ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

गण्डकमा बगर खेतीलाई प्रोत्साहन

२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

नवलपरासी,२१ फागुन । जिल्लाको गण्डकी नदी किनारमा बगर खेतीतर्फ स्थानीय युवाहरू उत्साही देखिएका छन् । गाउँघर नजिकै रहेको बखरमा पनि खेती गर्न सकिन्छ भनेर जानकारी नपाएका स्थानीय सो बगरमा गत बर्ष भारतबाट आएका केही किसानले खरबुजा खेती गरेर लाखौ आम्दानी गरि फर्केपछि त्यसतर्फ अहिले आकर्षित भएका हुन् ।

गत आर्थिक बर्षमा बगरखेतीका लागि लुम्बिनी प्रदेश सरकारले पठाएको १० लाख अनुदान फ्रिज भएर गयो,अहिले सो अनुदान ५० प्रतिसत कटेर आउँदा बखरखेती गर्न किसान उत्साही देखिए । कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने बालुवाले भरिएको बगर पनि आम्दनीको स्रोत हुन सक्छ, भनेर अहिले पहिचान पाएको बताए । उनका अनुसार अहिले स्थानीय युवाहरू ५ विघा (१०० कट्ठा) मा खरबुजा खेती शुरु गरेका छन् । उनीहरूलाई प्रति कट्ठा ५ हजारका दरले अनुदान कार्यालयले उपलब्ध गराउने छ । घरमै खरबुजाको नर्सरी तयार गरि अहिले बगरमा रोप्ने कार्यमा लागेका छन् । बर्षाैंदेखि खेर गइरहेको बगरलाई आम्दानीको माध्यम बन्न सक्छ भन्ने कुरा केही भारतीय नागरिकले गत बर्ष सिकाई दिए, उनले भने, अहिले आफै त्यसतर्फ स्थानीय उत्साही भएर लागेका छन् ।

तर दुर्भाग्य गत बर्ष काम हुन नसक्दा आएको अनुदान पनि फ्रिज भयो,अहिले युवाहरू उत्साही देखिए,तर अनुदान कटेर आयो । यस बर्षको उपलब्धी हेरेर अगामी बर्षमा थप अनुदानका लागि पहल गरिने उनको भनाई थियो । अहिले पनि विदेशबाट फर्केका र विदेश जाने तयारीमा रहेका युवा लक्षित कृषि कार्यक्रम पनि सरकारले ल्याएको बताउदै ज्ञान केन्द्रका प्रमुख डा. चौबेले यसको जानकारी सबै पालिकालाई पनि गराइएको छ । त्यसलाई सम्बन्धित पालिकाले आफ्नो स्थानिय संरचना मार्फत युवाहरूलाई सहजीकरण गरि प्रोत्साहित गर्न समेत आग्रह गरेका थिए ।
गत नेपाली युवा रोजगारीको खोजी गर्दै विदेशिने गरे पनि नेपालकै बगरमा खेती गर्न भारत दिल्लीको परिवार गण्डकीको बगरमा खरबुजा खेती गर्न थालेका देख्न पाए, खेर गईरहेको बगर भित्र दिल्लीबाट आएका तिन परिवार बगरमै बसोबास गरि खरबुजा खेतीमा लागेको पत्रपत्रिकामा प्रकासित भए पछि सो बगर खेती तर्फ स्थानियको ध्यान गएको बताउदै केन्द्र प्रमुख डा.चौबेले भने, किसानलाई प्रत्यक्ष देखिने उदाहरण,प्रचार प्रसार र प्रोत्साहनको पनि आवश्यकता पर्छ । जुन आम सञ्चार माध्यमले गरिदियो भन्ने भौतारिने किसानको लागि प्रेरणा बन्न सक्छ । जुन गत बर्ष दिल्लीबाट आएर भारतिय नागरिकले बगरमा खरबुजा फलाएर देखाए,त्यो नेपाली किसानका लागि प्रेरणाको स्रोत बन्यो, यस्ता नमुना कार्यलाई सञ्चार माध्यमले देखाईदिन पनि आग्रह गरेका थिए ।

अहिले पनि समान्य लेखपढ गर्ने नेपाली युवा खाडी मुलुक रोज्ने र केही पढेलेखेका युवाहरू अध्ययन भिसा लिई पढने कमाउने उदेश्यले लिएर युके,युएसए,क्यानाडा र अष्ट्रेलिया जस्ता मुलुकको दौडमा छन् खाडीमा थोरै पैसो खर्चेर जाने युवा त कमाएर केही पठाउने गरेका छन,तर युके, युएसए, क्यानाडा र अष्ट्रेलिया जादा थुप्रै रकम खर्चेर जानेले कमाएको पैसो पनि पठाउँदैनन्, त्यही घरजम गरेर बस्दा नेपालको युवा मात्रै नभई पुँजि पनि पलायत हुने क्रम बढि छ । गाँउ समाजमा पनि छोरा विदेश गयो भनेर उत्साही हुने र सोचे अनुसारको काम नपाएर फर्कन परेमा दुःखी हुने अवस्था गाँउ गाँउमा देख्न सकिन्छ ।

स्थानिय युवालाई गाँउ ठाँउमै अवसरको जुटाईदिने,सिप सिकाई दिने,परिवारले पनि प्रोत्साहित गरिदिने अवस्थाको सृजना हुन सक्छ । आफ्नै गाँउपालिका भित्र बगरमा खेती गरेर लाखौ रुपिया कमाएर जाने गरेको देखिएको छ । गरे के छैन नेपालमा ? तर त्यो देखाई दिने एउटा पढे लेखेको बर्ग आफै ब्रेन ड्रेन भएर विकसित मुलकमा हिड्ने र त्यो भन्दा अलि कम पढेका युवा खाडी रोज्ने परम्परा जस्तै बनेको छ ।
गण्डकी नदीको कटान रोक्नका लागि बगर भरि परक्युपाईनले बार बनाइएको छ । तिनै परक्युपाईन भित्र बगर छ । कम्तीमा ति कुराको पनि अध्ययन गराएर पनि सरकारले स्थानिय युवाहरूलाई बगरखेती प्रति प्रोत्साहित गर्ने योजना ज्ञान केन्द्रको रहेको छ । खरबुजाको माग अहिले सबै होटेल,शहरबजार र ग्रामिण भेगमा पनि उत्तिकै रहेको छ । अन्य तरकारी भन्दा खरबुजाको मुल्य राम्रो छ । फल पाके पछि तुरन्तै बेच्नु पर्ने बाध्यता नभई केही दिनसम्म भण्डारण गर्न सक्ने क्षमता भएको पनि खरबुजा खेती हो । बलौटे जमिनमा हुने खरबुजाले राम्ररी आमदनी गर्न सकिन्छ । विदेश जादा लाग्ने खर्चले पनि बगरमा होस वा आफ्नै खेतबारीमा खरबुजा खेती गर्न सकिन्छ ।

जिल्लाको सुस्ता गाउपालिका र प्रतापपुर गाँउपालिकाका अधिकाँश भुभाग बगर जस्तै हो, वि ग्याप बाँध भित्रको बगरमो खरबुजा फलाउने अवस्था छ । नेपाली युवाहरू आफ्नै खेतीबारी बाँझो बनाएर,खेत बेचेर पैसो लिएर विदेशिने गरेका छन्् । स्थानिय सरकारको रूपमा रहेका गाउपालिका र नगरपालिकाका जनप्रतिनिधि पनि कम छैनन्, । नेपाली युवाहरूलाई काम दिनु भन्दा ति जनप्रतिनिधि आफ्नै यान्त्रिक ब्यवस्थापनमा लाग्ने र योजनाहरू कोटेसन, ठेक्का पार्ने र कमाउने धुनमा छन् । यान्त्रिकरणले एकातिर स्थानिय स्तरको रोजगारीमा नकारात्मक असर पारिरहेको छ, अर्को तिर यान्त्रिकरणमा खर्चिने रकम,उपकरण र इन्धन खरिद मार्फत ति पैसो विदेश नै जाने गरेको छ ।
आर्को तिर गाँउ ठाँउमा रोजगारीको अवसर नपाउने युवा आफ्नो पुख्र्यौली सम्पनि बेचविखन र बन्धकी राखेर विदेश जानु पर्ने बाध्यता सृजना भएको छ । नेपाल भित्रै अवसर छ भनेर देखाउने खालका युवा लक्षित कार्यक्रम स्थानिय तहबाट पनि बन्नु पर्छ । तर त्यस्ता योजना बन्न नसक्दा ९,१० कक्षा पढदा पढदै विद्यार्थीको उमेर १८ बर्ष कट्छ,पढाई पनि नसिध्याई विद्यालय छाडेर पासपोर्ट बनाउन तिर लाग्ने गरेको देखिएको छ । युवालाई योजना,परियोजनासँग जोड्ने,कमाउने पढने वातावरणको सृजना गर्नु पर्ने आवश्यकता समेत रहेको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%