ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

राजमार्गमै खरभुजा…

२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार

लमही,२२ बैशाख । पूर्व पश्चिम महेन्द्र राजमार्ग स्थिति देउखुरीका विभिन्न स्थानमा सडककै छेउमा निक्कै भिडभाड देखिन्छ । यो भिडभाड गाडी चड्ने र ओर्लनेको भने होइन । यो भिड सडकमै खरभूजा किन्नेको हो । लामो तथा छोटो दुरिका सवारीहरू सडकमै गाडी रोकाएर खरभूजा किन्नेको अत्याधिक भिड देखिन्छ । देउखुरीको राप्ती तटबन्धबाट नदी उकास बगरमा यहाका किसानहरूले खरभूजा खेती गर्ने गर्दछन । उनीहरूके आफैके उत्पादन गरेको खरभूजा आफै राजमार्गमा बेच्ने गरेको बताउँछन् । राप्ती नदीले खेतीयोग्य जमिनलाई बगर बनाएपछि प्रभावित क्षेत्रका किसान खरबुजा खेतीतर्फ लागेका छन् । बगरमा खरबुजा फलाउन थालेपछि किसानले राम्रो आम्दानी गर्दै आएका छन् ।

वर्षेनी बाढीले सयौं बिगहा जमिन बगर बनाउने गरेको छ । यद्यपि प्रत्येक बर्ष तटबन्ध गर्दा बगर हुनबाट जोगिएको जमिनमा किसानहरूले खरबुजा खेती गर्दै आएको किसान जोगमती चौधरीले बताइन् । राप्ती नदीले खेतलाई बगर बनाएको जमिनमा खरबुजा फलाएर आफैले राजमार्गमा बसेर बिक्री गरेको उनले बताइन् । धेरैजसो खरबुजा जिल्लाका शहर र जिल्ला बाहिर पनि बेच्ने गरेको किसान बताउँछन् । जाडो मौसममा खरबुजाको बेर्ना लगाएपनि चैत पछि गर्मी महिनाबाट खानयोग्य हुन्छ । खरबुजाको पहिलो सिजनमा प्रतिकिलो एक सय रूपैयाँमा समेत बेच्ने गरेको उनले बताइन् । ‘हिजोआज प्रतिकिलो ४० देखि ५० रूपैयाँमा बेच्ने गरेका चौधरीले बताइन् । उनी भन्छिन, ‘खरबुजा किन्न आउनेको सधैँ भिड लाग्ने गर्छ ।’ राजमार्गमा बिहानैदेखि लक्सरै खरबुजाका व्यापार हुन्छ । बगर भनेर पहिले बाँझो हुन्थ्यो । बर्सेनि खेरा गएको बगरलाई सदुपयोग गर्ने उद्देश्यले केही बर्ष अगाडी कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड लमहीके बगर क्षेत्रका किसानलाई सामुदायिक बगर खेतिको अबधारणा ल्याएको सहकारीका ब्यबस्थापक विश्व शर्माले बताए । अहिले किसानहरूले स्वस्फूर्त रूपमा खरभूजा खेती गर्दै आएको लमही ६ घुम्नाकी सिता चौधरीले भनिन्, ‘बगरमा खरबुजा राम्रो फल्दो रहेछ ।’ पछिल्लो पाँच वर्ष यता खरबुजा लगाउँदै आएको उनले बताइन् । करिब १० कट्ठा बगरमा खरबुजा खेती गरेको उनको भनाइ छ । उनीहरूले १२ किलोसम्म खरबुजा फलाउने गरेको उनले बताइन् ।

अत्यधिक गर्मी सिजन बढेसँगै खरबुजाको माग पनि बढ्दै गएको छ । दाङको देउखुरी क्षेत्रमा उत्पादन भएको खरबुजा अहिले बजारमा छ्यापछ्याप्ती छ । जसबाट उत्पादन र आम्दानी बढेको छ । गर्मी सिजनमा खरबुजा सबैको रोजाइमा परेको छ । देउखुरीका अधिकाम्स बगर क्षेत्रमा खरभूजा खेती हुने गर्दछ । अन्य खेतिका लागि बालुवामा प्राप्त सिंचाइ नभए पनि खरभुजा भने सजिलोसँग फलाउन सकिन किसानहरू बताउँछ ।बगरमा खुरबुजा लगाएपछि राम्रो आम्दानी भएको देउखुरी बनगाँउका महेश चौधरीले बताए । ‘नदीले खेतलाई बगर बनाएको छ, के लगाउन सकिन्छ भन्ने चिन्ता हुन्थ्यो’ उनले भने ‘पाँच वर्ष पहिले खरबुजाको बिउ ल्याएर परीक्षणको रूपमा लगाए, राम्रो उत्पादन भयो । माग पनि बढ्दै गयो ।’ त्यसयता १२ कट्ठामा खरबुजा लगाउँदै आएको उनले बताए । खरबुजा लगाएर बगरको सदुपयोग भएको र राम्रो आम्दानी भएको उनको भनाइ छ ।

लमही नगरपालिकाका बनगाँउ, सेम्रहवा, बलरामपुर गाउँमा खरबुजा खेती गर्ने गरेका छन् । पछिल्लो समय बगरमा खरबुजासँगै बेमौसमी तरकारी खेती पनि गर्न थालेका छन् । राप्ती नदीले कटान गरेको क्षेत्रमा गरिएको तटबन्धले गर्दा पनि किसानहरूलाई सहज भएको छ । बगर हुनबाट जोगिएको जमिनमा यहाँका किसानहरूले बेमौसमी तरकारी खेती गर्न थालेको छन् । बगरमा करेला, लौका, बोडि, भिण्डी लगायतका बेमौसमी तरकारी खेती गरेका छन् । गर्मी मौसम शुरु भइसकेसँगै खरबुजाको माग बढ्दै गएको छ । खरबुजा स्वादिष्ट र पानीले भरपूर भएकाले यसको सेवनले शरीरलाई गर्मीबाट जोगाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?