ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

प्रदेशका दुई निर्देशनालयको क्षमता, कृषिको ५०, पशुपंक्षीको ४९ प्रतिशत

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

बुटवल, १० फागुन । लुम्बिनी प्रदेशका दुई वटा निर्देशनालय, मातहतका कार्यालयहरूले अर्धबर्षमा ५० प्रतिशत प्रगति हासिल गर्न सफल भएका छन् । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतका कृषि विकास निर्देशनालय र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले आफ्नो मातहतका कार्यलयहरू सहितको एक मुष्ट भारित प्रगति ५० प्रतिशत भन्दा बढि प्राप्त गर्न सफल भएका हुन । कृषि विकास निर्देशनालयको १८ वटा कार्यलयहरूको एक मुष्ट भारित प्रगति कुल ५०.२ रहेको छ भने अर्को निर्देशनालय पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको भने ४९ प्रतिशत रहेको पाइएको हो ।

अर्धबार्षिक तथा तेस्रो त्रैमासिक प्रगति समीक्षा अनुसार कृषि विकास निर्देशनालय आफ्नो भने ५८.२ प्रतिशत एकमुष्ट भारित प्रगति गरेको हो । निर्देशनालयको अनुसार सबैभन्दा बढि विउविजन प्रयोगशाला भैरहवाको ८५.९ प्रतिशत भारित प्रगति हासिल गर्न सफल भएको हो । उक्त कार्यालयले ६९.८ प्रतिशत खर्च अर्धबार्षिक तुलनामा र बार्षिक तुलनामा कुल ४२.३ गरि कुल ८५.९ प्रतिशत हासिल गर्न सफल भएको हो ।
१८ वटा मातहतका कार्यालयहरू रहेको कृषि विकास निर्देशनालयका मध्ये सबैभन्दा कमजोर एकिकृत कृषि तथा पशुंक्षि विकास कर्याालय बर्दीया रहेको छ । जसले बार्षिक तुलनामा १०.९ र अर्धबार्षिक तुलनामा १८ प्रतिशत गरी कुल ३०.४ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ ।

कृषि विकास निर्देशनालय अन्र्तगत प्रदेशमा ९ वटा कृषि ज्ञान केन्द्र र ३ वटा एकिकृत कृषि कार्यालय, कृषि विकास प्रर्वद्धन तथा सहयोग तालिम केन्द्र, बाली संरक्षण प्रयोगशाला, माटो परिक्षण प्रयोगशाला र विउ विजन प्रयोगशाला २ वटा रहेका छन् । पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय अन्र्तगतका कुल १९ वटा कार्यालयहरूको भारित प्रगतिश कुल ४९ प्रतिशत रहेको छ । जसमा वित्तीय २९.८३ प्रतिशत, रहेको हो । निर्देशनालयको आफ्नो कार्यालयको प्रतिगती वित्तीय २९.७९ प्रतिशत र खर्च ९६.१२ प्रतिशत अर्धबार्षिककमा रहेको छ । सो अवधीको ४१.०५ प्रतिशत भारित प्रगति हासिल गर्न सफल भएको निर्देशनालयका निमित्त प्रमुख डा. प्रवेशसिंह कुँवरले जानकारी दिए ।

आर्थिक २०८०/०८१ को अर्धबार्षिक अवधीमा कुखुरा विकास फार्मको भारित प्रगति सबैभन्दा बिढ देखिएको छ । उक्त कार्यालयको प्रगति कुल ८७.८१ प्रतिशत रहेको हो । सबैभन्दा कममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ रहेको छ जसले कुल भारित प्रगति २९.५१ र वित्तीय प्रगति २७.९ प्रतिशत गरेको छ । यो निर्देशनालय अन्र्तगत ९ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र, ३ वटा एकिकृत कार्यालय र पशु सेवा तालिम केन्द्र, कुखुरा विकास फार्म, मत्स्य विकास केन्द्र, पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला गरी कुल १७ वटा कार्यालय रहेका छन् ।

जनशक्ति अभाव

प्रदेशका कृषि विकास निर्देशनालय मातहतका १८ वटा कार्यालयहरूमा कुल २ सय ५८ जना दरबन्दी रहेकोमा ९० दरबन्दी खाली छ । जसमा हाल सम्म १ सय ६८ दरबन्दी मात्रै पदपूर्ति भएको छत । प्रदेशमा ति कार्यालयहरूमा करारका नायव प्राविधिक सहकाय १ सय ७१ जना, अन्य २३ गरी कुल १ सय ९४ दरबन्दी पदपुर्ती भएको छ । कृषि विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख राम प्रसाद पाण्डेले प्राविधिक जनशक्तिको अभावको कारण काम कारवाहीमा समस्या भएबो बताउँछन् । उनले प्रायाप्त मात्रामा दक्ष जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने बताउँछन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमा कुल २४ दरबन्दीमा १० रिक्त छ । भने मातहतका कार्यालयहरूमा कुल १ सय ७३ जना दरबन्दी रहेकोमा कुल ६२ दरबन्दी खाली छ । जसमा ११४ दरबन्दी मात्रै पदपुर्ती भएको हो । सबैभन्दा बढि भेटेरिनरी अस्पताल दाङमा १० जनाको दरबन्दी खाली छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%