© २०२३
काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले कुखुरा, हाँस, कालीज लगायतका पंक्षीको बीमाङ्क निर्धारणमा वैज्ञानिक विधि प्रयोगमा ल्याएको छ। यसअघि बीमाङ्क रकम निर्धारण गर्दा चल्लाको खरिद र उत्पादन लागतका आधारमा हुँदै आएकोमा अहिले यी दुबैको सम्मिश्रणबाट बीमांक रकम निर्धारण विधि प्राधिकरणले सार्वजनिक गरेको छ।
प्राधिकरणले पौष १६ गतेदेखि प्रचलनमा ल्याउने तयारी गरेको पंक्षी बीमामा प्राधिकरणले बीमाङ्क रकम निर्धारणका लागि शुत्र (फर्मुला) नै तय गरिदिएको छ। यसअघि २०७९ साउन १ गतेदेखि लागू गरिएको “कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा निर्देशिका २०७९” को प्रावधान अन्तर्गत कृषी प्राविधिकले दिएको प्रतिवेदनका आधारमा, बीमितले पेश गरेको बीजकको आधारमा वा बजार मूल्यका आधारमा बीमाङ्क रकम निर्धारण गर्दै आएको थियो । यसअघि बीमित र बीमकको सहमतिमा पंक्षी बीमालेख अन्तर्गत बीमाङ्क रकम निर्धारण हुँदै आएकोमा ”पंक्षी बीमालेख २०८०” लागू भएपछि पौष १६ गतेदेखि प्राधिकरणले तयार पारेको बीमाङ्क निर्धारण विधि मार्फत् मात्र बीमाङ्क रकम निर्धारण गर्न सकिनेछ।