ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

केरा खेतीमा भविश्य खोज्दै सहकारी

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

दाङ,१२ चैत ।

लमही बजारदेखि दक्षिणतिर बाटो गयो भने देउपुर गाउँ आउँछ । त्यो गाँउको दोस्रो चोकबाट पूर्वतिर लाग्यो भने सानो राप्ती नदी आँउछ । त्यो सानो राप्तीमा पुल नभएकाले जुत्ता लगाएकाहरु हातमा जुत्ता समाएर खोला तर्नुपर्ने हुन्छ । वर्षातको समयमा त्यो पनि सम्भव छैन । खोला पार गर्दै गर्दा केराका बिरुवाले हरियो भएको ठूलो राप्ती नदीको बगर देखिन्छ । ठूलो राप्ती र सानो राप्तीको बिचमा रहेको लमही नगरपालिका –६ ढिकपुरमा २५ बिघा जमिनमा व्यावसायीक केरा खेती गरिएको छ । उद्यमशील बहुउद्धेश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केरा खेतीले बाँझो जमिन हराभरा भएको छ । सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार २७७ कित्ता बिभिन्न व्यक्तीका नामका गौचरनको रुपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी गर्ने काम गरियो । उनले भने,‘सहकारीले कार्यबिधि तयार गरेर चक्लाबन्दी जमिन तयार गर्ने र कृषिमा जोडिने नयाँ कार्याबिधि अनुसार केरा खेतीमा जोडिएको हो ।’ बाँझो जमिनलाई सदुपयोग गर्ने र व्यवसायमा जोडिने उद्धेश्यले जमिनको खोजी गर्नेकाम गर्दै जाँदा राप्तीको किनारमा गौचरनमा परिणत भएको काँडाको झाडिले भरिएको जमिन फेला परयो । जग्गाका मालिक खोज्ने र छलफल गर्ने काम भयो । जग्गाधनीले सहज वातावरण बनाएकाले जग्गा पाउन सजिलो भयो । अधिकारी संस्थाका सचिव भएपनि आफै खेतबारीमा खटिने गरेको उनले बताए । सबैको सहमतीमा चक्लाबन्दी गर्नेकाम भयो र पाँच वर्षका लागि भाडामा ल्याएको हो । पाँच पाँच वर्षको अबधिमा समय थप गर्दै लैजाने सहमती भएको छ ।

बलौटे माटो भएकाले यहाँ केरा खेती राम्रो हुने देखेर केरा खेतीमा सहकारीले लगानी गरेको अधिकारीले बताए । पश्चिम नेपालमा केराका बिरुवा उत्पादनको राम्रो संभावना देखेर मालभोग जातको केरा खेती गरेको उनले बताए । २०८० बैशाखमा चितवनको टाडी र हेटौडाबाट २० हजार बोट ल्याएर रोपेको हो । रोपेको एक वर्षमा केरा पसाउन सुरु गरेको छ । बिरुवा खरिद गर्दा ३७ लाख लगानी लागेको छ । केराका बिरुवा रेखदेख गर्नका लागि दैनिक पाँच जनालाई रोजगारी दिएका छौ, केराका बिरुवाले फल र बिरुवा दुबै उत्पादन गर्न सुरु गरेका छन् । दाङको हावापानीमा केरा उत्पादन राम्रो हुने गरेको उनले बताए ।
अन्य कृषि बाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गत वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएको अधिकारी बताउँछन् । एक पटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरु कृषि बाली जस्तो दुःख नहुने भएपछि सहकारीले केरा खेती गरेको उनले बताए ।

उद्यमशील बहुउद्धेश्य कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्माले व्यावसायिक केरा खेतीबाट आम्दानी पनि हुने बिक्रीका लागि समस्या नहुने बताइन् । स्थानीय खोलाबाट लिफ्टिङ र बोरिङबाट पानीको जोहो भएको छ । लमही विद्युत प्राधिकारणले भरखरै विद्युत विस्तार गरेकाले विद्युतको समस्या नभएको उनले बताइन् । केराका बिरुवा र फल उत्पादन भैरहेका छन् । बिक्री गर्नेकाम सुरु भैसकेको छैन । स्थानीय खोलामा पुलको व्यवस्था भएमा किसानलाई खेतसम्म पुग्न सजिलो हुने उनले बताइन् । लमही क्षेत्रमा छाडा चौपाया प्रसस्त भएकाले छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारले चासो दिनुपर्ने उनको भनाइ छ ।
केरा खेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएको र थोरै खेतीबाट पनि राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय जिल्लामा केरा खेती गर्ने किसान बढ्न थालेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार जिल्लामा ५ सय ३० हेक्टर जमिनमा व्यावसायिक केरा खेती हुने गरेको छ । जसबाट वार्षिक ४ सय ३४ मेट्रिक टन उत्पादन हुने गरेको बताए । दाङको हावापानीमा केरा उत्पादन राम्रो हुने भएकाले व्यावसायीक रुपमा खेती गर्नेको सख्या बढ्दै गएको उनले बताए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?