ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

मकै खेतीमा प्रविधि प्रयोग

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

गुल्मी, ८ चैत । जिल्लाको चन्द्रकोट गाउँपालिकामा मकै खेतीको लागि उन्नत प्रबिधिको प्रयोग गरी कृषकहरूलाई मकै खेती गर्ने तरिका सिकाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीले कृषकहरूलाई मेशिनबाट कसरी मकै लगाउने भनेर जानकारी दिनका लागि उन्नत प्रबिधिको प्रदर्शन गरेको हो ।

उन्नत प्रबिधि मार्फत लगाएको नेपाली मकैको बीउवाट पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने जानकारी गराउनका लागि परियोजनाद्वारा प्रबिधि प्रदर्शन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख गंगा कुमारी पोख्रेलले जानकारी दिएकी छन । परियोजनाले स्थानीय सुर्य किरण कृषि सहकारी संस्था मार्फत चन्द्रकोट गाउँपालिका ६ अन्तर्गत रहेको मजुवामा कृषकहरू माझ उन्नत प्रबिधिको प्रयोग गरि कमै लगाउने तरिकाको बारेमा जानकारी गराएको छ ।

कमैको हाईब्रिड वीउलाई कृषकहरू माझ प्रचार प्रसार गर्ने र मकैलाई मेशिनबाट लाइनमा लगाउँदा हुने फाईदाहरूको बारेमा प्रत्यक्ष रूपमा किसानहरूलाई स्थलगत रूपमै जानकारी गराउनका लागि यो प्रर्दशन किसानहरूका लागि थप मद्दत पुग्ने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युबराज खत्रीले बताए । पालिकाले पनि आउँदा दिनमा यस्ता उन्नत प्रकारका प्रबिधि भित्राएर तिनै प्रबिधि मार्फत कृषकहरूलाई खेती गर्न सिकाउने अध्यक्ष खत्रीले बताएका छन ।

स्थानीय सहकारी मार्फत जिल्लाको मुसिकोट नगरपालिका, सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा प्रति पाँच–पाँच रोपनी जग्गामा मकै जोन कार्यक्रम लागु गरिएको छ । जोन क्षेत्रमा परियोजनाले वीउ, मल र मेशिनरी प्रबिधिमा कृषकहरूलाई सहयोग गर्दै आएको छ । उन्नत प्रबिधिको प्रयोगबाट प्रति एक रोपनी जग्गामा तीन सय ५० किलो मकै फलाउन सक्ने अनुषन्धानले देखाएको छ ।

गुल्मीका कृषकहरूले मनकामना ३, मनकामना ६, रामपुर कम्पोजिट, अरूण २, देउती, रेसुङ्गा कम्पोजिट, गुल्मी २ का साथै ईण्डीयन हाईब्रिड मकै उत्पादन गर्दै आईरहेका छन । स्थानीय जातको तुलनामा गुल्मीमा ७० प्रतिशत किसानहरूले हाईब्रिड कमै उत्पादन गर्दै आईरहेका छन । जिल्लामा मकै प्रमुख वालीको रूपमा रहेको छ । यहाँ २२ हजार भन्दा बढी क्षेत्रफलमा मकै खेती हुने गर्दछ । विगत वर्षहरूको तुलनामा जिल्लामा मकैको उत्पादनमा कमी हुँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । यसरी उत्पादन घट्नुमा मानिसहरूको बढ्दो बसाईसराई र बादर, बनेल जस्ता जङ्गली जनावहरू मुख्य कारण रहेको भण्डारीको भनाई छ । यस आर्थिक वर्षमा जिल्लाका ६ वटा स्थानीय तहका २४ वडामा मकै जोन कार्यक्रम लागु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%