ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

सल्यान, ०७ मंसिर ।
सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षाको पढाइ सुधार गर्न सल्यानमा साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रम विशेष गरी कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने र बुझ्ने क्षमता विकास गर्न तथा शिक्षा प्रणालीलाई दिगो बनाउन स्थानीय तहहरूसँगको सहकार्यमा सञ्चालित छ । साक्षरता कार्यक्रमको प्रभाव स्वरूप प्रारम्भिक कक्षामा पढ्न र लेख्न सक्ने बालबालिकाको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको शिक्षक, अभिभावक तथा जनप्रतिनिधीहरू बताउँछन् ।
प्रशिक्षित शिक्षकहरूले बालबालिकालाई सक्रिय र सहज तरिकाले अध्ययनमा सहभागी गराउने भएकाले साक्षरता कार्यक्रमले कक्षा १ देखी ३ सम्मका शिक्षकहरूलाई तालिम प्रदान गरेको छ । यस वर्षदेखी परिक्षणको रूपमा कक्षा ३ का शिक्षकलाई पनि शैक्षणिक तालिम सञ्चालन गरिएको साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार कक्षा २ का शिक्षकलाई पनि हालै तालिम प्रदान गरिएको छ भने विहिबारदेखि कक्षा १ का शिक्षकहरूलाई शैक्षणिक तालिम सुरु भएको छ ।

जिल्लाको श्रीनगरमा एक कार्यक्रमका विच छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले तालिमको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले शिक्षकले आफ्नो भूमिका मार्फत समाजको अनुहार परिवर्तन गर्न सक्ने भएकाले बालबालिकाको साक्षरता स्तर सुधार गर्न जिम्मेवारीपूर्वक प्राप्त ज्ञान, सीपलाई उपयोग गर्न आग्रह गरे । दलित विकास समाज सल्यानका उपाध्यक्ष झिन बहादुर नेपालीले सबैको साझा प्रयासबाट शिक्षा क्षेत्रको विकास गर्न सकिने धारणा व्यक्त गरे । तालिममा छत्रेश्वरी गाउँपालिकाका ६, त्रिवेणीका ६, दर्माका ३ र बागचौर नगरपालिकाका ९ विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ ।

बालमैत्री र प्रभावकारी शिक्षण पद्धति लागू गर्न शिक्षकहरूलाई प्रशिक्षण सञ्चालन गरिएको जनाउँदै साक्षरता कार्यक्रमले विद्यालयहरूमा बालमैत्री पुस्तकालय स्थापना गरी गुणस्तरीय पाठ्यसामग्री उपलब्ध गराउने, बालबालिकालाई पढ्ने संस्कार र रुचि विकास गर्न उत्प्रेरणा प्रदान गर्ने तथा कार्यक्रमलाई दिगो र सुदृढ बनाउन स्थानीय सरकार, सरोकारवाला र समुदायसँग सहकार्य गर्दै आइरहेको जनाएको छ ।

१० प्रतिशत विद्यार्थीले कत्तिपनि शब्द पढ्न नसक्ने अवस्था
यही कार्तिक २६ देखी २९ सम्म कक्षा ३ को शैक्षणिक तालिम परिक्षणको रूपमा सञ्चालन गरिएको जनाउँदै साक्षरता कार्यक्रमले यस तालिममा पाठ्यक्रम विकास केन्द्र र रुम टु रिडले कक्षा ३ को लागि सिकाइ सहजिकरण सामग्री तथा सन्दर्भ पठन सामग्री निर्माण गरेकाले त्यसबारे अभिमुखिकरण गरिएको जनाएको छ ।
‘एकिकृत पाठ्यक्रममा आधारित भएर तालिम सञ्चालन गरेका हौँ’, कार्यक्रम अधिकृत वलीले भने, ‘कक्षा ३ मा विद्यार्थीले प्रतिमिनेट ४५ शब्द पढ्न सक्नुपर्ने भएपनि प्रारम्भीक पठन सीप तथा गणीतीय मापन २०२० को प्रतिवेदन अनुसार १० प्रतिशत विद्यार्थीले कत्तिपनि शब्द पढ्न नसक्ने अवस्था भएकाले सुधारका लागि शिक्षकलाई तालिम प्रदान गरिएको हो ।’ यो तालिमले कक्षा ३ मा शिक्षक निर्देशिका र अभ्यास पुस्तकलाई सरलबाट जटिलतीर तादम्यता मिलाई शिक्षण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । बागचौरका ९, छत्रेश्वरीका ६, त्रिवेणीका ६ र शारदाका ३ विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।
यस्तै गत आइतबार देखि बुधबारसम्म कक्षा २ का शिक्षकहरूलाइ तालिम प्रदान गरिएको थियो । उत्तरविसंकेतन चरणका क्रियाकलापहरूमा केन्द्रीत रहेर कक्षाकोठामा छापामय र साक्षरतायुक्त वातावरण निर्माण गरेर शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि यो तालिम सञ्चालन गरिएको थियो । तालिममा बागचौर नगरपालिकाका ९, छत्रेश्वरी गाउँपालिकाका ६, त्रिवेणीका ६, दर्माका ३ विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।
तालिम अवलोकन, निरिक्षण गरेका त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, शिक्षा शाखा प्रमुख गणेश आचार्य , शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विष्णु बेलबासे, शारादा नगरपालिका शिक्षा अधिकृत संगिता बुढा, दलित विकास समाजका कार्यवाहक अध्यक्ष हेमराज विक, संरक्षक निम नेपाली लगाएतले बालबालिकामा पढ्ने रुचि र संस्कार विकासमा साक्षरता कार्यक्रमले सकारात्मक परिणाम दिन थालेको धारणा व्यक्त गरेका छन् ।

योजनाबद्ध शिक्षणका लागि भाषा शिक्षकलाइ नयाँ सीप
बालमैत्री शिक्षण विधि, प्रभावकारी कक्षाको व्यवस्थापन र बालबालिकाको बुझाइ सुधार गर्ने उपाय समावेश गरेर प्रदान गरिएको तालिमले शिक्षकहरूमा नयाँ ज्ञान र सीपको विकास भएको पाइएको साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेलले जानकारी दिए । जानकी मावि दोहली, छत्रेश्वरी ३ का शिक्षक रूपा वली, शारदा आवि, शानपा १ चैवांगका शिक्षक लक्ष्मी वली र शिशु जागरण मावि, बागचौर नगरपालिका ९ का शिक्षक शिला कुमारी योगीले तालिमबाट धेरै महत्वपूर्ण विषयमा जानकारी मिलेको भन्दै अवदेखि व्यवस्थित र योजनाबद्ध रूपले शिक्षण गर्न सकिने क्षमता विकास भएको अनुभव सुनाए ।
सिकाईमा कठिनाइ झेलीरहेका बालबालिकाहरूलाई सहयोग पुर्याउने, साक्षरतायुक्त वातावरणका लागि स्थानीय सिकाइ सामग्रीको विकास तथा प्रारम्भीक कक्षामा शिक्षकहरूको शिक्षण कौशल बढाउने, कक्षा कोठामा शिक्षक निर्देशिकाको प्रयोग मार्फत बालवालिकामा पठन सीप विकास गर्ने लगाएतका उद्देश्य सहित साक्षरता कार्यक्रमले भाषा शिक्षकहरूलाई तालिम प्रदान गरेको हो ।
शारदा र बागचौर नगरपालिका, छत्रेश्वरी, त्रिवेणी र दार्मा गाउँपालिका तथा रुम टु रिडको साझेदारी, शिक्षा विकास तथा समन्वय इकाइको समन्वय एवम् दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लाका ६८ विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । आफ्नै लगानीसहित रुम टु रिडको प्राविधिक सहयोगमा शारदा नगरपालिकाले १५ र बागचौर नगरपालिकाले १० वटा विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%