ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

खेतीबारीमा फर्केका पूर्व सांसद

कोरोनाको समयमा खरबारीमा रोपेको करिब ५ सय टिमुरको बिरुवाले अहिले फल दिन सुरु गरेको छ । पूर्व सांसद लेखनाथ आचार्यले खरवारीमा टिमुर मात्रै लगाएका छैनन । कागती, अमिलो, अम्वा लगायतका फलफूल समेत रोपेका छन । टिमुरले यसै वर्ष देखि उत्पादन दिन सुरु गरेको छ, फलफूल २ वर्षपछि फल्ने आशा गरेको छु आचार्यले भने ।
२४ श्रावण २०८१, बिहीबार
२४ श्रावण २०८१, बिहीबार

रोल्पा,२४ साउन ।
निर्वाचित भएर काठमाडौं छिरेका अधिकांश जनप्रतिनिधि गाउँ फर्केको रेकर्ड हुँदैन । नेतालाई जिताएर काठमाडौं पठाउनु भनेकै उतै बस्नलाई हो भन्ने भाष्य बनेको बेला रोल्पाका एक पूर्वसांसद भने रोल्पाकै गाउँघरमा रमाईरहेका छन् । उनी राजनीति भन्दा समाजसेवा र खेती किसानीलाई महत्व दिँदै नयाँ पुस्तालाई समेत श्रमप्रति सम्मान गर्न प्रोत्साहन गरिरहेका छन ।

उनी हुन लेखनाथ आचार्य । २०५६ सालमा रोल्पाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित आचार्य खेती किसानीको काम गरेर आफ्नै खेतबारीमा पसिना बगाई रहेका हुन्छन । प्रतिनिधि सभा प्राकृतिक श्रोत साधन समितिको सभापति समेत रही सकेका आचार्य प्रतिनिधि सभा सदस्यको पदावधि समाप्त भएसँगै रोल्पा फर्किए र जनताको सेवा गर्न थाले । उनी नागरिकता वनाउन गाउँबाट सदरमुकाम आएका जिल्लाबासीलाई नागरिकता बनाउन सहयोग गर्दै कहिले जिल्ला प्रशासन कार्यालयमा भेटिन्छन त कहिले जग्गा किनबेच गर्न मालपोत कार्यालय आएका जिल्ला बासीलाई सहयोग गर्न मालपोत कार्यालमा भेटिन्छन । नेपाली काँग्रेसको तर्फवाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपनि सांसद आचार्यले अहिले कसैलाई भेदभाव नगरेरै सेवा गर्दछन । काँग्रेस, कम्युनिष्ट वा अन्य दलको रूपमा कित्ताकाट गरेर गरिएको समाज सेवा पनि के समाज सेवा उनी भन्छन । जनताको सेवा गर्ने हो भने शुद्ध मनले गर्नु पर्छ पार्टी बनाउन वा भोट पाउने मनसायले गरिने सेवा समाज सेवा होईन त्यो त लुकेर गरिएको राजनीति मात्रै हो उनले भने ।

उमेरले झण्डै ७० वर्षको हाराहारीमा पुगेका आचार्य अचेल खेती किसानीलाई समेत सँगसँगै अघि बढाउन थालेका छन । कोरोनाको समयमा उनले आफ्नै खरबारीमा रोपेको करिब ५ सय टिमुरको बिरुवाले अहिले फल दिन सुरु गरेको छ । उनले खरबारीमा टिमुर मात्रै लगाएका छैनन । कागती, अमिलो, अम्वा लगायतका फलफूल समेत रोपेका छन । टिमुरले यसै वर्ष देखि उत्पादन दिन सुरु गरेको छ, फलफूल २ वर्ष पछि फल्ने आशा गरेको छु आचार्यले भने । आफूले रोपेको बिरुवा आफ्नै सन्तान जस्तै गरि स्याहारसुसार गरेको बताए । बिरुवामा मलजल गर्ने देखि झारपात हटाउने लगायतका काम गरेर मात्रै छिट्टै फल दिने अवस्थामा पुगेको उनको भनाइ छ । लामो खडेरी परेको बेला त बिरुवा मर्छन कि भनेर टाढाबाट पानी बोकेर सिंचाई गरे आचार्यले भने ।

सबै नेता, कार्यकर्ता आत्मनिर्भर भए राजनीति शुद्ध हुन्छ अनि भ्रष्टाचार पनि न्यूनीकरण हुन्छ पूर्व सांसद आचार्यले भने । राजनीतिलाई पेशा बनाउँदा भ्रष्टाचार बढ्यो आचार्यले भने । सबै नेता कार्यकर्ता आफूले जे काम गर्न सकिन्छ सोही काम गर्न सके समर्थक शुभचिन्तकहरूमा श्रम गरेर खानुपर्छ भन्ने मान्यता बन्छ आचार्यले भने ।

जग्गा बाँझो राखेर युवा जति अर्काको लागि खाडीमा पसिना बगाई रहेकोमा पूर्व सांसद आचार्यलाई गुनासो छ । हाम्रै खेतवारीमा सुन फलाउन सकिन्छ, तर अहिले सुन फल्ने ती जग्गा बाँझो भएका छन उनले भने । युवा शक्तिलाई स्वदेशमै काम गर्ने वातावरण वनाउन जरुरी छ आचार्यले भने । राज्यले आफ्नै खेतवारीमा श्रम गर्नेहरूलाई सम्मान गर्ने कार्यक्रम ल्याउनुपर्छ आचार्यले भने । वर्तमान निर्वाचन प्रणाली प्रति पनि आचार्यको गुनासो छ । २०५६ सालमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दा आफूले पैसा खर्च नगरेको स्मरण गर्दै अहिले सोही चुनाव जित्न करोडौ खर्च गर्नुपर्ने अवस्था आएको वताए । भएभरको पैसा खर्च गरेर चुनाव जित्ने र चुनावमा गरेको खर्च उठाउन भ्रष्टाचार गर्नु पर्ने अवस्थाले देश झनपछि झन भ्रष्टचारीको अखडा भएको आचार्यको भनाई छ । पैसा खर्च नगर्ने गरि चुनाव लड्ने प्रणालीको विकास गर्नु पर्ने आचार्यको भनाइ छ ।

नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भईसकेको वताउदै अव जनता आर्थिक क्रान्तिका लागी जुट्नु पर्ने पूर्व सांसद आचार्यको भनाई छ । २००७ साल, २०४६ साल र २०६२/०६३ सालमा जसरी राजनीतिक परिवर्तनको एकल मिसन सहित देश जुरुक्क उठेको थियो अब त्यस्तै गरि आर्थिक क्रान्तिको लागी देश उठ्नु पर्छ आचार्यले भने । जनताको अवस्थामा परिवर्तन आए मात्रै व्यवस्था परिवर्तनले सार्थकता पाउने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?