ट्रेंडिंग:

>> गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी >> पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्वः राष्ट्रपति पौडेल >> सिचाई पुर्यान निर्माणको काम तीव्रता >> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ

शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’

गड्यौला मल उत्पादन गर्ने विद्यार्थीलाई विद्यालयले निःशुल्क भर्मी कम्पोष्ट सेट, प्राविधिक तालिम दिने छ । विद्यार्थीको लागि मल उत्पादन गर्न दिएको गड्यौला पैचोको रूपमा ३ महिना पछि फिर्ता गर्नुपर्ने हुन्छ ।
४ श्रावण २०८१, शुक्रबार
४ श्रावण २०८१, शुक्रबार

बुटवल, ३ साउन ।
विद्यार्थीलाई पछि फिर्ता गर्ने गरी गड्यौैला पैँचो दिने कार्यक्रम । जो कोहीलाई पहिलो पटक झट्ट सुन्दा अचम्म लाग्न छ । तर रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेको शान्ति नमुना माविले यो अभियान सुरुवात गर्न लागेको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूलाई समावेश गरेर सुरुवात गरिएको गड्यौला मल लाई अझ बिस्तार गरी पैंचोको रूपमा विद्यार्थीलाई घर–घरमा गड्यौला दिने गरी अभियान नै सुरुवात गर्न लागेको हो ।

घरमा गाईभैंसी पालेका किसान वा कुनै पनि विद्यार्थीले आफूले घरमा गड्यौला लगेर मल बनाएर बिक्री गर्न वा घरमा नै उपयोग गर्ने गरी योजना बनाएमा पहिलो चरणमा २५÷२५ जना विद्यार्थीहरूलाई यसरी गड्यौला दिने कार्यक्रमको सुरुवात गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानले जानकारी दिए ।
अहिले विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई गड्यौला मल उत्पादन सम्बन्धी सीप सिकाउने कार्यक्रम अन्तर्गत विद्यालयमा नै गड्यौलाको मलको सेड बनाएर उत्पादन सुरुवात गरिएको छ । जसको उत्पादन भएर अहिले बजारीकरण समेत हुँदै आएको छ ।

कक्षा ९ का विद्यार्थीहरूले यसमा प्रत्यक्ष रूपमा सहभागी हुँदै आएका छन् । अहिले विद्यालयमा ३ वटा सेडमा ६ सय स्क्वारफुटमा गड्यौला मल उत्पादन भैरहेको छ । विद्यालयमा ३ वटा सेड बाट प्रति सेड १० क्वीन्टल मल उत्पादन हुँदै आएको छ । विद्यालयले गड्यौला किन्ने, गड्यौलाको लागि आवश्यक गोबर मल किन्ने र व्यवस्थापनको लागि सेड समेत बनाइदिएको छ । जसमा विद्यार्थीहरूले बेला बेलामा पानी राख्ने, मल को मात्र मिलाउने, मल तयार भएपछि बोरामा जम्मा गर्ने लगायतका काममा सहभागी हुँदै आएका छन् ।

विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेका अनुसार व्यवहारिक सीप सिकाउनको लागि यो अभियानकै रूपमा सुरुवात गरिएको जानकारी दिए । उनले अगामी दिनमा कक्षा ११ मा अध्यन गर्ने जो कुनै विद्यार्थीले यदि घरमा नै गड्यौला पालेर मल उत्पादन गर्न सक्छु भनेर आउँछन्, तिनीहरूको लागि सेड निर्माण गर्ने सहित तालिम समेत दिने योजना बनाएका छन् । यसको साथै विहानको समयमा विद्यालयमा अध्यायन गर्न आउने विद्यार्थी दिनभर खाली समयमा पढ्दै कमाउँदै कार्यक्रमममा सहभागी हुने ईच्छा जाहेर गरेरमा विउ पूँजी समेत उपलब्ध गराउने योजना रहेको प्रअ लामिछानले जानकारी दिए ।

जसको लागि अमेरिकामा रहेका एक जना नेपालीले ८० हजार रूपैयाँ विद्यालयमा उपलब्ध गराएका छन् । जसबाट आएको रकम विद्यार्थीहरूको लागि लगानी गरिने र लगेको गड्यौला ३ महिनामा वा एक बर्षमा जहिले हुन्छ, जती अनुपातमा लगेको हो सोही अनुपातमा फिर्ता दिने गरी पैचो गड्यौला अभियानको सुरुवात गर्न लागिएको हो ।

फुर्सदको समयमा विद्यार्थीले आफूले सिक्दै कमाउँदै जाँदा यसबाट राम्रो आम्दानी समेत हुने अपेक्षा विद्यालयले गरेको छ ।
अहिले ४ देखि ५ हजारमा एक ट्रली मल गोबर मल किन्न पाईन्छ, सोही किनेको मल मा गड्यौला राखेर सेड बनाएर उत्पादन गर्ने हो भने ५ हजार लगानीले ३ महिनामा ३५ हजार भन्दा बढि आम्दानी गर्न सकिन्छ । विद्यार्थीले घरमा नै पढ्दै कमाउँदै काम गर्न वा विद्यालयमा नै यो कार्यक्रम गर्न चाहेमा आवश्यक जग्गा समेत विद्यालयले उपलब्ध गराउने समेत योजना बनाइएको छ ।

बीउ पूँजीको रूपमा एक जना विद्यार्थीको लागि १० हजार रूपैयाँ सम्म लगानी विद्यालयले गर्ने जनाइएको छ । जसबात विद्यार्थीले गड्यौला मल बिक्री गरेर उक्त रकम विना व्याज विद्यालयलाई उपलब्ध गराउनुपर्ने हुन्छ । अहिले विद्यालयमा उत्पादन भएको मल प्रति किलो ३० रूपैयाँमा विक्रि भैरहेको छ । एक पटक गड्यौला राखेको ३ महिनामा संख्या समेत दोब्बर हुन्छ ।

सामुदायिक विद्यालयमा सहयोग
नेपालभरको जुनसुकै सामुदायिक विद्यालयले गड्यौला लगेर मल उत्पादन गरेर बिक्री गर्न चाहेमा यसको लागि आवश्यक प्राविधिक तालिम गड्यौला निःशुल्क रूपमा उपलब्ध गराउने समेत योजना शान्ति माविले बनाएको छ । खासगरी नेपाल कृषिमा आधारित देश भएपनि आवश्यक माटो सुधारको लागि प्रांगारिक मल आवश्यक रहेकोले यो अभियानको रूपमा सुरुवात गर्न लागिएको हो । जसको लागि प्रदेश राजधानी रहेको दाङका केही विद्यालयहरूले यो विषयमा चासो देखाएर शान्ती माविमा केही दिन पहिला अध्यायनको लागि आएका थिए । शान्ती माविमा प्रअ लामिछानेले देशभरको सामुदायिक विद्यालय जो सुकै आएपनि आवश्यक प्राविधि सीप सहित निःशुल्क गड्यौला उपलब्ध गराउने योजना रहेको जानकारी दिए ।

अभिभावकको लागि पढाउँदै कमाउँदै कार्यक्रम
विद्यालयमा अहिले विशेष शिक्षा अन्र्तगत दृष्टिविहिन कक्षा, श्रवण दृष्टिविहिन कक्षा, अटिजम भएका बालबालिकाहरूको लागि कक्षा सञ्चालनमा रहेको छ । श्रवण दृष्टिविहिन र अटिजम भएका बालबालिको लागि अभिभाव समेत साथमा चाहिने भएको कारण अभिभावको दिनभर यत्तीकै खाली भएको अवस्थामा यदि अभिभावकहरूले समुह बनाएर दिनभर केही उद्यम, कृषि, पशुपालन वा अन्य उद्यमशिलताको काम गर्न चाहेमा पनि सोही अनुसार सहयोग गर्ने योजना विद्यालयको रहेको जानाइएको छ । यसको लागि प्रदेश सरकार वा स्थानीय निकाय वा संघीय सरकारले अभिभावहरूको लागि ‘पढाउँदै कमाउँदै’ कर्यक्रममा केही सहयोग गरेमा यो कार्यक्रम पनि सुरुवात गरिने विद्यालयका प्रअ लामिछानेको भनाई रहेको छ । यसको लागि विद्यालयको आवश्यक जग्गा माछा पोखरी, भैसी फार्म, कुखुरा फार्म खेत लगायतका स्थान अहिले भाडामा दिएको जानकारी दिँदै ति संरचनालाई प्रयोग गरेर अभिभावहरूको लागि पनि उद्यमशिलता प्रवद्र्धनको कार्यक्रम अगाडी बढाउन सकिने विद्यालयले जनाएको हो ।

विद्यलायले सिजन अनुसारको फलफुल, तरकारी उत्पादनको लागि समेत जोड दिँदै आएको छ । जसको लागि ५० वटा आपका विरुवा रोपेको छ भने २ कठ्ठा क्षेत्रफलमा व्यवसायीक रूपमा तरकारी समेत उत्पादन हुँदै आएको छ । जसमा विद्यार्थीहरूले आफैले काम गरेर व्यवहारिक सीप सिकाईको थलोको रूपमा विकास भएको हो । यसको अलवा साढे ४ विघा भन्दा बढि जग्गा कृषिजन्य प्रयोजनमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा रहेको छ । अहिले विद्यालयमा सिटीईभीटी तर्फ होटल म्यानेजमेन्ट डिप्लोमा तह र प्री डिप्लोमा तर्फ मेकानिकल ईन्जीनियरिङ्गको अध्यापन हुँदै आएको छ । साधारण तर्फ कक्षा ११, १२ मा कानून, व्यवस्थापन, विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 100% 0% 0%