन्त्रालयले सुरु गर्ने आर्थिक सुधारको योजना सहीरूपमा कार्यान्वयन गर्नेतर्फ अघि बढ्नु जरूरी छ । सरकारले अव छिटै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरोस् । आयोगले दिने सुझाव कार्यान्वयन गरेर अर्थतन्त्र सुधारमा सरकारको ध्यान जानुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?