© २०२३
लुम्बिनी, ०७ मंसिर ।
बुद्ध जन्मस्थल लुम्बिनी स्थित अखण्ड शान्ति द्विपमा विद्यार्थीलाई साईकल बितरण गरिएको छ । लुम्बिनी वरपरका गरिब, विपन्न र जेहेन्दार ८ बालक र १२ बालिकालाई भियतनामको ट्राभल एजेन्सी टुक लामफट थेनले वितरण गरेको हो ।
लुम्बिनी आसपासका ५ आधारभूत विद्यालयका २० जना छात्रछात्रालाई साईलल वितरण गरिएको हो । पठनपाठनलाई सहज बनाई बिद्यालय आउजाउमा सहयोग पु¥याउन कक्षा ७ देखि कक्षा ११ पढने बालबालिकालाई बितरण गरिएको हो । यस भेगका बिद्यार्थीलाई शिक्षा आर्जनमा सहयोग मिलोस भनेर आफूहरूले यसरी सहयोग गरेको टुक लामफट थेनकी संचालिकाले बताईन ।
कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बुद्धको करुणा मैंत्री र सद्भावको भावनाले उत्प्रेरित भई भियतनामबाट लुम्बिनी आएर नेपाली बालबालिकालाई सहयोग गरेकामा धन्यबाद दिए । ट्राभल एजेन्सी सञ्चालिकाले नेपाल सहितका देशमा आफ्नो कमाईबाट निरन्तर सहयोग गर्दै आएको जनाए ।
नेपालमा पनि उपाशिकाले पाँच बर्ष यता बिभिन्न स्थानमा सहयोग गरेको उनले बताए । बुद्ध जन्मेको देशमा बौद्धहरूको जनसंख्या थोरै देख्दा बौद्धमार्गीहरू दुःखी हुने गरेको राईले अनुभव सुनाए ।
“बौद्ध धर्मले करुणा, महाकरुणा, प्रेम र अहिंसा बाहेक केहि सिकाउँदैन । मानवता र जिवको कल्याण गर्न र संसार खुसी बनाउन बौद्ध दर्शनले सम्भव हुने मान्यताका साथ उहाँहरू अगाडि बढ्नु भएको छ ।” उनले भने ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी