ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कृषकको आम्दानी बढाउन बाख्रापालन

५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार

गुल्मी, ४ साउन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले बालीबस्तु विशेष सघन ब्यवसायिक उत्पादन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत जिल्लाको छत्रकोट गाउँपालिकामा बाख्रापालन कार्यक्रमलाई बिशेष प्राथमिकता दिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि ब्यवस्था मन्त्रालयबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मी मार्फत छत्रकोट गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । जिल्लामा पशुपालन ब्यवसाय तर्फ यसको प्रवद्र्धन र ब्यवसायिक उत्पादन गरि कृषकहरूको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले बताए । सोही कार्यक्रम अन्तर्गत जिल्लाको छत्रकोट गाउँपालिका ५ बरडाँडामा बाख्रा पालन कार्यक्रम लागू गरिएको हो । उक्त कार्यक्रमको लागि २५ लाख रूपैंया बजेट बिनियोजन गरि कृषकहरूलाई बाख्रा पालनको लागि खोर निर्माणदेखि बीउ बाख्रा समेत उपलब्ध गराईएको छ । छत्रकोट गाउँपालिका–५ बरडाँडा स्थित लाखुरी रुख पशुपंक्षी पालन समुह मार्फत बाख्रा पालन कार्यक्रम शुरु गरिएको हो ।

कार्यालयले भौतिक पूर्वाधार र मेसिनरी औजार खरिदमा ७५ प्रतिशत अनुदान सहयोग गरेको जनाएको छ । कार्यक्रममा नश्ल सुधार, पोषण आहार, क्षमता बिकास र पशु स्वास्थ्य उपचार लगायतको कामका लागि सतप्रतिशत अनुदान सहयोग गरिएको विज्ञ केन्द्रका प्रमुख पाण्डेयले जानकारी गराए ।

समूह मार्फत २४ वटा नयाँ बाख्राको खोर निर्माण, २ वटा प्रजननको लागि उन्नत बोका खरिद, ६ वटा च्यापकटर खरिद तथा ढुवानी, ६ वटा कम्बाइन मिल खरिद तथा ढुवानी, घाँसको बिउ तथा चार हजार सेट बेर्ना समेत खरिद गरिएको छ । त्यसैगरी औषधि खरिद तथा बाख्रापालन सम्बन्धी कृषकहरूलाई एक दिने तालिम उपलब्ध गराईएको छ । उक्त समूहमा हाल तीन सय ६० वटा बाख्रा रहेका छन । कार्यक्रमबाट बरडाँडामा ४० घर परिवार लाभान्वित भएका छन् । समूह मार्फत बार्षिक रूपमा कम्तिमा पनि एक सय खसीबोका बिक्री गरी कृषकहरूको आम्दानी बढाउने लक्ष्य राखिएको केन्द्रले जनाएको छ । कार्यक्रमले समूहमा आवद्ध किसानहरू खुसी भएका छन् । कृषकहरूले आगामी दिनमा थप कार्यक्रमको माग गर्दै विद्युतको समस्याका कारण चाँपकटर मेसिन चलाउन समस्या परेको लाखुरी रुख पशुपंक्षी पालन समूहकी उपाध्यक्ष शान्ता बुचाले बताईन ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्री र छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले कृषकको विद्युत समस्या तत्काल सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै पशुपालनलाई व्यवसायिक रूपमा अघि बढाउँदै लैजानु पर्नेमा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?