© २०२३
बर्दिया, २४ चैत्र ।
बर्दियाको बबई सिँचाइ आयोजनाले चालु आर्थिक वर्षमा गुलरिया नगरपालिका क्षेत्रभित्र नहर निर्माणको काममा तीव्रता दिएको छ । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आव २०४५/४६ सालमा नहर निर्माण थालिएको थियो । गुलरिया नगरपालिकामा नहर निर्माण सम्पन्न भए बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिकामा गरी ३६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।
गुलरिया नगरपालिका क्षेत्रमा सुरु गरेको नहर निर्माणको काम अबको तीन वर्षमा सम्पन्न हुने बबई सिँचाइ आयोजनाले जनाएको छ । पश्चिम मूल नहरका लागि सबैभन्दा अन्तिम गुलरिया नगरपालिका रहेको र गुलरिया नगरपालिकामा पनि चार किलोमिटर मूल नहर र १०.७५ किलोमिटर शाखा नहरको काम भइरहेको छ भने बाँकी ९.४ किलोमिटर मूल नहरको कामका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । मूल नहर र शाखा नहर निर्माण भएपछि गुलरिया नगरपालिकाको छ हजार १५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी काम सुरु गरिएको बबई सिँचाइ आयोजना बर्दियाका आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताए ।
=उनले गुलरिया नगरपालिका क्षेत्रभित्रको शाखा र मूल नहर निर्माणको काम सम्पन्न भए आगामी तीन वर्षभित्र आयोजनाको लक्ष्य पूरा हुनेसमेत बताए । बर्सौंदेखि आकासे पानीको भर पर्दै आइरहेका गुलरियाका कृषकहरू बबई सिँचाइ आयोजनाको नहर निर्माण सुरु भएपछि खुसी देखिएका छन् । नहरको पानीले खेतबारी सिँचाइ गर्न पाउने हो भने कृषकको उत्पादनसमेत बढ्ने भएकाले निर्माण व्यवसायीलाई समयमा काम गरिदिन अग्राह गरिरहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।
नहर निर्माण भएपछि केही मात्रामा भए पनि राहत मिल्ने गुलरिया नगरपालिका–५ का कृषक रमेश वर्माले बताए । सम्झौता समयअघि नै काम सम्पन्न गर्ने गरी मूल नहर र शाखा नहरको काम भइरहेको निर्माण व्यवसायी विमल केसीले बताए । बबई सिँचाइ आयोजनाले अहिलेसम्म निर्माण सम्पन्न गरेको मूल नहर र शाखा नहरबाट २६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ भने गुलरिया नगरपालिकाको नहर निर्माण सम्पन्न भए आयोजनाले राखेको लक्ष्य अनुरूप ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी