ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

बाँझो जग्गामा व्यवसायिक केरा खेती

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

गुल्मी, १६ चैत ।
गुल्मीमा वषौंदेखि बाँझिएको जग्गामा स्थानीयहरूले व्यावसायीक रूपमा केरा खेती गर्न शुरु गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –४ अन्र्तगत सेउघामा स्थानीय जातको केरा खेती गर्न थालिएको हो । सेउघाको थुक्का टोलका स्थानीयहरूले ३२ वर्षदेखि बाँझिएको जग्गामा पहिलो पटक केरा खेती गर्न शुरु गरिएको वडाध्यक्ष लिलाधर आचार्यले बताए । स्थानीय भगवती कृषि फर्मले २० रोपनी बाँझो जग्गा भाडामा लिएर आफूहरूले व्यवसायिक रूपमा केरा खेती गर्न शुरु गरिसकेको फर्मका सञ्चालक झबी पाण्डेले बताए । उक्त बाँझो जग्गामा पहिलो चरण तीन सय वटा केराका बोटहरू लगाइएको छ ।

त्यत्तिकै खेर गएको बाँझो जग्गामा पनि केरा खेती गरेर गाउँका अन्य कृषकलाई पनि कृषि पेसामा आकर्षण बढ्ने पाण्डेको योजना छ । उनले आगामी वर्ष स्थानीय जातको पाँच सय बोट केरा लगाउने योजना बनाएको बताए । स्थानीयहरू आफै सक्रीय बनेर बाँझो जग्गामा शुरु गरिएको केरा खेतीको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, वडाध्यक्ष लिलाधर आचार्य सहितको टोलीले अनुगमन गरी कृषकहरूलाई प्रोत्साहित समेत गरेको छ । अनुगमनको क्रममा नगरप्रमुख पन्थीले यसरी व्यवसायिक रूपमा काम गर्ने किसानहरूलाई नगरपालिकाले आगामी दिनमा थप प्रोत्साहन एवं सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

गुल्मीका बजारहरूमा स्थानीय जातको केराको माग धेरै हुने गर्दछ । स्थानीय जातको केरा खानका लागि गुलियो र स्वादिष्ट हुने भएका कारण स्थानीय बजारमा यो केराको मूल्य पनि राम्रो गर्दछ । पछिल्लो समयमा गाउँघरमा बढ्दो बसाइँसराइँका कारण जग्गा जमिन बाँझिने क्रममा पनि उत्तिकै रहेकोे छ ।गुल्मी जिल्लामा तराईबाट वर्षेनी करोडौं मुल्यको केरा भित्रिने गरेको छ । जिल्लामा स्थानीय जातको केराको माग बढे पनि उत्पादन भने अत्यन्तै न्यून रहेको छ । पाण्डेले गत पाँच वर्षदेखि भगवती कृषि फर्म दर्ता गरेर व्यावसायीक रूपमा तरकारी खेती समेत गर्दै आइरहेका छन् । सदरमुकाम तम्घासमा खाद्यान्न व्यवसाय गर्दै आएका पाण्डेले बचेको समयलाई सदुपयोग गरेर आफनै गाउँमा कृषि कर्म गर्दै आएका हुन् ।गाउँका युवा तथा अन्य कृषकहरूलाई कृषि पेसामा टिकाई राख्नको लागि आफुले अगुवा कृषकको रूपमा कृषि कर्म गर्दै आएको पाण्डेले बताए । उनले सञ्चालन गरेको कृषि फर्ममा स्थानीयहरूले रोजगारी समेत पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?