© २०२३
बुटवल, १७ जेठ । संघीय सरकारबाट सञ्चालित नेपाल लाईभस्टक सेक्टर ईनोभषन आयोजना, आयोजना कार्यान्वयन एकाई बुटवलमा प्रदेशका ७ वटा जिल्लाका समूह, सहकारी र किसानले साढे ४५ करोड बढि अनुदान प्राप्त गरेका छन् । समूह, सहकारी र नीजि फार्म तर्फ छनौट भएका १ सय २५ वटा उप आयोजनाले अधिकतम १ करोड सम्म अनुदान पाएका हुन ।
नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना, आयोजना कार्यान्वयन एकाई बुटवलका निमित्त प्रमुख डा. शिवालाल भुषलाका अनुसार समूह सहकारीतर्फ प्रदेशका ७ जिल्लाका मूल्यशृङखलातर्फ ४०, दुध मुल्य श्रंखला तर्फ ६७, डेरी प्रसोधन तर्फ १८ वटा उप आयोजना कार्यान्वयन आएका हुन । ५४ वटा, नीजि फार्म तथा उद्योग तर्फ नवलपरासीमा ४, रूपन्देहीमा २६, कपिलवस्तुमा ११, बर्दियामा १५, अर्घाखाँचीमा ७, गुल्मीमा ४ र पाल्पामा ११ वटा उप आयोजना सम्पन्न भएका छन् । आयोजना यहि असार महिनामा समापन हुँदै छ । भुक्तानी रकमको आधारमा हाल सम्म ४५ करोड ७८ लाख ६२ हजार रूपैयाँ किसानले अनुदानको रूपमा प्राप्त गरेका हुन् ।
यसमा बैंक तथा वित्तीय संस्थाबाटकिसानले लिएको सहुलियत कर्जा ३० प्रतिशत र किसानले आफै लगानीग गरेको २० प्रतिशत गणना गरिएको छैन । आयोजनाले नेपालको खसी बोकाको मासु तथा मासुजन्य पदार्थको उत्पादन उत्पादकत्व बृद्धि गर्ने लक्ष्य लिएको थियो । सोही अनुसार उप आयोजना छनौट गरी कार्यान्वयन गरिएको जनाइएको छ । २०% कृषकको तर्फबाट लगानी, ३०% वित्तीय ऋण प्रवाह र बाँकी ५०% (अधिकतम एक करोडसम्म) आयोजनाको तर्फबाट पुरक अनुदानको रूपमा प्रदान गरिएको आयोजना कार्यान्वयन एकाई बुटवलका नि.प्रमुख डा. शिवलाल भुषालको भनाई छ ।
पहिलो पटक प्रतिस्पर्धात्मक पुरक अनुदानको लागि २०७७ जेष्ठमा सार्बजनिक सूचना प्रकाशन गरी समूह/सहकारीहरूलाई अबधारणा पत्र पेश गर्न आह्वान गरिएको पुनः २०७७ असारमा उत्पादक संस्थाबाट र तेश्रो पटक माघमा निजी फर्म, कम्पनीबाट पुरक अनुदानको लागि अवधारणा पत्र आह्वान गरिएको र समूह, सहकारी तर्फ ५० वटा सम्झौता मध्ये ४७ वटा भएको उनको भनाइ छ । समूह सहकारी मध्ये ६ प्रतिशत उप आयोजना रद्द समेत भएका छन् ।
निजी फर्म, कम्पनीतर्फ ११७ वटा उप आयोजना सम्झौता मध्ये ७८ वटा मात्र सम्पन्न । रद्द उप–आयोजनाको संख्या ३९ वटा रहेका छन् । जसमा ३१.२ प्रतिशत उप आयोजना रद्ध भएका हुन । यहि असार महिनादेखि सकिन लागेको परियोजानको अन्तीम समीक्षा गोष्ठी समेत गरिएको छ । बुधवार बुटवलमा आयोजना गरिएको समापन गोष्ठीमा बोल्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशलालयका निर्देशक डा.प्रवेशसिंह कुँवरले किसानहरूलाई खुला सिमाना वषौँदेखि चुनौतिका रूपमा रहेको बताए ।
आफ्नो कार्यक्षेत्र भित्र नपरेपनि प्रहरी प्रशासनसँगको समन्वयमा अबैध आयात रोक्न पहल गर्दैआएको बताउँदै सिमा नाकाहरूमा थप कडाई गर्न आबश्यक रहेकोमा जोड दिए । पछिल्लो समय प्रहरी प्रशासनको सक्रियताले भारतबाट हुने कर्षिजन्य बस्तु, तरकारी, दुध र मासुको आयातमा कमी आएको र जसले गर्दा यहाँका किसानहरूले राम्रो मुल्य पाएको बताए । बजारको माग अनुसारको कृर्षिजन्य बस्तु उत्पादन र बनारीकरण गर्न सकेमा मात्र किसानले फाइदा लिनसक्ने निर्देशक डा.कुँवरले बताए । यो आयोजना आगामी असारमा सकिएपनि प्रदेश सरकारमार्फत् किसानहरूलाई आबश्यक सहयोग र सहजिकरण गरीने उनले बताए ।
विकेन्द्रित आयोजना सहयोग इकाई,बुटवलका निमित्त आयोजना समन्वय प्रमुख डा.शिवलाल भुसालले कोभिड महामारीका बीचमा पनि आयोजनाले गरेको लगानीबाट धेरै फर्म, उद्योग र किसानहरूले पत्यक्ष फाइदा लिन सफल भएको उनको भनाइ थियो । किसान तथा फर्मले आफ्नो क्षमताअनुसारको लगानी गरी व्यवसाय फर्म सञ्चालन गर्न सकेमात्रै पलायन हुनुपर्ने अबस्था नआउने र सफल भइने उनले बताए ।
अनुदान लिने तर, काम पुरा नगर्ने प्रवृतीका कारण धेरै अनुदान खेर जाने अबस्था आउने भन्दै यस आयोजनामार्फत् काम गर्ने किसानलाइै मात्रै सहभागीता गराउने गरी आबश्यक अनुगमन र निरीक्षण भइरहेको उनले उनले बताए । यो आयोजना आगामी असार मसान्तमा सकिएपनि प्रदेश सरकारमार्फत् उपआयोजना निरन्तर सञ्चालन हुने डा. भुसालको भनाई थियो ।
यस आयोजनामार्फत् कृषि र पशुसँग सम्बन्धित परियोजना सञ्चालित रहेका छन् । किसानलाई आबश्यकताका आधारमा खनुदानमा उन्नत जातका बाख्रा, गाईभैसी खरिद, भकारो सुधार, नमुना खोर निर्माण, म्याट, बिभिन्न मेसिनरी सामान खरिद र तरकारी उत्पादन, दुध उत्पादन तथा बजारीकरणका काम भएका छन् ।
कार्यक्रममा आयोजना अन्तर्गत विभिन्न जिल्लाका अनुदानग्राहीहरूको सहभागतिा रहेको थियो । सोही अवसरमा बोल्दै कपिलस्तुका बाणगंगाका किसान शंकर पाण्डे, साना कृषि सहकारी संस्था देवदहका अध्यक्ष टिका न्यौपाने, लुम्बिनी दुग्ध उद्योगका सञ्चालक बिक्रम रिजाललगायतले बोल्दै आयोजनाको अनुदानले व्यवसायमा सफल हुन सफल भएको अनुभव सुनाए । धेरै किसानहरूले हचुवाको भरमा स्थानिय बजारको ख्याल नगरी अध्ययनबिना लगानी गर्दा नोक्सान बेहोरी पलायन भइरहेको अबस्थामा आयोजनाले धेरै सहयोग गरेको बताए ।
आयोजनाका पशु स्वाथ्य प्राविधिक ठाकुरप्रसाद खड्काले पशु खरिद तथा हेरचाह, खोर सुधार, दाना व्यवस्थापन, औषधिउपचारलगायतका विषयमा समूह सहकारी, फर्म र किसानलाई सजजीकरण गर्दै आएको बताए ।