ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

मानसिक समस्याः लुकाए बढ्छ, खुले घट्छ

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

सल्यान, ३ पुस । मानसिक रोगलाई हलुका रूपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको परामर्श अनुसार उपचार गर्नुपर्ने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताएका छन् ।

परामर्श र उपचार हुन सके यसले बिरामीको अवस्थामा सुधार हुने उनले बताए । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन कार्यक्रमलाई सबै वडास्तर तथा विद्यालयहरूमा पनि लैजानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो ।

पछिल्लो समय समुदायहरूमा मानसिक स्वास्थ्य समस्याबारे चेतना बृद्धि भएको र प्रवद्र्धन कार्यक्रमलाई थप प्रभावकारी बनाउन आफूहरू प्रतिवद्ध रहेको कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले बताए । कार्यक्रममा सहभागीहरूले मानसिक समस्या लुकाउने र लाज मान्ने संस्कारमा परिवर्तन आएको तथा उपचारपछि निको हुने कुरामा स्थानीयहरू आशावादी रहेको बताएका थिए ।
जिल्लामा संचालनमा रहेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजनाको समिक्षा कार्यक्रममा परियोजनाले सकारात्मक प्रभाव पारेको बताइएको थियो । छत्रेश्वरी गाउँपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी.नेपाल) को सहकार्यमा परियोजना संचालनमा रहेको छ । आप्रावासी कामदार तथा उनका परिवारहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना कार्यक्रमबारे सोमबार भोटेचौरमा आयोजित सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रमका सहभागीहरूले मानसिक बिरामीहरूको पहिचान, औषधी उपचार, कानुनी सहयोग, सचेतना कार्यक्रमहरू लगायतका महŒवपूर्ण क्षेत्रमा निकै ठूलो सहयोग पुयाएको बताए ।

सामाजिक जवाफदेहिता अभ्यासकर्ता नमस्कार शाहले सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुत गर्दै प्रवद्र्धन कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम, परामर्श र उपचार तथा साझेदारी, समन्वय लगायतका क्रियाकलापहरू सञ्चालन भइरहेको जनाए । उनका अनुसार छत्रेश्वरी गाउँपालिकामा परियोजना मार्फत सामाजिक रूपान्तरण, सामुदायिक बिकासमा टेवा पुगेको छ भने मानसिक समस्या भएका ब्यक्तिहरूले खुलेर समस्या बताउन थालेका छन् ।

हाल छत्रेश्वरीका दुई वटा स्वास्थ्य संस्थाबाट मानसिक तथा मनोसामाजिक रोगको उपचार भइरहेको छ भने दुई स्वास्थ्य चौकी थप गर्ने प्रकृयामा रहेको मनोसामाजिक परामर्शकर्ता गिता पहाडीले जानकारी दिइन् । गाउँपालिकाले पनि कार्यक्रमका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको जनाउँदै उनले मानसिक समस्या भएका ब्यक्तिलाई पागल, बौलाह भन्ने बुझाइमा परिवर्तन आई यो रोग भएको र उपचार सम्भव छ भन्ने विषयको ज्ञान बढ्दै गएको बताइन् ।

प्रारम्भीक प्रतिवेदनमा अझै अन्ध विश्वासको कारण आमनागरिकहरूले मानसिक स्वास्थ्यप्रति पूर्ण विश्वास गर्न नसकेको विषयलाई समस्याको रूपमा आंैल्याइएको छ । सिमित स्वास्थ्यकर्मी मात्रै तालिम प्राप्त भएकाले अपेक्षित सेवा दिन नसकिएको, लक्षित वर्गहरूले तुरुन्तै प्रतिफल खोज्नु, बिरामीले औषधि खान इन्कार गर्नु, कार्यक्रमलाई आयआर्जनमा जोड्न नसकिनु, सिमित स्रोत साधन तथा बिरामीको प्रकृति अनुसारको औषधि ब्यवस्थापन हुन नसक्नु जस्ता विषय समस्याका रूपमा रहेका छन् । फेल्म–नेपालको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सी.एम.सी.नेपाल) र छत्रेश्वरी गाउँपालिकाको सहकार्यमा ‘आप्रवासी कामदार तथा उनका परिवारहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन’ परियोजना संचालन भइरहेको छ ।

आप्रवासी कामदार, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिका, युवा, किशोरकिशोरी तथा पछाडि परेका वर्गलाई विना भेदभाव प्रत्यक्ष लाभ पुग्ने कार्यमा सहयोग प्रदान गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?